logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    अग्नि विमा गर्न माग


    २४ माघ २०७७ , शनिबार

    अग्नि विमा गर्न माग

    इलुम्बिनीखबर
    भैरहवा, माघ २४
    पेट्रोलियम डिलर्स व्यवसायीहरुले सरकारसँग अग्नि विमा गर्न माग गरेका छन् । व्यवसायीले अग्नि विमा नहुँदा व्यवसायी मर्कामा परेको जनाएका छन् । शनिबार भैरहवामा आयोजित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको १६औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले सुरक्षाको ग्यारेन्ट गर्न पनि अग्नि विमा जरुरी रहेको जनाए । ऐशोसिएसनका केन्द्रिय सदस्य हिमाल गैरेले ६ प्रतिशत व्यवसायिक विमा भए पनि अग्नि विमा नहुँदा समस्या परेको जनाए ।
    एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले सधै गुणस्तरी र सुलभ पेट्रोलियम पदार्थ उपलब्ध गराउने व्यवसायीमाथि हेर्ने दृष्टिकोण राम्रो नभएको बताए । उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि इन्धनको सहज आपूर्ति गर्दै आएको जनाउँदै आफूहरुलाई सोहीअनुसारको ब्यावहार हुनुपर्ने माग गरे । डिलर्स व्यवसायीहरुले सरकारको नीति, नियम र निर्देशनमा काम गरिरहेको तर नेपाल आयल निगमले कमिसन बढाउँदा व्यवसायीको हकहीतलाई खासै चासो नदिएको जनाए ।
    उनले आफूहरुका पनि केही कमीकमजोरी भएको तर ती कमजोरीहरु सुधार्न तयार रहेको जनाउँदै राज्यपक्षबाट पनि उही किसिमको सहयोग र व्यवहारको खाँचो रहेको बताए । साधारण सभामा बोल्ने व्यवसायील बाटोमै तेल बोकेर आएका ट्यांकरहरु जल्ने गरेको, लामो समय व्यवसाय गर्दा पनि व्यवसायी फाइदामा जान नसक्दा कुपोषण लागेजस्तो भएको, सशस्त्र प्रहरीले पनि व्यवसाय गर्दा आफूहरु मर्काम परेको, निगमले धरौटीवापतको रकमको व्याज दिनुपर्ने र मट्टीतेलमा कमिसन बढाउनु पर्ने माग गरेका छन् । साधारण सभामा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कोरोना महामारीम जोखिम मोलेरै भए पनि पेट्रोलियम पदार्थ आपूर्तिमा सहजीकरण गरेको भन्दै डिलर्स व्यवसायीको प्रशंसा गरे ।
    उनले पछिल्लो समय व्यवसायीले स्वच्छ र गुणस्तरीयतामा पनि विगतभन्दा धेरै राम्रो काम गरेको बताए । व्यवसायीका समस्या समाधान गर्ने निकायमा आफू नभए पनि समास्या समाधानमा पहल गर्ने उनले जनाए । नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीका प्रमुख प्रलयंकर आचार्यले निश्चित नियम र कानूनको अधिनमा रहेर व्यवसायीलाई दिनुपर्ने सेवासुविधा निगमले दिएको बताए । उनले जोखिमका बेला पनि निगमसँग हातेमालो गरेर पेटा«ेलियम पदार्थ वितरणमा सहजीकरण गरेका व्यवसायीका गुनासा र समस्याहरु विस्तारै समाधान गरिँदै लैजाने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यवसायीलाई सम्मानसमेत गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.