
ताराबहादुर रायमाझी, पाल्पा
शिक्षा मानिसमा चेतनाको विकास गर्न प्रदान गरिने ज्ञान हो । जन्मपछि बाल्यकाल, युवा, वृद्ध हुँदै गरेर परेर र भोगेर मृत्यु प्रयत्न मान्छेले विभिन्न माध्यमबाट शिक्षा प्राप्त गरिरहन्छ । यस्तो शिक्षा व्यवहारिक र प्रयोगात्मक हुन्छ भने विद्यालय र विश्वविद्यालयका औपचारिक कक्षामा निर्धारित समय तालिका पाठ्यक्रम पाठ्यपुस्तकमा समावेश गरिने विषयवस्तुलाई आदानप्रदान गर्ने कार्यलाई शिक्षा भनिन्छ । नेपालीमा एउटा उखान छ “कि पढेर जानिन्छ कि परेर जानिन्छ” शिक्षा परेर पनि पढेर पनि प्राप्त हुन्छ ।
सिकेर, सुनेर वा अन्य समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयवस्तु हो । विद्यालय विश्वविद्यालय वा घरमै पनि नियमित रुपले अध्ययन गर्ने पढ्ने, पढाउने वा ज्ञान लिने दिने कार्य हो । कुनै कुरामा उचित तालिम वा अर्ती उपदेश हो, वेदका छ अङ्ग मध्ये मन्त्रहरुको उच्चारण गरिने खण्ड वा अंश पनि शिक्षा हो । शिक्षाको अर्थ स्वस्थ्य शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु, मानिसमा भएको सम्पुर्णताको पहिचान गर्नु हो ।
शिक्षाले नै मान्छेलाई समाजमा रुपान्तरण हुन सक्ने क्षमता प्रदान गर्दछ । व्यक्तिमा अन्तर निहित व्यक्तित्वको विकास गरेर उसमा सामाजिक, आर्थिक, व्यवहारिक, नैतिक, वैज्ञानिक, न्यायिक, चारित्रिक, राजनैतिक र दार्शनिक रुपमा परिपक्व बनाउने काम शिक्षाले गर्दछ । मान्छेलाई अल्पज्ञानबाट पुर्णतातर्फ बनाउँदै परिवार, समाज, राष्ट्र र मानवताको निम्ति योगदान गर्न सक्ने शिक्षाले नै बनाउँछ । सत्य र असत्य, न्याय र अन्याय छुट्याएर विभेदमुक्त व्यवहारको माध्यमबाट समाजलाई सद्भावको विकासको मार्ग प्रदान गर्ने गर्दछ । जिवनमा आइपर्ने व्यवहारिक र सैद्धान्तिक समस्या समाधान गर्न शिक्षा अति नै उपयोगी हुन्छ ।
राजनीति शब्द राज+निति मिलेर बनेको छ । जसको अर्थ राज्यको निति भन्ने हुन्छ । हरेक राज्यको राज्य संचालन सम्बन्धि आफ्नै नितिहरु हुन्छन् । राज्यको नीति त्यस राज्यको भौगोलिक, आर्थिक, शैक्षिक, साँस्कृतिक, भाषिक विविध पक्षलाई ध्यानमा राखेर तयार पारिन्छ ।
राजनीतिले राज्यको वा समाजको नेतृत्वकर्तालाइ दिशानिर्देश गर्दछ । राज्यको शासन व्यवस्था सम्बन्धि निति राज्य संचालन गर्ने प्रणाली, राज्य र प्रशासन सम्बन्धि एक सामाजिक कार्य, प्रजाको शान्ति सुरक्षा कायम गर्ने मौलिक अधिकारको कदर गर्ने राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गनेर्, राष्ट्रिय र अन्तर्राष्ट्रिय नितिको उपयुक्त सन्तुलन कायम गर्ने कार्य पर्दछन् । जनता र सरकारबीच सम्बन्ध कस्तो बनाउने, नितिलाई समयसापेक्ष कसरी बनाउने, राज्यका कुन अङ्गलाई कस्तो अधिकार प्रत्यायोजन गर्ने, प्रजालाई कस्तो हैसियत प्रदान गर्ने भन्ने विषय राजनीति अन्तर्गत पर्दछन् । राजनीति सैद्धान्तिक र ब्यबहारिक गरि दुई पक्ष हुन्छन। सैद्धान्तिक अन्तर्गत राजनीतिक सिद्धान्तहरु समाजवादी, पुजीवादी, माक्र्सवादी, व्यक्तिवादी, साम्यवादी, गान्धिवादी सिद्धान्त पर्दछन् । यी सिद्धान्तले राजनीतिक विभिन्न व्यवस्था सम्बन्धि सैद्धान्तिक चर्चा परिभाषा गर्नुको साथै व्यवस्थाको शक्ति र सिमाबारे अध्ययन गर्दछ ।
विभिन्न समयमा भएका राजनीतिक घटनाहरुको विश्लेषण गर्दछन् । भने अर्को व्यवहारिक पक्ष अन्तर्गत समाजमा राजनीति गर्ने व्यक्तिहरुले ती सिद्धान्तमध्ये आफुलाइ मन पर्ने व्यवहार प्रस्तुत गर्दछन् । समाज वा राज्यको नेतृत्व गर्नेहरुले पालना गर्ने निति राजनीति हो ।
राजनीतिले राज्य र समाजलाई एकताबद्ध गर्दै सबै हितमा सहकार्य गर्नु, परम्परागत रुपमा चल्दै आएका गलत र नकारात्मक व्यवस्थालाई हटाइ क्रान्तिकारी नयाँ व्यवस्था संचालन गर्नु राजनीतिको मुख्य कार्य हो । पुरानो नराम्रो सोच विभेदकारी राज्यव्यवस्थालाई विघटन गरि नयाँ वैज्ञानिक राजनीतिक व्यवस्था स्थापित गर्नु, हिजोको राज्यशक्तिलाई भत्काउदै नयाँ शक्तिको स्थापना गर्नु, एउटा विचार एक ठाउँमा एउटा व्यक्ति केन्द्रित व्यवस्थालाई बहुव्यक्ति केन्द्रित नेतृत्व जनताद्वारा अनुमोदन गरिएको विचार नेतृत्वदायी भुमिकामा स्थापित गर्नु, नेतृत्व र विचार बीचको गतिको आधारमा नयाँ व्यवस्था चयन गर्नु, जनता र समुदाय समुहमा शक्ति वितरण गर्ने, समय आवश्यकता अनुसारको व्यवस्था चयन गर्ने राजनीतिक कार्य हो । राजनीतिको आदि र अन्त्य राज्यसँगै हुन्छ, राजनीति विज्ञानको त्यो अङ्ग हो जसको सम्बन्ध राज्यसँग हुन्छ राज्यको नितिनियम पालना गर्ने र गराउने गर्दछ ।
शिक्षा र राजनीति मानव सभ्यताको सुरुवात देखि नै कुनै न कुनै रुपमा मान्छेको जीवनका दुईवटा अङ्ग बनेर अघि बढेका छन् । जंगली युगको मान्छे समुहमा रहनु राजनैतिक चेतना हो भने आगो लागेको जंगलमा मृत पशुको मासु खाँदा पोलेको अलि बढी मिठो हुन्छ भन्ने बुझ्नु सुरुवात चेतना थियोे । मान्छे क्रमशः कृषि युग, बस्ती विकास नगर सभ्यता र औद्योगिक युगमा प्रवेश गरेको छ । हाल मान्छे त्यसबाट पनि अघि बढ्ने प्रविधि युगमा पुगेको छ । र भूमण्डलीकरण (ग्लोबलाइजेसन) को युगमा प्रवेश गरेको छ । यो सबै बढी शिक्षा र राजनीति तथा अन्य विषयको भुमिका छ । शिक्षाको कारण मान्छे ईन्टरनेटको युगमा पुग्नु र राजनीतिको कारण सहयोग र लगानी गर्नु अर्को महत्त्वपूर्ण भुमिका हो ।
जुन राजनीति शिक्षाबाट निर्देशित र परिचालित हुन्छ त्यो दिगो र लोकप्रिय हुन्छ । राजनीतिलाई शिक्षाले निर्देशित गर्नु भनेको राजनीति कर्मीमा शिक्षाको चेतना हुनु वा शिक्षित व्यक्तिद्वारा राजनीति परिचालित हुनु हो । शिक्षा चेतना र विकाससँग सम्बन्धित रहेर हरेक क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय हो ।
हरेक क्षेत्रका विषयका व्यक्तिलाई मार्ग निर्देशन गर्ने, निर्णयमा सहजीकरण सिर्जना गर्ने, निर्णय क्षमताको विकास गर्ने, परिस्थितिको विश्लेषण गर्ने, ज्ञान विज्ञानका क्षेत्र राजनीतिसँग पनि गहिरो सम्बन्ध हुन्छ । शिक्षाले चेतनाको विकास गराउँछ । शिक्षित व्यक्तिले राजनीतिबारे बढी ध्यान दिन्छ, प्रतिक्रियाबारे बढी जान्दछ र उच्चस्तरीय राजनीतिक ज्ञानको योग्य हुन्छ । नेपालमा १०४ वर्षे राणा शासन फाल्न ती भारतमा अध्ययनरत विद्यार्थीहरुको साङ्गठानिक भुमिका महत्वपूर्ण भयो । नेपालमा शिक्षाको विकास नहुँदै विभिन्न समाजमा कमैया, हलिया जस्ता दास प्रथा थिए । उनीहरुले आफुहरु बेचिदा पनि प्रतिवाद गर्न सक्ने थिएनन ।
चन्द्रशमशेरले विद्यालय खोल्दै गर्दा आफ्नै खुट्टामा बन्चरो चलाएको कुरा, जङ्गबहादुर बेलायतबाट फर्किएपछि आफ्ना सन्तानलाई अङ्ग्रेजी पढाउनपर्छ भन्ने अभिव्यक्ति दिनु उदाहरण हुन् । विश्वेश्वरप्रसाद कोइरालाको एकरात कथामा किशोर भाइलाई, बहिनी पत्नीलाई समेत पढ्न लगाउँछ । कथामा शिक्षित व्यक्तिले नै राजनैतिक नेतृत्व गर्दै राज्यमा आमूल परिवर्तन ल्याउँन सक्छ भन्ने सन्देश दिएको देखिन्छ । नेपालमा पछिल्लो समयमा राजनेताहरुको शैक्षिक योग्यतामाथि प्रश्न उठ्नु पनि शिक्षा र राजनीतिको सम्बन्ध कस्तो भन्ने बुझाउँछ ।
विद्यार्थीहरुले शिक्षा प्राप्त गरेपछि उनीहरुमा अन्तरनिहित क्षमता प्रतिभाको विकास हुन्छ । तीमध्ये केहि यस्ता शिक्षार्थी निस्कन्छन् जसले सत्य तथ्य निरुपण गर्न सक्छन् भने केही यस्तो शिक्षित वर्ग उत्पादन हुन्छन् जसले शिक्षणको क्रममा आफुले प्राप्त गरेको ज्ञानलाई नै शास्वत सत्य ठान्छ्न । त्यसकारण आफ्नो खुवी क्षमता जहाँ पनि देखाउन चाहन्छन् ।
शिक्षा राजनीतिक सामाजिकिकरणको एक महत्वपूर्ण माध्यम हो । व्यक्ति जति शिक्षित हुँदै जान्छ उति नै नयाँ क्षेत्रमा ज्ञान हासिल गर्दै जान्छ । शिक्षाले नै राजनीतिक रूपमा सक्रिय हुन प्रेरित गर्छ । शिक्षण सामाग्रीले व्यापक प्रभाव पार्छ । राज्यका शैक्षिक गतिविधिको व्यवस्था राज्यले गर्दछ र शिक्षाले राजनीतिलाई गतिशील बनाउँदै मार्गनिर्देशन गर्छ । त्यसकारण राज्यले शिक्षा कस्तो हुने भन्ने कुरामा राज्य सम्वेदनशील, गम्भीर र सचेत हुनपर्छ । शिक्षाका निति र योजना निर्माण गर्ने क्रममा आज कस्तो र भोलिका दिनमा कस्तो शैक्षिक जनशक्ति उत्पादन गर्ने कस्तो चाहिन्छ आवश्यक छ, हुन्छ राज्यले प्रदान गर्ने शिक्षाबाट उत्पादित जनशक्ति भोलिको दिनमा राज्यलाई आवश्यक पर्ने योग्य र विशेषज्ञ उत्पादन गर्ने दिशामा केन्द्रित हुन जरुरी छ ।
शिक्षाले राजनीतिलाई परिचालित गर्दछ र योग्य शैक्षिक जनशक्ति विकासमा राजनीतिको सचेत सक्रियता आवश्यक रहन्छ । राज्यले शिक्षालाई समयअनुकूल बनाउँदै लैजानु पर्दछ र समयअनुसार सहि निर्णय लिन नसक्दा आवश्यक शैक्षिक जनशक्ति उत्पादन हुन सकेको छैन भने अर्कोतिर प्रतिभा पलायन भैरहेका छन् ।
राज्यले शैक्षिक क्षेत्रमा व्यापक लगानी, निःशुल्क, असक्षम समुदायका बालबालिकालाई छात्रवृत्ति, खाजा, शिक्षा तर्फ आकर्षितका कार्यक्रमहरु, समान शिक्षाको अवसर, शैक्षिकवर्ग शिक्षक विद्यार्थीहरुलाई राजनीतिको गतिविधिमा स्वतन्त्रता, राज्यले शैक्षिक योजना निर्माण गर्दा राज्यको आवश्यकता रुचिअनुसार शैक्षिक सामाग्री प्रयोगशाला बनाउने, योजना निर्धारणका कार्यक्रमहरु समयमै कार्यान्वयन गर्ने, दक्ष जनशक्तिलाई शिक्षा क्षेत्रमा आकर्षित गर्ने, शैक्षिक निति सन्तुलन बनाउने, विद्यार्थीको क्षमता योग्यता अनुसार स्तर निर्धारण गर्ने, वर्तमान समयमा राज्यका तीन तह स्थानीय, संघ र प्रदेशलाई अधिकार सम्पन्न बनाउन,े सन्तुलन समझदारी कायम गर्ने गर्नुपर्छ । हामी शैक्षिक र राजनैतिक आधारलाई बलियो बनाएपनी त्यसमा सन्तुलन संस्कारको विकास गर्न सकेका छैनौं । योग्य नेतृत्वलाई पुरस्कृत र अयोग्यलाई दण्डित गर्नुपर्ने शिक्षित जनशक्ति शान्त बस्नु हुदैन ।
बिस्तारै राजनैतिक क्षेत्रमा पनि योग्य मान्छेको अपेक्षा हुन थालेको छ । राजनीतिमा राजनैतिक संस्कार र अभ्यास भएको शैक्षिक दृष्टिले अध्ययन अनुसन्धानका कार्यहरू गरेको तथा देशको माटो बुझेको, आफ्नो प्रतिबद्धतामा इमानदार भएको राजनैतिक चेतना विकास हुन शिक्षा क्षेत्र नै माध्यम बनाउन पर्ने देखिन्छ । राज्यलाई आवश्यकपर्ने साधनस्रोत, शैक्षिक जनशक्ति र त्यो जनशक्ति देशमै बस्ने वातावरण सिर्जना गर्न योजना बनाएर कार्यान्वयन गर्न सक्ने राजनैतिक नेतृत्व खाँचो छ । आजका हामी शिक्षित वर्गले योग्य सक्षम नेतृत्व चयन गर्न सकेमा त्यही नेतृत्वबाट भोलिका दिनमा हामी सम्मानित हुन सक्छौ नत्र सधै भ¥याङ बन्नुपर्ने हुन्छ ।
राज्यका विभिन्न तहमा अनुसन्धान, विज्ञान प्रविधिमा लागेकालाई प्रोत्साहन गर्दै परनिर्भरतालाई अन्त्य गर्न सकिन्छ । शिक्षा, खेलकुद, वातावरण क्षेत्रमा विभेदको अन्त्य गरेर राज्यको आवश्यकता पुर्ति गर्ने, राज्यको गौरव बढाउने व्यक्ति समुहलाई नेतृत्व, समर्थन र प्रोत्साहन गर्छ ।