भैरहवा । अखिल क्रान्तिकारी सिद्धार्थनगर नगर समितिको अधिवेशनले शिवम जैसवालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा गौरव नेपाल, दुर्लभ प्रसाद तेली, सचिवमा आशिष परियार, सह-सचिवमा चिफ यादव, कोषाध्यक्षमा आकाश साह, सदस्यहरुमा लक्ष्मी थापा, गोपाल न्यौपाने, सुवाष पाण्डे, अशोक सेन, अर्पना लामगादे, सतिश श्रेष्ठ, शिवा कंडेल, सागर पन्थी लगायत रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।
अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी अञ्चलका सह-इन्चार्ज हकिकुल्ल खाँ ले विद्यार्थीहरु देशका मेरुदण्ड भएकाले विचारमा प्रतिवद्ध भएर अगाडी बढ्न आग्रह गरे ।

अखिल क्रान्तिकारीका विद्यार्थी नेता सन्तोष पन्थीको अध्यक्षतामा भएको अधिवेशनमा अखिल क्रान्तिकारी केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश संयोजक नारायण खनालले अबको विद्यार्थी आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने भन्दै अखिल क्रान्तिकारीमा गोलबन्द हुन आग्रह गरे।
कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अनुप पोखरेल, जिल्ला संयोजक विष्णु खत्री, विद्यार्थी फ्याक्सन इन्चार्ज चेतन भण्डारी,
माओवादी नेता डार्विन रोका लगायतले मन्तव्य राखेका थिए ।