भैरहवा । भैरहवामा नयाँ व्यवस्थापनका साथ होटल ग्लास्गो सञ्चालनमा आएको छ । विगत २० वर्ष देखि सि.न.पा– ५ बैंक रोडमा सञ्चालित उक्त होटल थप सेवा सुविधा सहित नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो ।
गौतमबुद्ध विमानस्थल, भारतीय पर्यटक र लुम्बिनीलाई लक्षित गरी विगत ६ वर्ष देखि होटल क्षेत्रमा अनुभव बटुलेका युवा मनिष ढकालले एकल लगानीमा थप सेवा सुविधा सहित होटल ग्लास्गो इन एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
करिब एक करोड लगानीमा संचालनमा आएको उक्त होटलमा सुविधासम्पन्न एसी ननएसी गरी २० वटा कोठा, २०÷३० जना अट्ने बैठक हल, ५० जना क्षमताको विभिन्न स्वादमा खाना सहितको फेमिली रेष्टुरेन्टको व्यवस्था रहेको होटलका सञ्चालक ढकालले बताए ।
‘रुपन्देहीको पर्यटन प्रवद्र्धनमा सहयोग हुने उद्देश्यले होटलमा आउने आन्तरिक र बाह्य पर्यटकहरुलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्नुका साथै गौतमबुद्ध विमानस्थलबाट ल्याउने लैजाने गाडीको व्यवस्था, न्युनतम एक हजार देखि २५ सय सम्मको रुम व्यवस्था गरिएको छ’, सञ्चालक ढकालले भने । होटल सञ्चालनको सुरुवातीमा नै १२ जना युवाहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको उनले बताए ।
होटलका सञ्चालक मनिष ढकालको अध्यक्षतामा सम्पन्न भएको होटल समुद्घाटन कार्यक्रममा सञ्चालक ढकालका मातापिता दिनेश ढकाल र बिमला ढकालले संयुक्त रुपमा रिबन काटेर होटलको शुभारम्भ गरेका थिए ।
शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रेसका निवर्तमान अध्यक्ष दिपेश पछाई, क्लबका उपाध्यक्ष सम्झना शर्मा, क्लबका कार्यसमिति सदस्य रबिन्द्र गुप्ता, अवधी पत्रकार संघका अध्यक्ष पशुपति यादव र युवा समाजसेवी सुमन न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।