logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मायादेवीमा १५ शैयाको अस्पताल बन्ने


    १३ साउन २०७९ , शुक्रबार

    मायादेवीमा १५ शैयाको अस्पताल बन्ने

    शिक्षा,कृषि, पशु, पूर्वाधार र सिँचाई मुख्य प्राथमिकतामा
    पशुपति यादव⁄ लुम्बिनीखवर
    रोहिणी । रुपन्देहीको मायादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा १५ शैयाको अस्पताल निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं. ३ बरेवामा अस्पताल निर्माण गरिने गाउँपालिकाको सूचना शाखाले जानकारी दिएको छ । यसै आर्थिक वर्षमा वडा नं. ५ गोनहामा बर्थिङ सेन्टर समेत गाउँपालिकाले निर्माण गर्न लागेको हो । पालिकाको क्षेत्र भित्रका स्थानीयहरुको स्वास्थ्य अवस्था र आवश्यकतालाई मध्येनजर गरेर अस्पताल र बर्थिङ सेन्टर निर्माण गर्न लागेको मायादेवी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा स्वास्थ्य क्षेत्रका साथसाथै शिक्षा, सिँचाई, कृषि, पशु र पूर्वाधार लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुबनारायण चौधरीले जानकारी दिए । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशमार्गमा पर्ने गाउँपालिकालाई विकास र समृद्धिका लागि बजेटले सकृयता देखाएको छ । संघ र प्रदेशले यस गाउँपालिकालाई बजेट विनियोजनमा ध्यानदिन आवश्यक छ । अध्यक्ष चौधरीले भने,“संसारभरका पर्यटक र बौद्धमार्गीहरुको लुम्बिनी जाने मार्ग यहीँ पर्ने भएकाले सांस्कृतिक रुपमा समेत पालिकाको विकास गर्नुपर्ने छ । कृषिको पकेट क्षेत्रलाई संरक्षण गर्नका लागि गाउँपालिकाले बजेटमा विशेष व्यवस्था गर्नुका साथै कृषकहरुको हौसला र उत्प्रेणा जगाउने कार्यक्रमहरु समेत ल्याएको देखिन्छ । कृषि पेशामा लागेका युवाहरुलाई कृषि, पशुपालन, बागवानी र तरकारी खेतीमा स्वरोजगारमुखी बनाउन गाउँपालिकाले तालिम तथा आवश्यक अनुदान सहयोग गर्ने अध्यक्ष चौधरीले लुम्बिनीखवर संगको कुराकानीमा बताए ।
    गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थलसंग जोडिएको मायादेवीले शिक्षा क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेर बजेट व्यवस्था गरेको छ । सामुदायिक विद्यालयहरुलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि गाउँपालिकाले प्राविधिक शिक्षालाई जोड दिएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले भने, “ सबै नागरिकलाई शिक्षाको सहज पहँुचमा पुराउने मायादेवी गाउँपालिको लक्ष्य छ । पालिका भित्रका वडा नं. ३ र ४ मा आधुनिक, भुकम्परहित र अपाङ्गमैत्री वडाको प्रशासनिक भवन निर्माणमा समेत पालिकाले बजेटको व्यवस्थापन गरेको छ । वडा नं. ५ मा स्वास्थ्य चौकीको निर्माण समेत यसै आर्थिक वर्ष गरिने प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले जानकारी दिए । कृषकका लागि, धान, गहँु, तरकारी, घासको बिउबिजन, बालीमा छर्ने औषधी र कृषि उपकरण खरिदमा विशेष अनुदान गाउँपालिकाले दिने भएको छ । गाउँपालिकाले आगामी बजेटमा दीगो शान्ति, विकास र समृद्धिमार्फत समाजवाद उन्मुख अर्थतन्त्रको विकास जोड दिएको छ । मायादेवीले नीति तथा कानुनको निर्माण, योग्य जनशक्तिको उत्पादन, विकास, सुशासन ,पूर्वाधार विकासमा नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको गाउँपालिकाका वरिष्ट अधिकृत नारायणप्रसाद लामिछानेले जानकारी दिए ।
    आम नागरिकलाई खुसी र सुखी बनाउँदै समृद्धि, सुन्दर तथा सुसंस्कृत गाउँपालिकाको निर्माण भोग, रोग , गरिबी , पछ्यौटेपन अशिक्षा र अन्धविश्वासको अन्त्यका लागि जनप्रतिनिधिहरु सधैँ जनसेवामा लागिरहेको लामिछानेले बताए ।
    “मायादेवीको पहिचान ः सन्तुलित विकास, गुणस्तरीय सेवा र सुशासन” भन्ने नारा सार्थकता बनाउनका लागि लुम्बिनी र अन्तर्राष्ट्रि«य विमानस्थलसंग सांस्कृतिक सम्बन्ध विस्तार गर्ने प्रयासमा गाउँपालिका रहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.