भैरहवा, २३ चैत । एनआईसी एसिया बैंक शाखा कार्यालय सौ–फर्साटिकर रुपन्देहीले सियारी गाउँपालिकाको राहत कोषमा ५० हजार मुल्य बरावरको खाध्यान्न सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवार, मजदुर, असाहय र गरिबहरुको सहयोगको लागि खाध्यान्न हस्तान्तरण गरेको हो ।
सौ–फर्साटिकरका शाखा प्रवन्धक मोहन खत्री र बैंकका प्रदेश नम्बर ५ का प्रतिनिधि बिरोद पोखरेलले सयुक्त रुपमा उक्त खाध्यान्न गाउँपालिकाका अध्यक्ष अयोध्या थारुलाई हस्तान्तरण गरेको हुन ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ र प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईको सहभागिता रहेको थियो ।
यो बैंक नेपालमा शाखा र एटीएमको सञ्जाल र ग्राहकहरु धेरै भएको निजिक्षेत्रमा सबैभन्दा ठुलो बाणिज्य बैंक हो ।
यसका ३ सय १३ शाखा, १०४ विस्तारित काउण्टर, ४८ वटा शाखारहित बैंकिङ र ४ सय ३३ वटा एटीएम काउन्टर रहेको बैंकको सुचना शाखाले जनाएको छ ।
बैंकको अध्यक्ष तुल्सीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने मुख्य नेतृत्वमा रहेको यो बैंकले बचत गर्ने, कर्जा दिने र रेमिट्यान्सको कारोवार गर्ने गर्दछ ।