logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अध्यक्षको कलम……..


    १८ भाद्र २०७८ , शुक्रबार

    अध्यक्षको कलम……..

    गोकुल पोखरेल

    सञ्चार क्षेत्रमा मोफसलको राजधानी भैरहवाबाट प्रकाशित लुम्बिनीखबर पत्रिका आज १० औँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ । २०६८ साल भदौ १८ गते भैरहवा क्षेत्रमा बसोबास गर्ने दश जना युवा समूहको सकृयतामा पत्रिका प्रकाशन शुभारम्भ भएको थियो । विशेषगरी सामाजिक,सांस्कृतिक,आर्थिक,राजनैतिक क्षेत्रमा लुकेका र लुकाइएका विषयवस्तुलाई सोध र खोज पत्रकारिताको माध्यमबाट समाज परिवर्तनको सपना देखेका हामी अविच्छिन्न रुपमा समाचार सम्प्रेषण गर्दै आजको शुभ दिनसम्म आइपुग्दा गौरव महशुस गरिरहेका छौँ । यो दश वर्षको अवधिमा निश्पक्ष र तटस्थ रुपमा समाचार प्रकाशन गरी पाठकसमक्ष छुट्टै पहिचान बनाउन सफल भएको अनुभूति गरिरहेका छौँ ।

    भैरहवा सञ्चारको उर्वरभूमि हुँदाहुँदै पनि यस क्षेत्रबाट दैनिक,साप्ताहिक,पाच्छिक रुपमा थुप्रै पत्रिकाहरु खुले र बन्द हुँदै गए । विगतको इतिहास हेर्दा कुनै पनि पत्रिकाले लामो समयसम्म निरन्तरता दिन सकेनन्। खुल्ने र बन्द हुने क्रम निकै लामो समयसम्म चलिरहेको यथार्थ हाम्रा सामु छ । विगतको त्यो तीतो इतिहासलाई आत्मसाथ गर्दै एउटा दीर्ढ अठोटका साथ लुम्बिनीखबर पत्रिका प्रकाशन शुरु गर्यौँ र आज यस क्षेत्रकै अब्बल पत्रिको रुपमा स्थापित भएको छ । स्थापना कालदेखि नै अनवरत रुपमा समीक्षात्मक एवम् खोजमूलक समाचारलाई प्राथमिकतामा राखेर प्रकाशन हुँदै आइरहेको लुम्बिनीखबर पत्रिकाको अपार सफलतापछि आज हामी डिजिटल माध्यममा समेत प्रवेश गरेका छौँ । समता टेलिभिजनका माध्यमबाट देशैभर प्रसारण हुनेगरी परीक्षण प्रसारण शुरु गरिसकेका छौँ र निकट भविष्यमै औपचारिक शुभारम्भ गर्न गइरहेको खबर जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौँ । छापा र डिजिटल दुवै माध्यमबाट समाज परिवर्तनको हाम्रो अभियानमा सबैको साथ र सहयोग रहिरहने अपेक्षा राखेका छौँ ।

    अन्त्यमा, हाम्रो यस पत्रिकालाई निरन्तर रुपमा अगाडि बढाउनका लागि निरन्तर सहयोग गरिरहनुहुने उद्योगी, व्यापारी, शैक्षिक प्रष्ठिान, व्यवसायी,समाजसेवी, विज्ञापनदाता सबैप्रति हामी धन्यवाद एवम् आभार व्यक्त गर्न चाहन्छौँ । साथै पत्रिकालाई यो उचाइमा पुर्याउन अहोरात्र खट्नुहुने सम्पादन मण्डल, व्यवस्थापन, विज्ञापन शाखा, कम्प्युटर शाखा, लेखा शाखा, डिजाइनर, वितरण पक्षका टिम, शाखा कार्यालयका सहयोगीहरु,सञ्चालक समिति सबै सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.