logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    पर्वलाई सांस्कृतीक रुपमा मनाऔं (सम्पादकीय)


    २४ असोज २०७८ , आइतबार

    पर्वलाई सांस्कृतीक रुपमा मनाऔं (सम्पादकीय)
    कमल रायमाझी, सम्पादक

    कमल रायमाझी, सम्पादक

    नेपालीहरुको महान पर्व विजया दशमी नजिकिदै छ । यो पर्व संसारभर रहेका नेपालीहरुले मनाउने पर्व हो । सामाजिक महत्व बोकेको यो पर्वले धार्मिक रुपमा समेत हिन्दु धर्म मान्नेहरुले मनाउने गरेको देखिन्छ । धर्म र जातजातीले मनाउने यस्ता पर्वहरु समाजलाई सास्कृतिक रुपमा बलियो बनाउने पर्व हुन । दशै पनि यो परम्परागत रुपमा नेपालीहरुले मनाउने महान पर्व हो । यसले समाजलाई मेलमिलाप र रमाइलो मनाउने गरेको छ । जातजाती र धर्मको विविधता भएको नेपालमा दशैलाई आमनेपालीले आफ्नो पर्वको रुपमा मनाउने गरेका छन् । नेपालीहरु विभिन्न धर्म संस्कृति संग जोडिएको छन । विभिन्न धर्म र संस्कृति संग हुर्केको हाम्रो नेपाली समाजमा १२५ जाति रहेका छन् । परम्परागत रुपमा मनाईने चाडपर्व, मेला तथा उत्सवहरुको विशेषताहरु आआफ्नो किसिमको छ । विभिन्न चाडपर्व मध्य दशै नेपालको मुख्य पर्व हो । समाज, परिवार र आफन्त विचको भेटभाट हुन् यो पर्व परम्परागत पर्व पनि हो । बर्गिय रुपमा सवै नेपालीहरु मनाउने यो पर्वले पछिल्लो समयमा भित्राएको तडक भडक र हुनेखानेका लागि रमाइलो गर्ने पर्वको रुपमा दशैले विकास गरेको देखिन्छ । परम्परागलाई धान्ने र आफन्त संग आर्सिवाद लिने यो पर्व महङ्घो हुदै गएको देखिन्छ । जसका लागि सांस्कृतिक रुपमा मनाउने पर्वले आर्थिक रवाफ देखाउन थालेपछि नेपाली समाजलाई चिन्ता थपेको छ । हुनेखानेले देखाउने र नहुने हरुका लागि दशै आयो भन्दा चिन्ता लिनुपर्ने पर्वको रुपमा दशै आउने गरेको देखिन्छ । यो संस्कारलाई रोक्नु आजको आवश्यकता हो । दशैमा राम्रो लगाउनै पर्ने र रिर्ण खोजेर भएपनि मिठो खानुपर्ने नयाँ चलनले नहुनेहरुको लागि तनाव थपेको छ । हिमाल देखि तराई सम्म मनाउने दशै पर्व पछिल्लो समयमा नेपालमा बसोवास गर्ने सवै धर्म संस्कृतीमा आस्था राख्नेहरुले समेत मान्ने गरेका छन् । यो पर्वलाई हुने खानेको भन्दा पनि आमनेपालीहरुको मनाउने पर्वको रुपमा विकास गर्नु पर्दछ । समाजमा हुने तडक भडकलाई रोकेर परम्परागत पर्वको रुपमा नेपाली संस्कृतीलाई झल्काउने किसिमले मान्नु दशै पर्व आजको आवश्यकता हो । दशैलाई जस्तै नेपालीका अन्य पर्वहरुलाई पनि सामान्य रुपमा मनाउनु पर्दछ । पर्वको नाममा हुने वर्गको विभाजन रोक्नु आजको आवश्यकता हो । नेपालमा जातजाती अनुसारका विभिन्न पर्वहरु छन् । यि सवै पर्वलाई परम्परागत संस्कृति जोगाउने र आपसी सम्वन्ध प्रगाढ बनाउने पर्वको रुपमा लिनु आम नेपालीहरुको माग हो । धनीका लागि मात्र नभएर गरिबका लागि पनि पर्व मान्ने बातावरण बनाउनु पर्दछ । यसका कारण अहिलेको दशै सवैको दशैको रुपमा मनाऔं । विजया दशमी २०७८ को लुम्बिनीखबर पत्रिकाको तर्फ देखि शुभकामना व्यक्त गर्दछौ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.