logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधनले लुम्बिनी प्रदेश सरकार स्तब्ध, मुख्यमन्त्री केसीले जारी गरे शोक वक्तव्य


    ८ मंसिर २०७८ , बुधबार

    माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधनले लुम्बिनी प्रदेश सरकार स्तब्ध, मुख्यमन्त्री केसीले जारी गरे शोक वक्तव्य

    भैरहवा । लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री कुलप्रसाद केसीले हिजो साँझ बुटवल-१३ जितगढ़ीमा भएको सडक दुर्घटनामा परि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि) को अकल्पनीय निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज बिहान एक शोक वक्तव्य जारी गर्दै बन्जाडेको अकल्पनीय निधनले प्रदेश सरकारलाई दुखित एवं मर्माहत बनाएको बताउनु भएको हो ।

    शोक वक्तव्यको पुर्ण पाठ :

    मिति २०७८ मंसिर ७ गते साँझ करिब ९ बजेतिर बुटवल उपमहानगरपालिका १३ मा जितगढ़ीमा सडक दुर्घटनामा परि बुटवल उपमहानगरपालिका १३ जितगढ़ी निवासी नेपाल कम्युनिष्ट पार्थि (माओवादी) केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे कमरेड (टंकमणि) को अकल्पनीय दुःखद निधनले प्रदेश सरकारलाई दुःखित एवं मर्माहत बनाएको छ। स्वर्गीय मृतकप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै मृतआत्माको चीरशान्तिको कामनासहित दुःखको यस घडीमा सम्पूर्ण मृतकका शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु । साथै सोहि दुर्घटनामा परि घाइते हुनुभएका नेकपा (माओवादी) केन्द्रका लुम्बिनी प्रदेश कमिटि सदस्य हिरा थापाप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

    स्वर्गीय कमरेड टंकमणिले देश र जनताको मुक्तिका लागि लामो समय योगदान गर्नुभएको छ । उहाँले समग्र पार्टी क्रान्ति र परिवर्तनको आन्दोलनमा गरेको योगदानको सम्मान र प्रशंसनीय छ । उहाँले राजनीतिक एवं सामाजिक रुपान्तरका लागि गर्नुभएको योगदान हाम्रा र भावी पुस्ताका लागि पनि स्मरण योग्य हुने कुरा विश्वाससहित भावपूर्ण श्रद्धान्जली एवं शोकाकुल परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछु ।

    २०७८ मंसिर ८

    माननीय कुलप्रसाद केसी (सोनाम)
    मुख्यमन्त्री- लुम्बिनी प्रदेश सरकार

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.