घोषित स्थानीय तहको चुनाव सकिए र परिणाम पनि निस्कियो । यो स्थानीय तहको चुनावले राजनीतिक वृत्तमा हलचल ल्याएको छ । कुनै पनि राजनीतिक दलहरुले आफ्नो एकलौटी प्रभुत्व कायम गर्न सकिरहेको अवस्था छैन । खिचडी बन्दै गएको छ र खोचे थाप्ने प्रवृति बढ्दै गएको छ । जसले गर्दा राजनीतिक दलहरु देश र जनहितमा भन्दा आफ्नै व्यक्तिगत स्वार्थ पुरा गर्न अग्रसर हुँदै गएका छन् । त्यसै कारणले गर्दा दलहरु प्रति जनविस्वास घट्दै गएको छ । मै हुँ भन्ने झुटो प्रपञ्चरुपी जाल, झेल, फटै छुल्याई गर्ने अहंकारी दम्भिहरुको घमण्ड र आहम आडमवरी पनि जनताले त्योडि दिएका छन् । झुटो कुराले र फाटेको लुगाले ईज्जत राख्न सक्दैन । जनताले चुनावको माध्यमद्धारा जनताले दलहरुलाई चेताएका छन् । तर दलहरु सुध्रिने छाँटकाँट देखिदैन । जनताको आवश्यकता के हो ? व्यवहारिक रुपमा देशलाई आत्म निर्भर तर्फ डोर्याउने तर्फ अग्रसर हुन सकेन । परमुखि हुँदै जनतालाई अनेकउ रुवप्न बाड्दै हिडे । काम गर्ने ईच्छा शक्ति नै दलहरुमा भएन । जनभावानुकुल आपसमा मिलेर काम गर्ने मानसिकता नै देखिदैन । एकले अर्कोलाई काम गर्न नदिने, अनेक प्रकारका व्यवधान खडा गर्ने र अल्मल्याउने मानसिकताको विकास हुँदै गएको छ ।
दलीय मानसिकताको स्वच्छ विकास हुन सकेन, दिन प्रति दिन प्रदुषित हुँदै गएको अनुभूति भएको छ । त्यसैले गर्दा राजनीतिक दलहरु प्रति जनताको आस्था र विश्वास घट्दै गएको छ । संघीय राजधानी काठमाडौं महानगरको निर्वाचन एक प्रकारको राजनीतिक दलहरुलाई चेतावनीको स्वरुप होइन । नियत प्रतिको आक्रोस हो । तर दलहरुले त्यसबाट पाठ सिक्ने सम्भव नै छैन । किनभने राजनीतिम संस्कार, संस्कृति र सैद्धान्तिक पक्ष लोप हुँदै गएको छ । जब गठबन्धनको राजनीतिक संस्कार विकसित हुँदैछ । जसले गर्दा देश र जनपक्षिय राजनीति समाप्त भएर लेनदेन नाफा नोकसानको खेल शुरु भएको छ । यसप्रकारको राजनीति खेल्ने देशको विकास राजनीति स्थिरता दिन सक्दैन । जस्तै धरान-जनकपुर र काठमाडौंका चेतनशील जनताले स्वतन्त्र उम्मेदवारलाई जिताएर राजनीतिक दलहरुलाई गतिलो व्यङग्य मात्र हैन गालामा थप्पड हानेका छन् । कारण स्पष्ट छ, भ्रष्टचारले जनजीवन आक्रान्त भएको छ । त्यसलाई नियन्त्रण गर्ने भरपर्दो ईच्छा शक्ति कुनै पनि दलहरुले देखाउन सकिरहेको छैन । नीति नियम भएर पनि दलहरुको नियत नै खराब हुँदै गएको छ ।
विगत पञ्चायत कालको स्वेच्छाचारी व्यवस्थाको विरोध स्वरुप नानी मैया दाहाललाई जिताएर दलहरुलाई काठमाडौंका जनताहरुले रिस पोखेका थिए । ठिक त्यस्तै अहिले बालेन शाहलाई काठमाडौंको मेयरमा जिताएर दलहरुलाई चेतावनी दिएका छन् । राजनीतिक नेताहरुको अर्कमान्यता नैतिक आचरण प्रति प्रश्नै प्रश्न उठेका छन् । बहुदल कालपनि ज्यादै दुर्गन्धित हुँदै गएको छ । देशमा भ्रष्टचार सम्बन्धित धेरै काण्डहरु भए तर कोही पनि दोषि भएन । दण्डहिन्ता कै कारण अपराधीहरु जनतामा र सत्तामा हावी भएका छन् । सरकार निरीह हुँदै गएको छ र जनविश्वास गुमाउदैछ । यदि सरकारले भ्रष्टचार नियन्त्रण गर्ने इच्छा र संकल्प गर्छ भने भ्रष्टचार नियन्त्रण गर्न नसक्ने प्रश्नै हुँदैन । किन कुनै पनि मन्त्रालय, विभाग, कार्यालयको हाकिमको ईसारा वेगर तलको कर्मचारीले आफुखुसी भ्रष्टचार गर्नै सक्दैन । सरकार नै भ्रष्टहरुको संरक्षक बनेको छ, नीतिगत र कमिशनतन्त्र तथा संस्थागत भ्रष्टचार मिलेमतोमा भएका छन् । त्यसै कारणले भ्रष्टचार अन्याय अत्यचार, अनियमितता, बलत्कार आदि अपराधहरु बढ्दै गएका छन् । त्यस्तै नातावाद, कृपावाद, फरियावाद र वंशवाद आदिकै कारण देश खोक्रो हुँदै गएको छ ।
जनजीवन निराश हुँदै गएको छ, किनभने कुनै पनि पद्धतिले विकास गर्ने हैन विकास गर्ने भनेको राजनीतिक मानसिकता देश र जनमुखि हुनु पर्दछ । तर हाम्रा श्रद्धय नेताजीहरु न्ै लुटतन्त्रमा विस्वाश गर्दछन् । त्यसैले जनताको नजरबाट टाढा हुँदै गएका छन् । स्वतन्त्र उम्मेदवारले जुन जुन ठाउँमा जितेका छन्, उनीहरुले जनभावना अनुरुप काम गर्न सक्दैनन् । कारण स्पष्ट छ, एकला राम झुटा भन्ने उक्ति जस्तै, उनीहरु एक्लै छन् । बहुमत छैन एकतर्फ भने अर्को तर्फ सहयोग गर्ने मानसिकता न त दलहरुमा छ, न त संयन्त्रमा । त्यसैले हाँसको माझमा बकुल्ला भन्ने उक्ति जस्तै हो । जनताको भोट दिने काम हो दिए, दलीय अहंकार र घमण्ड तोड्नु थियो तोडे, राजनीतिमा देखिएको विकृति प्रति असन्तुष्टि पोख्नु थियो पोखे । हरेक विषयमा जनता अग्रसर हुँदैन । विकास र विकृति राजनीति वृत्तमा मात्र सीमित छैन समाजवादी पनि फैलिदै गएको छ । वास्तवमा समाज पहिला जस्तो छैन, नितान्त व्यक्तिवादी स्वार्थवादी, एकाङ्गी वादीतर्फ अग्रसर हुँदै गएको छ । त्यसैकारणले गर्दा सेवारुपी भावनामा ह्रास आएको अनुभव हुँदैछ ।
नेपालका एकीकरण राजा पृथ्वी नारायणको देन हो भने, प्रजातन्त्रको क्रियाशील शक्ति नेपाली कांग्रेस हो । परिवर्तनशील संसारको गति समयको गति समयको माग हो । समयको वेगलाई कसैले रोक्न सक्दैन, आफ्नै गतिमा बगिरहन्छ । तर हाम्रा राजनीतिक दलहरु समयको वेगसँग बग्न सकेन । किनभने दलरुपी भाँडोमा जति पानी हाले पनि चुहिएर सकिन्छ प्वाँल परेका छन् तीनै प्वाँल टाल्नलाई नैतिक आचरण रुपी धातुको आवश्यकता छ । तर वर्तमान समयमा त्यसैको अभाव खडकी रहेछ । जहाँसम्म स्वतन्त्र स्पी भाँडोको प्रयोग र क्षमता भने हेर्न बाँकी नै छ । तर स्वतन्त्रलाई काम गर्न त्यति सजिलो भने पक्कै छैन । कारण एकतर्फ खिया लागेको संयन्त्र छ भने अर्को तर्फ दलीय असहयोग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोग्नु पर्ने परिस्थिति छ । चारैतर्फ वातावरण धमिलिएको छ । स्वच्छ बनाउने तर्फ कसैको पनि िदृष्टिकोण र ईच्छा शक्ति देखिदैन । लोभि, पापी, भ्रष्ट, तस्कर र अपराधीहरुको झुण्ड देशमा बढ्दै गएको छ । सुकिला मुकिला, गुण्डा र नव धनाढ्ये, अराजनीतिक व्यापारीहरुको प्रवेशले गर्दा राजनीतिक दलहरुको सैद्धान्तिक पक्ष नीति, नियत, मान मर्यादामा विचलन आएको छ ।
वर्तमान सम्मको अनुभवको आधारमा भन्दा गत विगतको ७७ वर्षसम्म धेरै सरकारहरु बने, तर कुनै पनि दलले देश र जनतालाई आत्म निर्भर गर्ने योजना ल्याउन सकेनन् । जसरी हुन्छ सत्तामा पुग्ने र देश र जनता लुट्ने काममा अग्रसर भए । आफ्नो पदीय दायित्व र मर्यादा पनि भुले । गर्दागर्दा तल्लो स्तरमा स्तरमा उत्रे र गाली गलोज गर्न पनि अलिकति पनि शर्त मानेनन । देशको प्रधानमन्त्री जस्तो गरिमामय पदभार सम्हाली सकेका व्यक्तित्व हरुमा आफैलाई नसुहाउने निम्न स्तरीय शव्दावली र झुटै झुट फरेवीको प्रयोग हुनु, निश्चय नै नेपाल र नेपालीको दुर्भाग्य हो । जनताका आवश्यकता साना साना काम पनि हुन सकेन । जस्तै आलु, प्याज, तरकारी, फलफुलको वृद्धत्व गर्ने तर्फ पनि सरकारले किसानहरुलाई प्रेरित गर्न सकेन । त्यस्तै कृषिमा युद्ध स्तरमा काम गर्ने गराउने तर्फ पनि सरकारले किसानहरुलाई प्रेरित गर्न सकेन । त्यस्तै कृषिमा युद्धस्तरमा काम गर्ने गराउने तर्फ पनि सरकारको दृष्टि गएन । जबसम्म उत्पाकत्व वृद्धि हुँदैन तबतक देशको विकास हुँदैन यही धुव्र सत्य हो । हरिओम तत्सत ।