logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सिद्धार्थनगरमा करेसाबारी कृषिलाई बिउ निःशुल्क


    ३ माघ २०७८ , सोमबार

    सिद्धार्थनगरमा करेसाबारी कृषिलाई बिउ निःशुल्क

    जितेन्द्र चौधरी
    भैरहवा, ३ माघ । रुपन्देहीके सिद्धार्थनगर नगरपालिकाले करेसावारीमा तरकारी उत्पादन गर्ने कृषकका लागि निःशुल्क विउ विरण गर्ने गरेको छ ।


    नगरपालिका भित्र बसोवास गर्ने मानिसहरुलाई घरमै तरकारी खेती उत्पादन गर्न प्रोत्साहन गर्नुका साथै विउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
    कृषकलाई आवश्यकता अनुसारको कृषि मल, उन्नत कृषि बिउविजन तथा उत्पादन बृद्धिमा प्रविधि सहयोगका साथै कृषक प्रोत्साहन कार्यक्रमहरु निरन्तर गरिरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताउनुभयो ।
    उहाँले आफु निर्वाचित भए संगै अर्गानिक तरकारी भान्सा सम्म पुराउने अभियानमा लागेको बताउदैं कौशी तरकारी खेती उत्पादकलाई सहयोग तथा निशुल्क रुपमा बिउ र प्रविधि सहयोग गरेको जानकारी दिनुभयो ।
    सिद्धार्थनगर नगरपालिकामा कौशीमा तरकारी खेती गर्नेहरुको सख्यामा बृद्धि भएसंगै कृषिशाखाले विउ तथा कृषि प्रविधिहरु समेत उपलव्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
    नगरक्षेत्र भित्रका कृषकहरुका लागि बार्षिकरुपमा पचास प्रतिशत अनुदानमा पानी तान्ने मोटर–पम्पसेट, स्पेयर्स, धानको विउ, गहुँको विउ, च्याउको विउ, तरकारीको विउ र कृषि मल नगरपालिकाले उपलव्ध गराउदै आएको, कृषि शाखा प्रमुख यादवले बताउनुभयो ।
    कृषिको विकास तथा विस्तार र प्रचार प्रसारका लागि टोलटोलमा कृषक समुह समेत गठन गरिएको कृषि शाखाले जनाएको छ ।


    नगरपालिकाले नगरक्षेत्र भित्र रहेका १२ वटा सहकारी मार्फत कृषि मल वितरण गर्नुका साथै तिन वटा सिड कम्पनी मार्फत कृषि विउविजन वितरण गर्दै आएको सिद्धार्थनगर नगरपालिका सुचना प्रमुख देव ज्ञवालीले जानकारी दिनुभयो ।
    कृषि सडक, मायादेवी कृषि उपजकेन्द्र संकलन तथा सञ्चालन देखि कृषकलाई कृषिक्षेत्रमा कामगर्ने उत्प्रेरणा जगाउने काम समेत सिद्धार्थनगर नगरपालिकाले गर्दै आएको छ । बार्षिक रुपमा १० जना उत्कृष्ट कृषकलाई समेत नगरपालिकाले नगद सहित सम्मान गर्ने गरेको नगरपालिकाको तथ्याङकमा देखिन्छ । ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.