कमल रायमाझी
भैरहवा, १० जेठ । सरकारले नीति तथा कार्यक्रममा बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयनमा ल्याउने लक्ष्य लिएको छ ।
स्थानीय क्षेत्रमा लुम्बिनीको विकासगति सुस्त भएका गुनासाहरु आउन थाले पछि यो अवधारण अगाडि सारेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयनमा ल्याउने बताउनु भयो ।लुम्बिनी क्षेत्र विस्तार गर्न बृहत्तर लुम्बिनी अवधारण कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा भनिएको छ ।
रामग्राम गुरुयोजना कार्यान्वयन गरिने, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
आर्थिक बर्ष २०७७÷ ०७८ को नीति तथा कार्यक्रममा लुम्बिनीमा निर्माणधिन ५ हजार व्यक्ति अट्ने क्षमताको ध्यान केन्द्र तथा सभाहलको निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याइने कुरा समेत नीति तथा कार्यक्रममा भनिएको छ ।
लुम्बिनी विकास कोषले पनि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई सकारात्मक लिएको छ । विकास कोष का.मु. सदस्य सचिव ज्ञानिन राईले बृहत्तर लुम्बिनी अवधारणले समग्र लुम्बिनी क्षेत्रको विकास हुने बताउनु भयो ।
उहाँले लुम्बिनी क्षेत्रमा रहेका बुद्धस्थलहरुको विकासमा सरकारको नीति तथा कार्यक्रमले सकारात्मक सन्देश दिएकोमा खुसी व्यक्त गर्नु भयो ।सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममले जापानिज वास्तुकला विद्ध केन्जो टाँन्गेको लुम्बिनीको गुरुयोजना तथा कोरियन प्रो. क्वाकको विश्व शान्ति शहरको परिकल्पनालाई समेत अपधारणा भित्र राखेर काम गर्नुपर्ने विकास कोषले जनाएको छ ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थाविरले सरकारले ल्याएको नीति तथा कार्यक्रम विस्वास गर्न नसकिने वताउनुभयो । उहाँले केन्जो टाँगेले सन् १९७८ मा तयार पारेको लुम्बिनी विकास गुरुयोजना अहिले सम्म पुरागर्न नसकेको सरकारले बृहत्तर लुम्बिनी अवधारणा ल्याउनु सकारात्मक भएपनि कार्यान्वयन गर्नमा कठिन रहको बताउनुभयो ।
प्रो. टाँगेको गुरुयोजनाले लुम्बिनीलाइृ बौद्ध तीर्थस्थल र विश्व पर्यटन केन्द्र बनाउने परिकल्पना गरेको छ । टाँगेको गुरुयोजना तिन भागमा विभाजन गरिएको छ । पवित्र उद्यान क्षेत्र , अन्तराष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम रहेका छन् । सन् १९७८ मा तयार भएको गुरुयोजना १५ बर्षका सक्ने लक्ष्यका साथ सन् १९८२ मा कार्यन्वयनमा आएपनि अहिले सम्म पुरा हुन सकेको छैन ।
बृहत्तर लुम्बिनी अवधारणा सरकारको पुरानै कार्यक्रम भएको भन्दै सस्कृतिविद तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरीले प्रतिवद्धता गरेका कार्यक्रम पुरा गर्नमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
बुद्धले बाल्यकाल बिताएको राजदरवार तिलौराकोट र रामग्रामलाई विश्वसम्पदा सूचिमा सुचिकृत गर्ने भनेको बर्षौ भइसक्यो । प्रा.डा. गिरी भन्नुभयो, ‘ यस्ता कुराहरु सरकारले छिटो भन्दा छिटो गर्नुपर्दछ ।’
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले लुम्बिनीक्षेत्रको विकासमा सहयोग पुग्नेमा स्थानियवासीहरु खुसी देखिएका छन् ।
लुम्बिनी होटल एशोसियसनका अध्यक्ष मिथुन श्रेष्ठले अहिलेको सरकारले लुम्बिनीको विकासलाई प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेकोमा पर्यटन व्यवसायीमा उत्साहित बताएको बताउनुभयो । संसारको ध्यान आकृष्ट गरेको लुम्बिनीक्षेत्रको विकास गर्न सक्ने हो भन्ने नेपालमा पर्यटन क्षेत्रको बिकासमा महत्वपुर्ण काम हुने देखिन्छ ।
नीति तथा कार्यक्रममा रुपन्देही
सरकारले सार्वजनिक गरकोे नीति तथा कार्यक्रममा रुपन्देहीका महत्वपुर्ण आयोजनाहरु पुरागर्ने र नयाँ कार्यक्रमहरु शुरु गर्ने योजना अगाडी सारिएको छ ।
आगामी आर्थिक बर्ष भित्र निर्माधिन रहेका गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र बुटवलमा बन्दै गरेको १ हजार २ सय व्यक्ति अट्ने क्षमताको अन्तराष्ट्रिय सभाहल निर्माण पुरा गरिने लक्ष्य नीति तथा कार्यक्रमले बोलेको छ ।
नीति तथा कार्यक्रममा निर्माण भैरहेको नारायण– वुटवल चारलेन सडक विस्तार तिन बर्ष सम्ममा पुरा गर्ने , सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल –पाल्पा सडक खण्डको सिद्धवावा सुरुङमार्ग निर्माण प्रारम्भिक अध्ययन पुरा गरि कार्यान्वयनको चरणमा जाने कुरा प्रस्तुत गरिएको छ ।
कालिगण्डकी– तिनाउ नदि डाइभर्सन आयोजना अध्ययन सम्पन्न गरि कार्यान्वयन अगाडी बढाइने , काठमान्डौ, लुम्बिनी र पोखरा मेट्रो सञ्चालन गर्ने कुरा सरकारले आर्थिक बर्ष २०७७÷ ०७८ को निति तथा कार्यक्रममा सार्वजनिक गरेको छ ।