logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    कञ्चन गाउँपालिका स्तरीय परियोजना अभिमुखिकरण गोष्ठी गर्दै


    २३ मंसिर २०७९ , शुक्रबार

    कञ्चन गाउँपालिका स्तरीय परियोजना अभिमुखिकरण गोष्ठी गर्दै

    दीपक कलवार
    सुुर्यपूरा, मंसिर । रुपन्देहीको कञ्चन गाउँपालिकमा नेपालमा साना दुुग्ध उत्पादन कृषकहरुको लागि कृत्रिम गर्भाधान सम्वन्धित कार्यक्रम सम्पन्न भएको छ ।
    पालिका स्तरीय परियोजना अभिमुखिकरण गोष्ठी बुद्धवार स्थाल रुप अनुसार कार्यक्रम कञ्चन गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मोषमी थापा प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, वडा अध्यक्ष क्रम: हरीनारायण थारु, टेक वहादुर गुरुङ् टिकाराम सापकोटा, केशवहादुर खत्री, कुलप्रसाद पौडेल लगायतले आफ्नो भनाई राख्दै कञ्चनका कृषकलाई प्राथमिकताका साथ काम गर्ने बताउदै किसानलाई घाँस दान र किसानको दुग्ध व्यवस्थापनलाई गाउँपालिकाले गर्ने बताउदै काम गर्ने तरिका प्राविधिक रुपले काम गरेमा व्यवसाय सफल हुने र वास्तविक किसानलाई समुह बनाउदै जानुपर्ने बताउनुभयो । परियोजनाको उद्देश्य साना कृषकहरुको उत्पादन बृद्धि गरिदिन मनाउने र जीविकोपार्जनमा सुधार गर्ने परियोजनाको कार्य क्षेत्र रुपन्देही जिल्लाका सैनामैना नगरपालिका कञ्चन कपिलबस्तुु जिल्ला भुमी र वाणगंगा नगरपालिकालाई बनाएको संस्थाले जनाएको छ ।
    परियोजनाको अवधी ४८ महिना २०२२ अगस्त देखि जुलाई २०२६ परियोजनाको साझेदार संस्था एकीकृत ग्रामीण विकास केन्द्र फरवर्ड नेपाल आर्थिक सहयोग जसी ओभरसीज एक जोखिम रहेका समुदायहरु कार्यक्रम सञ्चालन भएको बताएको छ । कृषक समुहलाई व्यवस्थापन व्यवसायिक सीप, बचत तथा ऋण परिचालनमा क्षमता अभिबृद्धि सहकारीहरुलाई सहकारी ब्यवस्थापन गर्ने बताए ।
    कृषक पाठशाला मार्फत उन्न्त पशूपालनमा ज्ञान तथा सीप अभिवृद्धि गर्ने ग्रामीण पशु स्वास्थ्य तथा कृत्रिम गर्भाधान सम्बन्धित तालिम कृषक देखि कृषक प्राविधि प्रसारको लागि अगुवा कृषक र स्थानीय प्राविधिकहरुको विकास तथा परिचालन कार्यक्रमहरु पोषण र प्राविधिक विकासको लागि कृषि अनुसन्धान परिषद र कृषि कृषि विद्यालय संग सहकार्य गर्दै काम अगाडि बढेको कायक्रममा बताए ।
    कार्यक्रममा पशु शाखा प्रमुख ध्रुवराज ज्ञवाली पशू सेवा प्राविधिक नेत्र प्रसाद अधिकारी संस्थाका कर्मचारी सञ्चार कर्मीको उपस्थितिमा सम्पन्न भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.