logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    अब नेपाल प्रवेश गर्दा भारतीयलाई परिचय अनिवार्य


    १५ कार्तिक २०७८ , सोमबार

    अब नेपाल प्रवेश गर्दा भारतीयलाई परिचय अनिवार्य
    file photo

    file photo

    भैरहवा । भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ । नेपाल सरकारको अनुरोध बमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको हो ।

    नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबैध ढंगले नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गरिएको हो । केही दिनअघि भारतको बाटो हुँदै ११ अफगानी नेपाल प्रवेश गरेका थिए ।

    नयाँ व्यवस्थाअनुसार नेपाल आउने भारतीयले सीमा प्रवेश गर्नुअघि नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र र शैक्षिक परिचयपत्रमध्ये एउटा अनिवार्य देखाउनु पर्छ । अतिवाद नियन्त्रण तथा गैरकानूनी ढंगले नेपाल भित्रिने नागरिकलाई रोक्न परिचय पत्र अनिवार्य गरिएको भारतको सीमा सुरक्षा बलले जनाएको छ ।

    यसअघि शनिवार गृहमन्त्री बालकृष्ण खाँडले एक आदेशमा हस्ताक्षर गर्दै नेपाल प्रवेश गर्ने भारतीयमाथि कडाइ गर्न भारतसँग अनुरोध गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.