logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    पर्यटन प्रबद्र्धनको लागि पत्रकारको भूमिका महत्पूर्ण


    ५ भाद्र २०७६ , बिहिबार

    पर्यटन प्रबद्र्धनको लागि पत्रकारको भूमिका महत्पूर्ण

    लुम्बिनीखबर
    भैरहवा, भदौ । पर्यटन प्रबद्र्धनको लागि पत्रकारहरुको भूमिका महत्वपुर्ण हुने प्रदेश नं ५ का पर्यटन, उद्योग, वातावरण तथा वन मन्त्री लिला गिरीले बताएका छन् । पत्रकार चेतन पन्तद्वारा निर्मित लुम्बिनी सम्बन्धी वित्त चित्रको विमोचन गर्दै मन्त्री गिरीले भने, ‘पर्यटन प्रबद्र्धनको लागि पत्रकारको भूमिका उल्लेखनीय हुन्छ । हिजो भन्दा आज र भोली अझै सशक्त रुपमा पर्यटन क्षेत्रको प्रचार प्रसारमा पत्रकारहरु लाग्नुपर्दछ । ’
    मन्त्री गिरीले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सफल बनाउन मिडीया जगतको सक्रिय सहभागिता आवश्यक रहेको औल्याउदैं भने , ‘प्रदेशको मात्रै नभएर समग्र देशकै समृद्धिको आधार पर्यटन क्षेत्र हो । यसको प्रचार प्रसार र संबद्र्धनको लागि मिडीया क्षेत्रको सकारात्मक सहयोग जहिल्यै पनि आवश्यक हुन्छ । तपाईहरुको सहयोग बिना सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ अपेक्षाकृत सफलता पाउन सक्दैन । त्यसैले सबै पत्रकारले आ– आफ्नो ठाउबाट यो कार्यक्रम सफल पार्न जुटौं । ’
    मन्त्री गिरीले प्रदेश सरकार लुम्बिनीलाई केन्द्रमा राखेर समग्र प्रदेश ५ का पर्यटन क्षेत्रको विकासको लागि परेको पनि बताए । अंग्रेजी र नेपाली न्यारेशनमा रहेको उक्त बित्तचित्रमा लुम्बिनीमा पर्यटकको बसाई कसरी लम्बाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भइ लुम्बिनी भित्र रहेका बिहारहरुको कला र शैलीलाइ भिडीयोमा उतारिएको छ । पन्तले यसअघि पनि लुम्बिनी सम्बन्धी वित्तचित्र निर्माण गरिसकेका छन् ।
    लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईको सभापतित्व, नरेश के.सीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा वृत्तचित्रका निर्देशक पन्तले लुम्बिनीको लागि आफुले जीवन पर्यन्त सक्दो योगदान दिईनै रहने बताए ।
    कार्यक्रममा सिद्धार्थनगर पालिकाको उपप्रमुख उमा काफ्ले, लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराई, नेपाल भ्रमण बर्ष २०२० का प्रदेश संयोजक माधब नेपाल, नेपाल पत्रकार महासंघ प्रदेशका कार्यबाहक अध्यक्ष भरत के.सी, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ लगायतका लुम्बिनीसंग सरोकारित व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.