logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    थारु संग्रहालय रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न


    १३ पौस २०७८ , मंगलबार

    थारु संग्रहालय रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न

    बुटवल । थारु संंस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु संग्रहालय रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन शंकरनगर वनबिहार तथा अनुसंधान केन्द्र वनबाटीकामा सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष अनिरुद्र प्रसाद चौधरीको अध्यक्षता तथा शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र बस्नेतको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    सम्पन्न अधिवेशनबाट अनिरुद्र प्रसाद चौधरीको अध्यक्षतामा नयां कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा पल्टन प्रसाद चौधरी, सचिव राज चौधरी, कोषाध्यक्ष कृष्ण कुमारी चौधरी, सह-सचिव मिलन चौधरी, सदस्यहरु सुनिता चौधरी, लक्ष्मण प्रसाद चौधरी, रीता चौधरी, अयोध्या प्रसाद चौधरी, तारा देबी चौधरी, जयराम प्रसाद चौधरी सर्बसम्मत चयन भएका छन् ।

    त्यस्तै सल्लाहकारमा सतीस कुमार चौधरी, ब्यासमुन थारु, बासुदेव चौधरी, निर्मला देबी चौधरी, कृष्ण बहादुर चौधरी, भागीरथी चौधरी, रुप नारायण चौधरी, राम कुमार चौधरी, पुनम चौधरी, बिरेन्द्र खौसीया, चयन भएका छन् ।

    कार्यक्रममा शंकर नगर वनबिहार तथा अनुसंधान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्मा, तिलोत्तमा न.पा.१० अध्यक्ष ब्यासमुन थारु, थारु कल्याणकारिणी सभा रुपन्देही सभापति सतिस कुमार चौधरी, थारु बौद्ध समाज केन्द्रिय उपाध्यक्ष रामकुमार चौधरी, था.क.स.ति.न.समिति सह सचिव कलम बहादुर चौधरी लगायतले बोल्दै अश्लील किसिमका भोजपुरी गीत तथा नृत्यले समाजमा नकारात्मक असर पुगेको बताउदै त्यस तर्फ नजान आग्रह गरेका थिए ।

    कार्यक्रममा पिउने पानी टंकी सहयोगदाता ति.न.पा.११ पेडरहानी निवासी आरती खौसीयालाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रम पल्टन प्रसाद चौधरीको स्वागत र सचिव राज चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.