
अञ्जना चौहान
लुम्बिनी । स्थानीय निकायमा नयाँ जनप्रतिनीधिहरु पदबहाली भएको डेढ महिना भएको छ । जनताका दुख सुखको सारथी र समस्यासँग सहकार्य गर्ने प्रतिवद्धताका साथ निर्वाचित भएका ती जनप्रतिनीधिहरु जनताको चाहना अनुसार काम गर्नेमा पनि शंका देखिन्छ ।
केही मात्रामा निर्वाचित भएका जनप्रतिनीधिहरु ज्नताको पिरमर्कामा दौडिरहेका देखिएपनि प्राय जनप्रतिनीधिहरु सरकारी बजेटसँग बढी चासो भएको देखिन्छन । निर्वाचित भएसँगै बजेटको पनि विनियोजित गर्ने समयलाई सदुपयोग गर्दै आगाडी बढेका जनप्रतिनीधिहरुको खास मूल्यांकन अबको केही महिनामा देखिनेछ ।
जनताको ठूलो आशा र भरोसा भएका जनप्रतिनीधिहरु ज्नताको पक्षमा काम गर्छन् कि व्यक्तिगत स्वार्थमा लाग्छन् हामीले खोजिरहेका छौं । उनीहरु ज्नताको पक्षमा काम गर्नेछन् भनी बुद्धसँग कामना गर्दै सञ्चार जगतसँग समेत सहकार्य गर्नेछन् भन्ने अपेक्षा छ ।