
हिमाल पाण्डे
संसारलाई तहस नहस पार्ने कोरोना भाइरस (कोभिड–१९) लाई दोस्रो विश्वयुद्ध पछि भनायक भनिएको छ । यसले संसारभर डर,त्रास श्रृजना गरेको छ ।
मानिसहरुमा यसको आक्रमण र मृत्यु अहिले तीब्रगतीमा अगाडि बढेको छ । जुन युद्धको बेलामा हुने गरेको हुन्छ । यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका शक्ति राष्ट्रहरु पनि अलमलिएका छन् । उनीहरुका प्रतिरोधक इलेक्ट्रोनहरुलाई समेत कोभिड–१९ लाई परास्त गर्न गाह्रो भएको छ । यसको रोकथाम भनेको संकटकाल र लकडाउन मात्र उत्तम विकल्पको रुपमा परिभाषित गरिएको छ । केही देशले संकटकाल र केहीले लकडाउनलाई पालना गरेका छन् । यो संक्रमण चीन हँुदै अहिले युरोप र पछिल्लो आक्रमणको केन्द्र अमेरिका बनेको छ । शक्ति र आणविक तथा जैविक हतियारले उन्माद अमेरिका पनि कोभिड–१९ को आक्रमणले थिलो–थिलो परेको देखिन्छ । संसारका आर्थिक वृद्धि दर उच्च भएका इटली , स्पेन र फ्रान्स समेत अहिले कोभिड–१९ को मुख्य निशानामा परेका छन् । आफ्नो देशमा जनताको सुरक्षा गर्न नसकेका शक्ति राष्ट्रहरुका नेतृत्वहरुलाई अहिले आफै माथि पनि कोभिड–१९को आक्रमणले सिद्धाउने त होइन भन्ने चिन्ता बढेको छ । आफ्नै सुरक्षाको डर त्रासमा रहेका महाशक्ति राष्ट्रका राष्ट्र प्रमुखहरु जनताको सुरक्षामा त स्वास्थ्यकर्मीहरु र भगवान भरोसामा छोडेका छन् । अमेरिका अहिले सबैभन्दा बढी आक्रान्त कोभिड–१९ को आक्रमणबाट भएको छ । चीनबाट सिधै युरोप हँुदै अमेरिकासम्म तीब्र रुपमा फैलिएको कोभिड–१९ले एसियन मुलुकमा भने अहिलेसम्म कम क्षति पुर्याएको छ । यसको आंशिक नियन्त्रण भएको देखिन्छ । एसियन मुलुकहरुले संकटकाल र बन्दाबन्दीलाई पूर्ण रुपमा पालन गर्दा कोभिड–१९ को गति सुस्त भएको अनुमान गरिएको छ । यसको मार बढी वृद्ध तथा अन्य रोगबाट ग्रस्त भएका मानिसहरुमा बढी देखिएको छ । यसले विश्वलाई मनोवैज्ञानिक रुपमा असर पुराएको छ । अर्थतन्त्र तहस नहस पारेको छ । स्वास्थ्य क्षेत्रमा भएका प्रगति यसले गर्दा चिन्तामय बनाएको छ । राज्यको व्यवस्थापनमा डर र भय श्रृजना पुर्याउँदा भने जस्तो प्रगति अहिलेसम्म चीन बाहेकका देशहरुले गर्न सकेका छैनन् । अहिले संसार भर बेरोजगार बढ्दो छ । शिक्षा तथा प्राविधिक क्षेत्र समेत ठप्प रहेको छ । उद्योग तथा कलकारखानाहरु बन्द रहेका छन् । भनौ, एकप्रकारले विश्व अहिले चुप लागेर बसेको छ । डर,त्रास र शंकामा रहेका देश मानिसहरुलाई भित्र बस्न र भिडभाड नगर्न मात्र भन्न सकेका छन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा तीब्ररुपमा फैलिने कोभिड–१९ को संक्रमण रोक्नका लागि कुनै प्रकारको औषधी अहिलेसम्म तयार हुन सकेको छैन । यसको असर प्रभाव तथा क्षति कहिलेसम्म मानव जगतले बेर्होनु पर्ने हो , त्यसको कुनै लेखा जोखा नै गर्न सकिएको छैन । यस्तो महामारीको बेलामा विश्व स्वास्थ्य संगठन जस्तो स्वास्थ्य क्षेत्रमा विश्वसनीय संस्थालाई दोष थुपारेर अमेरिका अगाडि बढ्न खोज्दा झन् बढी क्षति उसले बेहोरिरहेको छ । नेपालमा पनि आफैले गर्छु भन्ने सोचको परित्याग गरी हामी सबै एक ठाउँमा आएर संकटको घडीमा अगाडि बढ्नु पर्दछ । चेतना भया । हामी नेपालीहरुको संकल्प पनि यही हो ।