logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    पाहुना बस्न लुम्बिनी जाऔं


    २९ भाद्र २०७८ , मंगलबार

    पाहुना बस्न लुम्बिनी जाऔं

    कमल रायमाझी
    भैरहवा,१० भदौ । कोभिडका कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुल्ला गरेको घोषणा गरेका छन् । आन्तरिक पर्यटकलाई लक्षित गर्दै यहाँका होटलहरुले आवास र खानामा विभिन्न छुटको व्यवस्था गरेको लुम्बिनी होटल एशोसिएसनले जानकारी दिएको छ ।

    होटल एशोसिएसनले छुट अफर सार्वजनिक गर्दै पर्यटकलाई लुम्बिनी आउन निमन्त्रणा गरेका छन् । कोभिडका कारण कमजोर अवस्थामा पुगेको व्यापारलाई सहयोग पुग्ने उद्धेश्यका साथ अफर गरिएको हो । ठुलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ ।
    लुम्बिनी होटल एसोशियसनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एसोशियसन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए । उनले भने, लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर सार्वजनिक गरिएको छ ।

    अध्यक्ष श्रेष्ठका अनुसार– होटल बन्द अवस्थामा रहेपनि सफा गर्नुपर्ने,विजुली, पानी तथा केहि कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्नुे बाध्यता रहेकाले यो अफरले केहि सहयोग पुग्नेमा बिस्वास छ । यो अफर पछि लुम्बिनीमा केहि पर्यटकहरु आउने क्रमपनि जारी रहेको देखिन्छ । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीहरुलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीहरुले बताउने गरेका छन् ।

    लुम्बिनी क्षेत्रको साथ साथै भैरहवा क्षेत्रका होटलहरुले पनि भारि अफरको व्यवस्था गरेको सिद्धार्थ होटल एसोशियसनले जानकारी दिएको छ ।
    चाडपर्व लक्षित दशै–तिहारलाई मध्य नजर गरेर घुम्न आउने पर्यटकहरुका लागि बिशेस छुटहरुको व्यवस्था गरिएको होटल एशोसिएसनले जनाएको छ । सिद्धार्थ होटल एसोशियसनका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठले आवास २५ देखि ५० प्रतिशत सम्म छुट र खानामा समेत परिकार हेरेर छुटको व्यवस्था गरेको लुम्बिनीखवरलाई बताए ।

    पर्यटक तथा व्यापारी र स्थानिय कार्यक्रमहरुलाई मध्यनजर गरेर गरिएको अफरमा अवस्था हेरेर बिशेस छुट होटलहरुले गरेका छन् । अध्यक्ष श्रेष्ठले भने, पर्यटन व्यवसायीहरुलाई जिवित राख्नका लागि सरकारले पनि सहुलियतमा बिद्युत तथा बैंक व्याजमा सहयोग पुराउनु पर्दछ । सीमानाका बन्दका कारण भारतिय तथा तेस्रो मुलुकबाट पर्यटक आउन छाडेपछि आन्तरिक पर्यटकलाई मध्यनजर गरेर अफरका कार्यक्रमहरु ल्याएको हो ।
    नेपाल भारत सीमानाका बन्द हुदा यस क्षेत्रमा सवैभन्दा बढिमार पर्यटन व्यवसायीहरु परेका छन् । दैनिक सयौ भारतिय ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेका छन् । तर पर्यटकलाई भने नेपालमा प्रवेष निषेध गरिएको छ ।

    यसले गर्दा व्यवसायी मारमा परेको पर्यटन व्यवसायहीको गुनासो रहेको छ । बाह्य पर्यटकहरु मात्र नभएर आन्तिरिक पर्यटकहरु समेत लुम्बिनीक्षेत्रमा आउदा सुरक्षाकर्मीहरुबाट सोधपुछ र चेकजाच गर्दा समेत पर्यटन व्यवसायीहरुलार्य समस्या परेको देखिन्छ । यसलाई मध्यनजर गरेर कोभिड बिरुद्ध खोप लगाएका तथा पिसिआर चेकजाच गरेका पर्यटकलाई होटलमा आवत जावत व्यवस्था गर्ने होटल व्यवसायीले बताएका छन् । व्यवसायीहरुले लुम्बिनीक्षेत्र पर्यटकलाई घुम्नका लागि समेत कुनै बाधा नपुराउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.