logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सामाजिक उत्तरदायित्वमा कृषि बिकास बैंक


    ७ फाल्गुन २०७६ , बुधबार

    सामाजिक उत्तरदायित्वमा कृषि बिकास बैंक

     

    रुपन्देही, ७ फागुन । कृषि बिकास बैंक कर्मचारी संगठन जिल्ला समिति रुपन्देहीले गुल्मी जिल्लाको पश्चिम–उत्तरको दुर्गमस्थानमा रहेको मदाने गाउंपालिका वार्ड नं. ७, सुज्र्याङ्गमा रहेको सुज्र्याङ्ग आधारभुत प्राथमिक बिद्यालय लाई खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

    बिद्यालयका बालविकास देखि ५ कक्षा सम्मका बिद्यार्थीहरुलाई खेलकुदका समान तथा पोषाक बितरण गरेको हो । रुपन्देहीका बिभिन्न स्थानमा दिपावलीको अवसर पारेर कर्मचारीले खेलेको दिउसी भैलो कार्यक्रममा उठेको रकम बाट खेलकुद तथा शैक्षिक सामाग्री र पोषाक बितरण गरिएको कृषि बिकास बैंक कर्मचारी संगठन रुपन्देहीले जनाएको छ ।

    सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि कृषि बिकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले बैंकले उपलब्ध गराएका सेवा सुविधाहरुको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । उनले कार्यक्रममा सहभागी स्थानियहरुलाई कृषि बिकास बैंकमा खाता खोलि नाता जोड्न समेत आग्रह गरे ।

    मदाने गाउपालिका वार्ड नं. ७ का अध्यक्ष काशि बहादुर बोहोरा बैंकको समाज प्रतिको सहकार्यले आफुहरुलाई खुसी बनाएको भन्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा रहेको बताए ।

    बितरण कार्यक्रममा ने.क.पा. युवा नेता प्रेम घिमिरेले युवाहरुलाई समेटेर बैंकले अझै उत्पादनशिल कार्यक्रम संचालन गरेर स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

    संगठनले मदाने गाउपालिका वार्ड न. २ को वडा कार्यालयमा मालिका साना किसान सहकारी संस्थाका सदस्यहरुलाई १ दिने बित्तीय साक्षरता,बालि तथा पशु बिमा अभिमुखीकरण कार्यक्रम समेत गरेको जनाएको छ ।

    अभिमुखीकरण कार्यक्रममा कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाका बरिष्ठ ब्यबसाय अधिकृत अनिल भुसालले वित्तीय साक्षरताको बारेमा कक्षा संचालन गरेका थिए । उनले ग्रामिण भेगमा बैकको बिशेस्ता, काम र सुविधाहरुको विषयमा जानकारी दिएका थिए । अभिमुखीकरण कार्यक्रममा करिब १६५ सहभागी रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.