logo
  • १८ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठ्यो भैरहवा भन्सारमा


    १८ कार्तिक २०८३ , मंगलबार

    लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठ्यो भैरहवा भन्सारमा

    कमल रायमाझी / लुम्बिनीखबर
    भैरहवा, १७ कात्तिक । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा राजस्व संकलन लक्ष्यभन्दा बढी गरेको छ। कार्यालयले साउनदेखि असोज मसान्तसम्म ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको हो। पहिलो त्रैमासिक अवधिका लागि सरकारले २९ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले निर्धारित लक्ष्यभन्दा चार अर्ब छ करोड २० लाख रुपैयाँ बढी राजस्व उठाउँदै लक्ष्यको ११३.८६ प्रतिशत प्रगति हासिल गरेको भन्सार कार्यालयले जनाएको छ।

    भन्सार प्रमुख हरिहर पौडेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा वृद्धि भएको उहाँले बताउनुभयो। गत वर्ष पहिलो तीन महिनामा लक्ष्यको ९७.१४ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा आठ अर्ब ८३ करोड दुई लाख रुपैयाँ राजस्व संकलन भएको छ। उक्त महिनाका लागि आठ अर्ब ५४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएको थियो। भदौमा नौ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकामा १० अर्ब ६३ करोड १६ लाख रुपैयाँ संकलन भएको थियो।

    असोज महिनामा भने राजस्व संकलन थप बढेको देखिएको छ। उक्त महिनाका लागि १० अर्ब ९८ करोड रुपैयाँ लक्ष्य रहेकामा १३ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको भन्सार कार्यालयले जनाएको छ। यो असोज महिनाको लक्ष्यको १२६.४१ प्रतिशत हो। राजस्व संकलनमा भएको वृद्धिसँगै भैरहवा भन्सार नाकाबाट हुने वैदेशिक व्यापारमा समेत विस्तार देखिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ३८ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। गत आर्थिक वर्षको असोजमा २३ अर्ब ३८ करोड रुपैयाँ बराबरका वस्तु आयात भएकामा यस वर्ष आयात मूल्य ६३.४३ प्रतिशतले बढेको हो।

    त्यसैगरी, असोजमा चार अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। गत वर्षको सोही महिनामा दुई अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। यस आधारमा निर्यात मूल्यमा ५६.०१ प्रतिशत वृद्धि भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। भन्सार राजस्वमा सवारीसाधन तथा इन्धनजन्य वस्तुको योगदान उल्लेख्य रहेको छ। मोटरसाइकल, जीप, कार तथा भ्यान, विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, एलपी ग्यास, फलाम र मोबाइल फोन प्रमुख राजस्व योगदानकर्ता वस्तुका रूपमा रहेका छन्।

    भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुंगानाका अनुसार असोज महिनामा राजस्वका आधारमा प्रमुख १० आयातित वस्तुबाट मात्रै १० अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। यो अवधिको कुल राजस्वमा ती वस्तुको योगदान करिब ५३ प्रतिशत रहेको उहाँले बताउनुभयो। निर्याततर्फ भटमासको प्रशोधित तेल प्रमुख वस्तुका रूपमा रहेको छ। यसबाहेक आल्मुनियम तथा त्यसका उत्पादन, कृत्रिम धागो, चाउचाउ, नुडल्स, पास्ता, फलाम तथा फलामका सामग्री, पशु आहारको कच्चा पदार्थ, खयर कत्था र सिमेन्ट पनि प्रमुख निर्यातित वस्तुमा परेका छन्।

    पहिलो त्रैमासिक अवधिमा राजस्व संकलन लक्ष्यभन्दा माथि पुग्नु र असोजमा आयात तथा निर्यात दुवैको मूल्य बढ्नुले भैरहवा भन्सार नाकाको व्यापारिक गतिविधि विस्तार भएको देखाएको छ। विशेषगरी असोज महिनामा भएको राजस्व वृद्धिले समग्र त्रैमासिक उपलब्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको सूचना अधिकृत ढुंगानाले बताउनुभयो। न्दा बढी गरेको छ। कार्यालयले साउनदेखि असोज मसान्तसम्म ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको हो। पहिलो त्रैमासिक अवधिका लागि सरकारले २९ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले निर्धारित लक्ष्यभन्दा चार अर्ब छ करोड २० लाख रुपैयाँ बढी राजस्व उठाउँदै लक्ष्यको ११३.८६ प्रतिशत प्रगति हासिल गरेको भन्सार कार्यालयले जनाएको छ।

    भन्सार प्रमुख हरिहर पौडेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा वृद्धि भएको उहाँले बताउनुभयो। गत वर्ष पहिलो तीन महिनामा लक्ष्यको ९७.१४ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा आठ अर्ब ८३ करोड दुई लाख रुपैयाँ राजस्व संकलन भएको छ। उक्त महिनाका लागि आठ अर्ब ५४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएको थियो। भदौमा नौ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकामा १० अर्ब ६३ करोड १६ लाख रुपैयाँ संकलन भएको थियो। असोज महिनामा भने राजस्व संकलन थप बढेको देखिएको छ। उक्त महिनाका लागि १० अर्ब ९८ करोड रुपैयाँ लक्ष्य रहेकामा १३ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको भन्सार कार्यालयले जनाएको छ। यो असोज महिनाको लक्ष्यको १२६.४१ प्रतिशत हो।

    राजस्व संकलनमा भएको वृद्धिसँगै भैरहवा भन्सार नाकाबाट हुने वैदेशिक व्यापारमा समेत विस्तार देखिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ३८ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। गत आर्थिक वर्षको असोजमा २३ अर्ब ३८ करोड रुपैयाँ बराबरका वस्तु आयात भएकामा यस वर्ष आयात मूल्य ६३.४३ प्रतिशतले बढेको हो। त्यसैगरी, असोजमा चार अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। गत वर्षको सोही महिनामा दुई अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। यस आधारमा निर्यात मूल्यमा ५६.०१ प्रतिशत वृद्धि भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।

    भन्सार राजस्वमा सवारीसाधन तथा इन्धनजन्य वस्तुको योगदान उल्लेख्य रहेको छ। मोटरसाइकल, जीप, कार तथा भ्यान, विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, एलपी ग्यास, फलाम र मोबाइल फोन प्रमुख राजस्व योगदानकर्ता वस्तुका रूपमा रहेका छन्। भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुंगानाका अनुसार असोज महिनामा राजस्वका आधारमा प्रमुख १० आयातित वस्तुबाट मात्रै १० अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। यो अवधिको कुल राजस्वमा ती वस्तुको योगदान करिब ५३ प्रतिशत रहेको उहाँले बताउनुभयो।

    निर्याततर्फ भटमासको प्रशोधित तेल प्रमुख वस्तुका रूपमा रहेको छ। यसबाहेक आल्मुनियम तथा त्यसका उत्पादन, कृत्रिम धागो, चाउचाउ, नुडल्स, पास्ता, फलाम तथा फलामका सामग्री, पशु आहारको कच्चा पदार्थ, खयर कत्था र सिमेन्ट पनि प्रमुख निर्यातित वस्तुमा परेका छन्। पहिलो त्रैमासिक अवधिमा राजस्व संकलन लक्ष्यभन्दा माथि पुग्नु र असोजमा आयात तथा निर्यात दुवैको मूल्य बढ्नुले भैरहवा भन्सार नाकाको व्यापारिक गतिविधि विस्तार भएको देखाएको छ। विशेषगरी असोज महिनामा भएको राजस्व वृद्धिले समग्र त्रैमासिक उपलब्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको सूचना अधिकृत ढुंगानाले बताउनुभयो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.