
लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जन्मस्थल लुम्बिनी आएकी छन् । केही समयअघि हेलिकोप्टरमार्फत् उनी लुम्बिनी आएकी हुन् । लुम्बिनी पुगेर लुम्बिनीमा नेपाल परम्परागत बौद्ध धर्म संघले जनस्तरबाट सहयोग रकम उठाएर निर्माण गरेको नेपाल बज्रयान महाबिहार राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी छिन ।
बिहार उद्घाटन पछि राष्ट्रपति भण्डारी मायादेवी मन्दिर दर्शन र प्रार्थना गर्ने कार्यक्रम रहेको छ । उनले लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभा हल एवं बौद्ध ध्यान केन्द्रको अवलोकसमेत गर्ने छिन् । यसपछि भण्डारीले लुम्बिनी विकास गुरुयोजनाको प्रगतिबारे जानकारी लिने जनाइएको छ ।
लुम्बिनी पछि राष्ट्रपति भण्डारीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएर ‘ह्वाईट जेड’ धातुले बनेको बुद्ध मूर्ति अनावरण गर्ने कार्यक्रम छ । राष्ट्रपति लुम्बिनीमा आएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।