logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनीबाट सुरु भयो ‘‘जनमत माटी यात्रा”


    १३ मंसिर २०७८ , सोमबार

    लुम्बिनीबाट सुरु भयो ‘‘जनमत माटी यात्रा”

    दीपक जैसवाल
    लुम्बिनी । जनमत पार्टीले ‘‘जनमत माटी यात्रा” रुपन्देहीको लुम्बिनीबाट शुभारम्भ गरेको छ । चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले समग्र नेपालको एकताको सन्देश दिने गरि शान्तीको मुहान लुम्बिनीबाट ‘‘जनमत माटी यात्रा’’ सुरु गरेको हो ।

    मेचीदेखि महाकालीसम्म लुम्बिनीको लोकप्रियता बढाउको लागि उक्त यात्रा लुम्बिनीबाट शुभारम्भ गरिएको राउतको भनाइ छ । जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादव सहित रुपन्देही जिल्ला समितिले लुम्बिनीको माटो राउतलाई हस्तान्तरण गर्दै यात्रा अभियानको सुरुवात गरिएको हो । मेचीदेखी महाकालीसम्म रहेका प्रत्येक स्थानीय तहमा पुग्ने लक्ष्य सहित जनमत माटी यात्रा सुरु गरिएको जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले लुुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

    पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै राउतले अभियानको मूख्य उद्देश्य भनेको हरेक स्थानिय तहको गाउँघरसम्म पुगि जनतमसँग प्रत्यक्ष जोडिएर त्यहाँको माटो संकलन गर्ने र अन्तिममा एउटा उद्यान बनाउका लागी प्रयोग गरिने रहेको जानकारी दिए । उनले उद्यानमा माटो संकलन गरिएको स्थानिय तहको विशेष परिचय खुल्ने जानकारी सहितको एकता उद्यान बनाउने लक्ष्य राखी लुम्बिनीबाट यस अभियानको सुरुवात गरिएको उनले बताए ।

    उद्यान बनाउने लक्ष्य राखिएको भए पनि उद्यान कहाँ बनाउने भन्ने विषयमा अहिले नै टुङ्गो लागेको छैन । उनले यो यात्रा लगातार नभई चरणवद्ध रुपमा गरिने र अहिलेलाई कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी गरी ३ जिल्लामा मात्र गरिने बताए । पछि यसको लोकप्रियता र जनाधार हेरी अन्य जिल्लाहरुमा पनि यसलाई विस्तार गरिने राउतले जानकारी दिए । राउतले अहिले पनि नेपालीहरु जातीको नाममा, भुगोल लगायतको नाममा विभाजित रहेकोले त्यसलाई मेटाएर यो अभियानले एकता सन्देश समेत दिन खोजेको बताए ।
    राउतले संघियता आएपछि देश नै टुक्रिने लगायतका गलत प्रचार गरिएकोले यो अभियानले सबै प्रदेशलाई जोडेको सन्देश दिने गरि राजनितिक सन्देश बोकेको जिकिर गरे । जनमतको माटी यात्रा सुरु गराउने पार्टीका केन्द्रिय उपाध्यक्ष अब्दुल खाँन, केन्द्रिय सचिव भोपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.