logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    परिणाम देखिने गरी काम गर्छौ : मुख्यमन्त्री केसी


    ६ मंसिर २०७८ , सोमबार

    परिणाम देखिने गरी काम गर्छौ : मुख्यमन्त्री केसी

    पाल्पा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गरेर जनताको आकांक्षा पूरा गर्ने बताउनुभएको छ । प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर सरकारले परिणाम दिने मुख्यमन्त्री केसीले उल्लेख गर्नुभयो ।

    नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले चारदेखि छ महिनामा बजेटलाई प्रभावकारी कार्यान्वयन गर्ने योजना सुनाउनुभयो । ‘बजेट खर्चका नाममा खर्च मात्र होइन, बजेटबाट परिणाम देखिने गरी काम अघि बढेको छ’ उहाँले भन्नुभयो ।

    प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले जनताको आवश्यकतामा आधारमा बजेट बनाएको बताउनुभयो । मुख्यमन्त्री केसीले प्रदेश सरकारले विपद्बाट क्षति पु¥याएका किसानलाई क्षतिपूर्ति दिने र बाढी पहिरोबाट प्रभावित जनतालाई राहत दिने विशेष योजना ल्याएर सम्बोधन गर्ने जानकारी दिनुभयो । मन्त्री केसीले कोरोनाबाट प्रभावित विद्यालय क्षेत्रलाई नियमित सञ्चालन गर्न बालबालिकाका लागि आवश्यक खोपका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । केन्द्र सरकारसँग समन्वय गरेर खोप ल्याउँछौ, त्यो नभए प्रदेश सरकार आफैँ अघि सरेर खोप ल्याउने योजना छ, मुख्यमन्त्री केसीले भन्नुभयो ।

    विपक्षी दलले संसद्मा गरेको अबरोधका विषयमा मुख्यमन्त्री केसीले असान्दर्भिक र लोकतन्त्र बिरोधी कार्य भएको बताउनुभएको छ । उहाँले संसद् विपक्षीले आफ्नो मत राख्ने स्थल भएपनि आफैँले संसद् अबरोध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो । एमालेले आफूलाई लोकतान्त्रिक पार्टी भनेपनि संसद्मा लगातार गरेको अबरोधले उसको भनाइ र गराइमा तादाम्यता नमिलेको मुख्यमन्त्री केसीको भनाई छ ।

    उहाँले लोकतन्त्र मान्छु भन्ने पार्टीले समीक्षा गरेर छिट्टै संसद्को अबरोध गर्नबाट पछि हट्नेमा विस्वास गर्नुभयो । सरकार आलोपालो चलाउने विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा मुख्यमन्त्री केसीले गठबन्धनको सहकार्यमा सरकार चलाउने विषय सहमति भएपनि समयाबधिको विषयमा छलफल नभएको जिकिर गर्नुभयो । पाँच दलीय गठबन्धनको सरकार सहमतिमा सञ्चालन गर्ने भन्ने सहमति भएको हो, उहाँले भन्नुभयो कसरी कसले कति समय चलाउने भन्ने विषय तोकिएको छैन मुख्यमन्त्री केसीले भन्नुभयो ।

    शनिबार नै मुख्यमन्त्री केसीले बगनासकाली कृषि सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । सोही अवसरमा उहाँले सहकारीबाट नै मानिसलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । उहाँले सहकारीको माध्यम्बाट सरकारसँग सहकार्य गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.