
फाइल तस्बिर
लुम्बिनी । लुम्बिनी क्षेत्रबाट तीन जना हथियार सहित पक्राउ परेका छन् । आईतबार राती साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरिक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो ।
युपी ५५ एडी ०६८४ नम्बरको मोटर साईकल शंका लागी पिछा गर्दै जाने क्रममा लुम्विनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक मोटसाईकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा भारत जिल्ला सिद्दार्थनगर बस्न ३४ बर्षिय को चिनक भनिने मेदि हुसेन, सोही ठाउ बस्ने ५१ बर्षिय अक्बर खान र ५५ बर्षिय को आसिक अलि लाई रुपन्देही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बेद पौडेलले जानकारी दिए ।
पक्राउ परेकाहरु मध्येबाट मोटरसाईकल चालके चिनक भनिने मेदि हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोला भित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान परेको प्रहरीको भनाई छ ।
मोटरसाईकल दुर्घटनामा परि तीनै जना घाईते भएकोले उनिहरुलाई उपचारको मेडिकल कलेज भैरहवा पठाईएको पौडेलले बताए । मोटर साईकलले ठक्कर दिएको गोरुको घटनास्थलमै मृत्यू भएको निजहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भई रहेको उनले बताए ।