logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सिनपाको कोरोना रोकथाम प्रतिवेदन सार्वजनिक


    २६ बैशाख २०७७ , शुक्रबार

    सिनपाको कोरोना रोकथाम प्रतिवेदन सार्वजनिक

    लुम्बिनीखवर
    भैरहवा, 26 वैशाख । जिल्लाको सिद्धार्थनगर नगरनगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण तथा नियन्त्रण र जनता राहत कार्यक्रम व्यवस्थित तरिकाले अगाडी बढाएको छ । नगरपालिकाले स्थानिय स्तरमा जनता संग प्रत्यक्ष सरोकार राख्ने विषयहरुलाई समेत सहज र सरलीकरण गरेको नगरपालिकाका नगरप्रमुख हरि प्रसाद अधिकारी बताउछन् । ‘नगरपालिकाले राहत तथा जनताका समस्या अग्रमोर्चामा पुगेर समस्या समाधान गरेको छ । नगर प्रमुख अधिकारी भन्छन्, जनताको पक्षमा गरिने कामहरु समेत नगरपालिकाले पार्दर्शी र छिटो, छरितो गर्ने प्रयासमा छौ ।
    नगरक्षेत्रमा लकडाउनका कारण कोहि भोकै वस्न नपरोस भनेर वडा–वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गरेको समेत नगरपालिकाको सुचना शाखाले जनाएको छ । नगरक्षेत्रमा बस्ने जो कोहि भएपनि नगरपालिकाले सहयोग पुराउदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी बताउछन् । ‘ जनता संग प्रत्यक्ष जोडिएर हामीले काम गरिरहेका छौ ।’ मरासिनी भन्दछन्,‘ राहत र स्वास्थ्यक्षेत्रमा सकृयरुपमा काम गरिरहेकाले नगरपालिकामा कुनै समस्या देखिएको छैन ।’
    नगरपालिकाको शुक्रवार कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष सचालन समितिको बैठक बसी पारित प्रतिवेदन समेत सार्वजनिक गरेको नगरपालिकाका सुचना अधिकारी देव प्रसाद ज्ञवाली जानकारी दिए ।
    ज्ञवालीले दिएको जानकारी अनुसार– कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष सचालन समितिको बैठकले विभिन्न विषयहरु सार्वजनिक गरेको छ ।
    माघ १६ गते देखि बेलहिया सिमा नाकामा निरन्तर स्वास्थ्य डेक्स स्थापना गरि भारत वाट आउने मानिसहरुको चेकजाचलाई प्राथामिकता दिएको छ । नगरपालिकाले प्रतिमान निमा कलेजमा र शिक्षा तालिम केन्द्रमा गरि दुई स्थानमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जसमा १६७ जना मानिसहरु वसिरहेको समेत सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जस मध्य क्वारेन्टाइनमा बस्ने सीमा अवधी पुरा गरि २२९ जना मानिसहरु पिसिआई चेकजाचमा नेगेटिभ भेटिएपछि घर पठाइएको समेत प्रतिवेदमा सार्वजनिक गरिएको देखिन्छ । क्वारेन्टाइनमा नेपाल भारत दुवै देशका नागरिकहरु वसिरहेका छन् ।
    नगरपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा हाल सम्म १ करोड ३२ लाख ९४ हजार ९६६ रुपैया जम्मा भएको कुरा समेत सार्वजनिक गरिएको छ ।
    राहत तथा सहयोग कार्यक्रम एकद्धार प्रणाली मार्फत गर्ने निणर्य भएकाले संघ सस्थाहरुको सहयोग समेत राहतकोषमा रहेको नगरपालिकाले जनाएको छ ।
    राहत वितरण कार्यक्रम दुई पटक सम्म गरिसकेको र अवको वितरणलाई बैज्ञानिक रुपमा अगाडी बढाउने विषयमा समेत छलफल भएको नगरपालिका स्रोतले जानकारी दिएको छ ।
    जसको विस्तृत विवरण यस प्रकार रहेको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.