logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    वाड नं १२ को भेला


    ६ भाद्र २०७८ , आइतबार

    वाड नं १२ को भेला

    कमल रायमाझी

    भैरहवा, ६ भदौ । नेकपा माओवादी केन्द्र सिद्धार्थनगर वाड नं १२ को भेलाबाट सर्वसम्मतरुपमा डम्बरबहादुर खत्री अध्यक्ष छनोट भएका छन् । भेलाले १३ सदस्यीय समितिसमेत निर्माण गरेको छ । जसको उपाध्यक्षमा चिन्ता शाह, सचिव मिश्रिलाल धोबी, कोषाध्यक्ष सुनिता कहार, सदस्यहरू सुनिता शर्मा, विमला धोबी, संजय हरिजन, कृष्ण गुरुङ्ग, कमला सुनार, दिपक रजक,विमला थापा, विनोद क्षेत्री, रोशन गोतामे क्षेत्री रहेका छन् ।


    शनिवार नेकपा माओवादी केन्द्र सिद्धार्थनगर वाड नं १२ ले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका रूपन्देही जिल्ला सचिव तथा पार्टीका लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य निर्मल जिसीले माओवादी केन्द्रको एजेण्डामा स्थानीय तहमा अरूको रजाइँ चलेकोले जनताले सोचेजस्तो कामको प्रतिफल पाउन नसकेको अवस्था भएको हुँदा अबको निर्वाचनमा सबैतिर माओवादी केन्द्रको जीत सुनिश्चित हुनेगरी कार्यकर्ताहरुलाई स्थानीय तहमा जनताको सेवामा सधै तयार भएर लाग्न आग्रह गरे । कार्यक्रममा नगरका नेताहरु तिरबहादुर रोका डार्बिन, फैजअहमद खान, नारायण हमाल, मेराज खान लगायतले शुभकामाना मन्तव्य राखेका थिए । वडा पार्टीमा निर्वाचित पदाधिकारी तथा समितिका सदस्यहरुलाई पार्टीका सिद्धार्थनगरका इञ्चार्ज तिरबहादुर रोका डार्बिनले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
    डम्बर बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन धुर्व लामगादेले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.