logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनी फोटोग्राफर संघको साधारण सभा एवम् अधिवेशन


    २० माघ २०७७ , मंगलबार

    लुम्बिनी फोटोग्राफर संघको साधारण सभा एवम् अधिवेशन

    मनोज क्षेत्री
    भैरहवा, २० बैशाख । लुम्बिनी फोटोग्राफर संघको १४औं वार्षिक साधारण सभा एवम् पाँचौं अधिवेशन शनिवार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराईले फोटोग्राफी पेसालाई मर्यादित र समय सापेक्ष बनाउनु पर्नेमाजोड दिदै प्रविधिमैत्री हुनसकेमा नै यो पेसा दीर्घकालीन हुने बताए ।

    कार्यक्रममा विशिष्ट अतिथि द्वय नवलपरासी फोटोग्राफर संघका अध्यक्ष चेतनारायण पाण्डे र गुल्मी फोटोग्राफर संघका अध्यक्ष श्री हरि न्यौपाने, रुपन्देही फोटोग्राफर संघका संस्थापक अध्यक्ष दुर्गा प्रसाद भण्डारीको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले संस्थाको प्रगति प्रतिवेदन एवम् भावी कार्ययोजना पेश गरेका थिए भने वरिष्ठ उपाध्यक्ष मनिराम पन्थ (मनिष) ले स्वागत् मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा सक्रिय महिला फोटोग्राफर माया पाण्डे, युवा फोटोग्राफर रविलाल पौडेल तथा उत्कृष्ट क्षेत्रीय संयोजक रामचन्द्र बेलबासे सम्मानित भएका थिए । पुराना तथा अग्रज फोटोग्राफरहरु राम राज शर्मा, टेकनारायण भट्टराई, सुर्यनारायण ज्ञवाली, धनपति न्यौपाने र हेमनाथ घिमिरे (अर्जुन) सम्मानित भएका थिए ।
    अधिवेशनले मनीराम पन्थ(मनीष)को अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिनेश अर्याल, प्रथम उपाध्यक्षमा रामप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा राम राज शर्मा र महासचिवमा माधव प्रसाद पन्थ चयन भएका छन् । त्यसैगरी सचिवमा प्रेम बहादुर अर्याल, सहसचिवमा कमला घर्तिमगर र रामचन्द्र बेलबासे कोषाध्यक्षमा चयन भएका छन् ।
    अधिवेशनले सदस्यमा त्रिभुवन पाण्डेय, कमल अर्याल, रेशम भण्डारी, मोहन महतो, गोभा ज्ञवाली, गीता पंगेनी, ज्योतिलाल भट्टराई, मनोज क्षेत्री, दीपक पौडेल र धीरेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी अधिवेशनले कर्णबहादुर तिवारीको संयोजकत्वमा शोभाखर पन्थ र रविलाल पौडेल सदस्य रहने गरी तीन सदस्यीय लेखा समिति समय छनौट गरेको छ ।
    संस्थाका महासचिव रामप्रसाद भण्डारीले प्रथम सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने दोश्रो सत्रको कार्यक्रम संस्थाका सचिव माधव पन्थले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.