logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ औँ वर्षमा प्रवेश


    १६ फाल्गुन २०७८ , सोमबार

    लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ औँ वर्षमा प्रवेश

    बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको अस्पतालको रुपमा विकास गरिने बताउनुभयो । आईतबार १ सय १२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले अबको ५ वर्ष भित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा राष्ट्रिय स्तरको मात्र नभएर अन्तराष्ट्रिय स्तरको रुपमा सेवा प्रदान गर्ने दाबी गर्नुभयो ।

    अस्पतालको विकासको लागि ५ खर्ब ९९ करोड लागत लाग्ने  गुरु योजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको मन्त्री केसीले बताउनुभयो । उपचारको लागि भारत तथा तेश्रो मुलुक जानु पर्ने समस्याको हल गर्दै अबको पाँच वर्ष भित्रमा अस्पतालले स्तरिय विशेषज्ञ सेवा प्रदान गर्ने उँहाले दाबी गर्नुभयो ।

    सो अवसरमा मुख्यमन्त्री केसीले अस्पतालको ४० वेडको आईसीयू कक्ष र ५० वेडको मेडिकल वार्डको पनि समुद्घाटन गर्नु भएको छ ।  वार्षिकउत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आईतबार मुल समारोहका आयोजना गरिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. ईन्द्र ढकालले जानकारी दिनुभयो ।

    अस्पतालले पछिल्लो समय पेईङ क्लिनिक, क्यान्सर उपचार, विमाको प्रभावकारी कार्यन्वयन, कोभिड विशेष अस्पताल संचालन गरिरहेको छ । दैनिक २ हजार भन्दा वढि विरामीले सेवा लिने यो अस्पतालले सरकारले तोकेका सबै सेवा हरु निशुल्करुपमा संचालन गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.