लुम्बिनीखबर
लुम्बिनी चैत । केही महिना पहिले चौतर्फी विरोध भएपछि रोकिएको गोरु तस्करी फेरी शुरु भएको छ । यतिबेला लुम्बिनी क्षेत्रबाट निर्वाध रुपमा गोरु तस्करी भईरहेकोछ ।
लुम्बिनी सास्कृति नगरपालिकाकोे विभिन्न ठाउबाट पशु क्वारेन्टाइन र प्रहरीको मिलोमतोमा गोरु तस्करी भईरहेको छ । लुम्बिनीको मोहसड गाँउको पूर्ब आँपको बगैचा, तरकुलहाँ गाँउको पूर्ब आँपको बगैचा, वडा नं. ११ मोगलहा गाँउ मोबिनको घर अगाडी सडकछेउ, रोहिणी गाँउपालिकाको पकडिहवा गाँउको बन्जारा टोलको पश्चिम आँपको बगैचा तथा कपिलबस्तुको शुद्धोधन गाँउपालिका सानो नन्दनगर गाँउको पूर्ब आँपको बगैचामा सेल्टर बनाई दैनिकजसो सयौंको संख्यामा गोरुको तस्करी भईरहेको स्थानीय प्रत्यक्षदर्शिहरुले बताए ।
बीरगञ्जका नूनु मुसलमान, बुटवलका दीपकशाही, रोशन लगायतले गोरु तस्करीको अगुवाई गरिरहेका छन् । मुश्लिम समुदायको बाहुल्य बसोबास रहने बंगलादेश, साउदी अरबीयामा मासु सप्लाई गर्नेगरी नेपाली गोरु सप्लार्यसहरुले त्यहांका व्यपारीहरुलाई गोरु बेच्ने गर्दछन् । साउदी अरबमा चार सय रियाद प्रति किलोग्राममा बिक्री हुने गोरुको मासुको मुख्य आपूर्तिकर्ता नेपाली व्यापारी रहेका छन् ।
नेपाली तस्करहरुले पशु क्वारेन्टाइनका चिकित्सकले हस्ताक्षर गरेको कागज पहिल्यै खल्तीमा बोकेर हिड्ने र प्रहरीले क्वारेन्टाईनको आधारमा छोड्ने प्रचलनले सेटिंगमा तस्करी गर्नेको सन्जाल विस्तार भएको छ ।
केही उच्च प्रहरी अधिकारी तथा नेता समेतको सेटिङ्गमा लामो समय देखि गोरु तस्करी सञ्जाल नेटवर्क भित्र काम गर्ने बिभाग नै छुट्टाई योजनाबद्ध तरीकाबाट नेपालबाट बाहिरी मुलुकहरुमा गोरु सप्लाई भईरहेको नाम र ठेगाना गोप्य राख्ने शर्तमा एकजना स्थानियले बताए । स्थानीय जनताबाट ठाँउठाँउमा बिरोध हुन थाले पछि गोरु तस्करहरु पाँचसय रुपैया दिई बालमजदुर लगाई एक ठाउबाट अर्को ठाउसम्म पुरयाउने काम समेत गरिरहेको रोहिणी गाँउपालिका स्थानीय मीर मुसलमानको भनाई छ ।
त्यस्तै बुद्धजन्म स्थल लुम्बिनी जस्तो पबित्र ठाँउबाट नेपालकै गाँईगोरुलाई क्वारेन्टाईन र भंसार कार्यालयको मिलोमतोमा भारतबाट भित्रयाईएको नक्कली कागजात बनाई चौपाया ओसारपसारको नाममा अनुमतिपत्र लिएका ब्यापारीहरु गोरु तस्करीमा सक्रिय भएको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ खुनगाई निवासी गंगाराम कुर्मीले जानकारी गराए ।
त्यतिमात्र नभई चैत महिनाको पहिलो साता स्थानीयले गोरु लोड गर्न आएका लु १ ख ६०२२ र ना ६ ख १०६५ नंं को ट्रकलाइ नियन्त्रणमा लिई प्रहरी समक्ष बुझाउदा ईलका प्रहरी कार्यलय लुम्बिनीले त्यत्तिकै छाडी दिएको नेकपाका प्रदेश ५ का सदस्य ईन्साफ मुसलमानको भनाई छ । उनी भन्छन्, ‘प्रहरीले केही गर्दैन । ’
तर ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेल सँग जानकारी लिनखोज्दा उनले प्रहरीको जानकारीमा लुम्बिनी क्षेत्रबाट गोरुतस्करी नभएको बताउछन । ‘कृष्णानगर भंसारबाट कानूनी प्रक्रिया पुरयाई कृषि प्रायोजनका लागि भारतबाट नेपाल भित्रयाइएका गोरुहरुलाई छाडनै पर्ने बाध्यता रहेको उनको भनाईछ । ’
गोरु तस्करहरुले प्रहरी बिरुद्ध नै मुद्धा हालेर फेरी अबैध कारोबारलाई निरन्तरता दिईरहेका छन् । उनीहरुले लुम्बिनी साँस्कृतिक नगरपालिका र उच्च अदालत बुटवलमा प्रहरीबिरुद्ध समेत मुद्धा हालेका थिए । ब्यापारीहरुले मुद्दा हालेर कृषि प्रायोजनका लागि गोरु ओसार पसार गर्ने अनुमति समेत पाई सकेको प्रहरीको भनाई छ । केहीदिन अगाडी धकधई र लुम्बिनी साईडमा मात्रै ६ वटा ट्रकमा गोरु लोड गरेको सूचना पाएको हुदा उक्त कार्य रोकिएको रुपन्देही प्रहरी बताएका छन् ।
यस अघि पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक ट्रक गोरु भंसार कार्यालय बेलहियालाई बुझाउदा भंसारले २० रुपैया प्रति गोरु लीलाम गर्दा तस्करकै समूहले लिलाम स्वीकारी झनै कानूनी प्रक्रिया पुरयाई लाने गरेको देखिन्छ ।
गएको माघ महिनामा भान्जा नाम गरेको एक गोरुतस्कर प्रहरी प्रधान कार्यालय भित्रै ५० हजार नोटको गड्डी सहित समातिए पछि ९ लाख रकम खर्चिएर बिशेष अदालत मार्फत छुटेका थिए । उनी छुटे पछि रुपन्देही कपिलबस्तुमा ३० जना गोरु ब्यापारी एकसय जना युवा तथा बालमजदूरहरुको संलग्नतामा फेरी गोरुतस्करी गराउन क्रियासील भएका छन् । भारतबाट नेपाल ल्याईएका कयौं ट्रक गोरु कुन बजारमा कसले खरीद गरेको ? राज्य नै अनभिज्ञ रहेको कारण नेपालमा गोरु तस्करी मौलाउन थालेको समाजसेवी शिव प्यासी भन्छन —समयमा गोरु तस्करी नियन्त्रण नभए स्थानीय र गोरु तस्कर बीच द्वन्द्व समेत सृजना हुने देखिएको छ ।
