logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    पर्यटकलाई एन्टिजेन आंतक


    २९ भाद्र २०७९ , बुधबार

    पर्यटकलाई एन्टिजेन आंतक

    भैरहवा, २९ भदौ । नेपालमा पैदलमार्गबाट सवैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकामा तेस्रो मुलुकबाट आउने पर्यटकलाई हैरानी हुने गरेको छ । सीमा नाकामा समस्या देखिएपछि कतिपय पर्यटकहरु नेपाल आउन नखोजेको पर्यटन व्यवसायीहरु बताउँछन् । नाकामा विभिन्न वाहानामा पर्यटकलाई हुने सास्तीले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा समस्या परेको पर्यटन व्यवसायीहरुको गुनासो रहेको छ । पछिल्लो समयमा सीमाक्षेत्रमा रहेको हेल्थ डेक्सले तेस्रो मुलुकबाट आउने पर्यटकलाई एन्टिजेन चेकचाजको नाममा आंतक श्रृजना गर्नाले थप समस्या हुने गरेको छ । सिद्धार्थ होटल एसोशियसनका रुपन्देहीका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठले भने,“ कोभिडको पुरा डोज भ्याक्सिन वा ७२ घण्टे पिसिआर रिपोट देखाउँदा पनि सीमाक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीले पर्यटकलाई जवरजस्ती एन्टिजेन्स चेकजाच गर्ने गरेका छन् । जसले गर्दा पर्यटकलाई हतोस्साही बनाउने गरेको छ ।” पर्यटकको स्वास्थ्य अवस्था र ट्राभल हिस्ट्रीका आधारमा हामीले चेकचाज गर्न अनुरोध गरेपनि कसैले नसुनेको अध्यक्षको श्रेष्ठको गुनासो छ । सीमाक्षेत्र बाटो निर्माणमा क्रममा अस्तव्यस्त बनेको छ । जसले गर्दा पर्यटकलाई अलमल बनाएको देखिन्छ । ट्राभल व्यवसायी संघ नाटाका निवर्तमान अध्यक्ष सागर अधिकारले भने, “अध्यागमन कार्यालय समेत सीमाक्षेत्र भन्दा धेरै वर हुनु, हेल्थ डेक्स र विभिन्न सुरक्षा निकायहरुको चेकजाचका लागि राखिएका अस्तव्यस्त अस्थायी क्याम्पहरुले समेत पर्यटकहरुको आगमनमा असजिलो पारेको छ ।” भारतबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा व्यवस्थित अध्यागमन कार्यालय, सुचना केन्द्र, हेल्थ डेक्स, सुरक्षा चेकजाच र भन्सार चेकजाच हुनपर्ने भएपनि यहाँ सवैक्षेत्र अस्तव्यस्त हुदा पर्यटकलाई नेपालमा भित्राउन गाह्रो भएको निवर्तमान अध्यक्ष अधिकारीको गुनासो छ । सीमाक्षेत्र व्यवस्थित बनाउनका लागि सरकारको प्रयास निरन्तर रहेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले भने,“ हेल्थ प्रोटोकलका आधारमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएका कर्मचारीहरुले पर्यटकहरुलाई आवश्यकता अनुसार स्वास्थ्य चेकजाच गर्ने हो । पर्यटकलाई हैरानी पार्ने किसिमले कुनै काम गर्नु हुदैन ।” सीमाक्षेत्रमा देखिने समस्या समाधान गर्न जिल्ला प्रसाशन कार्यालय सधै तयार रहेको बताउदै प्रमुख जिल्ला अधिकार पाण्डेले भने,“ सीमाक्षेत्रको समस्या बुझेर तुरुन्त समाधान गरिने छ ।” अध्यागमन कार्यालय बेलहियाका प्रमुख बासुराम सुवेदीले सरकारले पर्यटक नेपाल भित्रिदा ७२ घण्टे पिसिआर रिपोट वा पुरा डोज कोभिड भ्याक्सीन प्रमाणका आधार भित्रिन दिने निर्देशन भएको बताए । उनले एन्टिजेन चेकजाचँ गर्नेकाम जिल्ला स्वास्थ्य कार्यालयको भएकाले त्यसतर्फ अध्यागमनलाई थाहा नहुने उनले जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.