logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लागुऔषधको जोखिममा नयाँ पुस्ता (सम्पादकीय)


    ३ असोज २०७८ , आइतबार

    लागुऔषधको जोखिममा नयाँ पुस्ता (सम्पादकीय)
    कमल रायमाझी, सम्पादक

    कमल रायमाझी, सम्पादक

    नेपालमा लागुऔषधको जोखिम उच्च रहेको छ । खुल्ला भारतिय सीमा नाकाका कारण नेपाल लागुऔषधको उच्च जोखिममा परेको हो । नेपालमा प्रायः कलेज पढ्ने युवा विद्यार्थीहरु यसको लतमा फस्ने गरेको प्रहरीको अनुसन्धानले देखाउने गरेको छ । साथीहरुको लहैलहैमा लागेर धेरै युवाहरु यो लतमा फसेको देखिन्छ । भारतीय बजारमा सजिलै उपलव्ध हुने ब्राउन सुगर, डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्स जस्ता लागुऔषधले नेपाली युवापुस्तालाई तहसनहस पारेको अनुसन्धानले बताउँछ । नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क हेर्ने हो भने गाँजा, चरेस, हिरोइन, कोकेन लगायतका लागुपदार्थ समेत अधिक नेपाली युवाहरुले प्रयोग गर्ने गरेका छन् । जसको कारोवार समेत नेपाली बजारमा हुने गरेको छ । गृह मन्त्रालयले गरेको संरक्षणमा १५ देखि २० वर्ष उमेर समूहका धेरै युवाहरु लागुऔषध दुव्र्यसनमा फसेको पाइन्छ । नेपालका विभिन्न सहरहरु काठमाडौं, धरान, पोखरा, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन, बाँके, पर्सा र मकवानपुरमा लागुऔषध दुव्र्यसनीको संख्या अत्यधिक रहेको छ । गृहको तथ्याङ्कमा नेपालमा हाल दुईलाखभन्दा बढी लागुऔषध दुव्र्यसनी रहेका छन् । लागुऔषधको व्यापक दुरुपयोग नेपालमा हुन थालेपछि अभिभावकहरुलाई चिन्ता थपिएको छ । राज्यले लागुऔषध प्रयोगकर्ता र बेचविखन गर्ने कानुनी कार्वाहीको व्यवस्था गरेपनि यसको रोकथामका लागि सही पहल गर्न सकेको देखिँदैन । प्रहरी तथ्याङ्क हेर्दा नै वार्षिक रुपमा दुव्र्यसनमा फस्नेको संख्यामा बढ्ने गरेको छ । यसको न्युनीकरणका लागि सही व्यवस्थापन नहुँदा युवाहरु कुलतमा फसेको विशेषज्ञहरुले बताउने गरेका छन् । यसकारण राज्यले लागुऔषध दुव्र्यसनको अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउनुका साथै यसको रोकथाम र न्युनीकरण गर्नुपर्छ । यो गरिएन भने नेपालमा युवा जनशक्ति दुव्र्यसनको चपेटामा पर्दै जाने र समाजलाई विखण्डनतर्फ लैजाने देखिन्छ । त्यसकारण सरकारी तहबाट यसको समाधान गर्न विशेष पहल गर्नु आजको आवश्यकता हो । देशमा युवा पुस्ता भनेका मुख्य जनशक्ति हो । यसको सही प्रयोग गरेर मात्र राज्यको विकास र समृद्धि सम्भव रहेकाले गलत लतको अन्त्य गर्न सरकारका साथसाथै तपाई हाम्रो पनि लक्ष्य रहेको छ । समाज व्यवस्थित भए हामी व्यवस्थित हुन्छौँ । हामी व्यवस्थित भए देश व्यवस्थित हुन्छ । यसैले  समाजको विकास सबैको सहकार्य भएका लागुऔषध दुव्र्यसनको अन्त्य गर्न सकिन्छ । यो अभियानमा हामी सबै जुटौँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.