logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    दैनिकी बदलौँ लकडाउनमा


    २७ चैत्र २०७६ , बिहिबार

    दैनिकी  बदलौँ लकडाउनमा

    विश्वमा फैलिएको महामारीका कारण नेपालीहरु सरकारले गरेको लकडाउनका कारण अहिले आफै नजरबन्दमा बसेका छन् । सरकारले अत्यावश्यक सेवाबाहेक अन्य प्रयोजनको लागि घर बाहिर निस्किन र हिंड्डूल गर्न प्रतिवन्ध लगाएको छ । यस्तो अवस्थामा घरभित्र रहनु र लकडाउनलाई प्रभावकारी बनाउनु हाम्रो पनि कर्तव्य हो । विश्वका धेरै देशहरुले अहिले नेपालमा जस्तै लकडाउन गरेका छन् ।

    कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन मात्र उत्तम विकल्प भएको स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ । जुन अस्त्र कोभिड–१९ को शुरु भएको स्थान चीनको वुहानमा पनि प्रयोग गरिएको थियो । कोभिड–१९ को महामारी फैलिरहेको देश इटाली र स्पेन लगायतका देशहरुमा प्रयोग गरिएको छ । विशाल जनसंख्या भएको भारतमा पनि लकडाउन लगाइएको छ । जापान अमेरिका जस्ता देशहरुले कोभिड–१९ संग जुध्न संकटकालको घोषणा गरेका छन् । कुनै देश पूर्ण लकडाउनमा छन् भने कुनै देशले संकटकाल मात्र लगाएका छन् । लकडाउन लगाएका देशहरुमा मानिसहरु घरभित्र नजरबन्द भएको अवस्था हो । यो समयलाई हामीले भरपुर रुपमा सदुपयोग गर्न सक्नुपर्दछ । हामीले दैनिक तालिका बनाएर काम गर्न सक्याँै भने लकडाउनलाई सदुपयोग गर्न सहज हुन्छ । बिहानको समयमा योगा, शारीरिक कसरत तथा ध्यान र घरयासी काममा बिताउन सकिन्छ । दिउँसोको समयमा हामीले कार्यक्षेत्रमा गर्ने दैनिक कृयाकलापहरु सूचना प्रविधिको प्रयोग गरी फोन, भाइबर, म्यासेन्जरहरुको माध्यमबाट गर्न सकिन्छ । पुस्तक अध्ययन तथा आत्मकथाहरु लेख्ने कामहरु गर्ने र घरभित्र नै पारिवारिक सदस्यहरु बीच छलफल तथा मनोरञ्जन गर्न सकिन्छ । यस समयमा सन्तुलित भोजन, नियमित सरसफाई, स्वास्थ्यवर्धक खानाहरुलाई प्राथामिकतामा राख्न पनि उत्तिकै आवश्यक छ । राज्यको अहिलेको प्राथमिकतामा होम क्वारेन्टाईनमा मानिसहरु लाई केन्द्रित गर्नु हो । त्यसकारण घरमा बस्नेहरुले ध्यान पुर्वक आफ्नो दैनिकीलाई सदुपयोग गर्नु पर्दछ । स्वास्थ्य सम्बन्धी कुनै समस्या आएका नजिकको स्वास्थ्य तथा स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जानु पर्दछ । नेपाल सरकारले लकडाउनका समयमा स्थानीय सरकारलाई दिएको निर्देशन पनि पालन गर्न उत्तिकै आवश्यक रहेको छ । जनताको घरघरमा पर्ने समस्याहरु समाधानका लागि स्थानीय सरकार चनाखो भएर अगाडी बढ्नु पर्दछ । लकडाउन पालना गराउनका लागि सुरक्षा निकायले उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन पनि आवश्यक छ । कालाबजारी तथा मूल्यवृद्धिको अनुगमन र कारवाहीका लागि स्थानीय सरकार कडारुपमा प्रस्तुत हुनुपर्दछ । स्वास्थ्यकर्मीहरु पेशा प्रति बफादार हुनपर्ने समय अहिले आएको छ । हामीले पनि उनीहरुको मनोबल उच्च पार्ने खालका कृयाकलापहरु गर्न आवश्यक देखिन्छ । अहिलेको युद्धको अग्रमोर्चाका सिपाही भनेका स्वास्थ्यकर्मीहरु हुन । उनिहरुको सुरक्षा र सेवा सुविधामा सरकारले कत्तिपनि कन्जुसाई गर्न हुदैन । स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ ईक्विपमेन्ट –(पिपिई) को सहज व्यवस्था, सेवा सुविधामा बृद्धि र स्वास्थ्य बिमा सरकारको तर्फ बाट हुनुपर्दछ । आम मानिसहरुले पनि यसको संक्रमण रोकथामका लागि क्वारेन्टाइन, होम क्वारेन्टाइनमा सहजरुपमा बस्नु पर्दछ । अहिले हामीले गर्ने भनेको सामाजिक दुरी कायम गर्नु हो । घरबाहिर ननिस्कने र निस्कन परे माक्स तथा सेनेटराईज प्रयोग गरेर निस्कनु पर्दछ । यो विपदमा हामी एक भएर अगाडी बढ्न सके हामीले मात्र नभएर समाज र देशले संकटबाट सहजरुपम निकास पाउने थियो । यो संकटको घडीमा हाम्रा दाजुभाई तथा दिदी बहिनीहरु गास, वास र कपासको व्यवस्था स्थानीय सरकारले गर्नु पर्दछ । जुन केन्द्र सरकारले निर्देशन गरेको छ । एकले अर्कोलाई सहयोग गर्ने भावना राख्न अहिलेको संकटमा आवश्यक रहेको छ । घरभित्रै बसेर देश विदेशका सुचना लिने र सुचना प्रविधिको प्रयोगबाट छलफल गरेर समस्याहरुको निकास निकाल्न हामी सबै लाग्नु पर्दछ ।
    महामारीको प्रकोपहरु इतिहासका कैयौँ कालखण्डमा मानव जीवनलाई तहस नहस पार्ने किसिमले आएका देखिन्छ । कोरोना भाइरस (कोभिड–१९) पनि त्यसको एक परिघटना हो ।
    ३१ डिसेम्बर, २०१९ मा पहिलो पटक चिनको वुहानमा देखिएको यो भाइरसले यो लेख तयार पार्दा सम्म बिश्वभरमा १४ लाख ८४ हजार ८११ जनालाई आक्रमण गरिसकेको छ । ८८ हजार ५३८ जनाको ज्यान लगिसकेको छ । यो क्रम तिब्ररुपमा बढदो छ । त्यस कारण यस बाट सुरक्षित हुनका लागि लकडाउनलाई पुर्णरुपमा पालन गर्नु पर्दछ ।
    यो भाइरसको भ्याक्सिन पत्ता लगाउन बिभिन्न देशका शोधकर्ताहरु अनुसन्धानमा लागेका छन् । केहि महिना पछि यसको रोकथाम तथा नियन्त्रण पक्कै हुनेमा आशाबादी हौ । यो संकटको घडिमा सबै एकमतका साथ अगाडी बढौ ।
                                                                                 लेखक : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रुपन्देहीका, जिल्ला सदस्य हुन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.