logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिलौटिया मेलामा लाखौं दर्शनार्थीहरुको घुँइचो


    ८ मंसिर २०७८ , बुधबार

    सिलौटिया मेलामा लाखौं दर्शनार्थीहरुको घुँइचो

    धकधई । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ गौरीस्थित श्री सतियामाई मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमामा लाग्ने मेलामा यस वर्ष पनि लाखौ भक्तजन तथा दर्शानार्थीहरुको घुँइचो सहित मेला सम्पन्न भएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन यहाँ विशेष मेला लाग्ने गरेको छ । ओमसतियामा लाग्ने मेला सिलौटिया मेला भन्ने नामले पनि चर्चित छ ।

    रुपन्देही सहित छिमेकी जिल्ला पश्चिम नवलपरासी, कपिलवस्तु तथा भारतका विभिन्न स्थानबाट लाखौ भक्तजन तथा दर्शानार्थिहरु मेला भर्न आएको मेला आयोजक समिति सदस्य पशुपति यादवले बताए ।

    प्राचीन कालदेखि नै यहाँ मेला लाग्दै आएकोले श्री सतियामाई मन्दिरमा पूजा गरी भक्तजनहरुले भाकल गरेको पूरा हुने विश्वासका साथ यस दिन व्रत समेत बस्ने परम्परा रहेको ओमसतिया गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रकाश चौधरीले बताए । चौधरीले सबै धर्म संस्कृतिको रक्षा गरी धार्मिक संहिष्णुता कायम गर्न मेला प्रत्येक वर्ष निरन्तर मेला लाग्ने गरेको बताए ।

    मेलामा शनिबार र आइतबार दुई दिन नेपालका चर्चित पहलवानहरु र भारतीय पहलवानहरुको बीचमा कुस्ती महामुकाविला समेत भएको आयोजकले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.