नेपालमा बहुसंख्यक जनसंख्या अहिले पनि कृषि क्षेत्रमा आश्रित छ । कुल जनसंख्याको झण्डै ७० प्रतिशत नेपालीले पुणर्कालिन वा अल्पकालिन रुपमा कृषि गर्ने गर्दछन् । देशको सबै भुगोलमा कृषि उत्पादन हुने गरेको छ । कृषिको साथ साथै यहाँ प्रचुर मात्रामा जलस्रोतको उपयोग गर्न सकिन्छ । जलस्रोतको माध्यामबाट अत्याधिक रुपमा विद्युत उत्पादन गर्न सकिने विभिन्न सरकारी आँकाडाले देखाउँछ । प्राकृतिक वातावरण तथा यहाँको भुगोल अनुसार विभिन्न कृषि उपजहरुको उत्पादन हुने गरेको छ । कृषि उत्पादनका साथ साथै यहाँ व्यवसायी पशुपंक्षी पालन गर्ने वातावरण पनि नेपालमा रहेको छ । अधिकांस नेपाली कृषिक्षेत्रमा आश्रित छ । यहाँको भुगोल र बातावरण पनि कृषि उत्पादन हुने छ । तर यहाँ व्यवसायीहरुमा कृषकहरु कृषि उत्पादनमा लाग्न सकेको देखिदैन । बजारमा पुग्ने कृषि उपजहरु कममात्रामा बजारमा पुग्ने गरेको देखिन्छ । कृषिक्षेत्रमा लाग्ने जनसंख्या पनि धेरै छ । कृषि उत्पादन गर्ने क्षेत्र पनि व्यापक छ । तर नेपालमा उत्पादन भएको कृषि उपजहरुले नेपाली जनसंख्यालाई पुग्ने गरेको छैन । पछिल्ला दिनहरुमा दैनिक जसो भारत र तेस्रो मुलुकवबाट कृषिजन्य उत्पादन नेपालमा भित्रिने गरेको देखिन्छ । जुनदेशमा नेपालमा भन्दा न्युन जनसंख्याले कृषिक्षेत्रमा काम गर्दछ । त्यही देशबाट आफ्नो देशमा धेरै भएको कृषि उत्पादन नेपालमा व्यवसाहीरुमा भित्रिने गरेको छ । जुन हुनुमा त्यस देशको कृषि क्षेत्रमा भएको आधुनिकरण र व्यवसायीकरणको विकास हो । विकसित देशहरुमा न्युन जनसंख्या कृषिक्षेत्रमा व्यवसायी रुपमा लागेका हुन्छन् । त्यही देशले आफ्नो देशमा बढि भएको कृषि उपज विदेशमा बिक्री गरेको आँकाडा देखिन्छ । नेपालमा धेरै जनसंख्या कृषिक्षेत्रमा काम गरेपनि उत्पादनमा ह्रास र आधुनिक प्रविधिको प्रयोगको अभावले समस्यामा परेका छन् । कृषिक्षेत्रको वैज्ञानिककरण र व्यवसायीकरण नेपालले गर्न नसक्दा धेरै कृषि उपजहरु विदेशीहरुको मुख ताक्नु परेको छ । नेपालमा अब कृषि क्षेत्रको विकास र विस्तारका लागि सरकारले नारामा मात्र नभएर व्यवहारमा पनि काम गर्नु पर्दछ । देशको माटो र भुगोल अनुसार कृषि उत्पादन गर्नुे वातावरण राज्यको हो । कृषिक्षेत्रको विकास मात्र नभएर कृषकहरुको जिवनयापनमा सहयोगी भुमिका खेल्ने कर्तव्य पनि सरकारको हुन आउँछ । नेपालमा कृषि औद्योगिककरणको विकास र कृषि क्षेत्रलाई स्वरोजगारमुखी बनाउने भुमिका खेल्न सके नेपालले संसारभर आफ्ना कृषि उत्पादनहरु बेच्न सक्दछ । सरकारले आवश्यकता अनुसारको सहयोग र व्यवसायीकरणमा भुमिका खेल्न नसक्दा नेपाली उत्पादन विदेशी उत्पादन भन्दा महंगो पर्ने र बजार नपाउने समस्या रहेको छ । त्यसका लागि विदेशबाट आयात हुने कृषि उत्पादनलाई पनि सीमाक्षेत्रमा सहज प्रवेष दिने नेपालको व्यवस्थाले पनि नेपाली कृषकहरु आफ्ना उत्पादन विदेशी उत्पादनसंग प्रतिस्पर्धा गर्न असक्षम देखिन्छन् । त्यसकारण नेपाललाई कृषि उत्पादनको प्रमुख देशको रुपमा परिचित गराउन र नेपाली कृषिको जिवन स्तर माथि उकास्नका लागि कृषिको विकास, विस्तार, आधुनिकीकरण र व्यवसायीकरणमा नेपालले जोड दिनु आजको आवश्यकता हो ।