logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    राजकिर्य थाई बिहार लुम्बिनीमा निःशुल्क दन्त जाँच तथा उपचार सुरु


    २४ मंसिर २०७९ , शनिबार

    राजकिर्य थाई बिहार लुम्बिनीमा निःशुल्क दन्त जाँच तथा उपचार सुरु
    • लुम्बिनीखबर

    लुम्बिनी । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा दन्त शिविरको सरु भएको छ ।  निःशुल्क रुपमा सञ्चालन भएको शिविरमा दन्त सम्बन्धि रोगको जाँच तथा उपचार सुरु भएको हो । थाइल्याण्ड का स्वर्गीय राजा भुमिबोल अदुल्यादेजको स्मृतिमा लुम्बिनीमा निःशुल्क दन्त सम्बन्धि रोगको जाँच तथा उपचार सुरु भएको आयोजकले जनाएको छ  । लुम्बिनी स्वर्णभुमि फाउण्डेसनको सहयोगमा यो मोबईल डेण्टल अपरेशन संचालन गरिएको छ।  यसवाट गरिब , दलित बिपन्न बर्गहरुकोलागि यो दन्त शिविर संचालन गरिएको छ । यस शिविरमा सबै प्रकारका रोगहरुको उपाचार शल्यक्रिया हुनेभएको छ। यो बिहान ८ बजे देखि ५ बजे सम्म नाम दर्ता यो शिविर २३ र २४ र २५ गते सम्मा गरी तीन दिन चल्ने सन्तोष कुमार मोर्याले जानकारी दिनुभएको थियो । यस शिविरमा युनिभर्सल मेडिकल , थाई रोयल थाई एम्बीसी काठमाण्डौका डाक्टरहरुले दन्त शल्यक्रिया , चेक जाँच , औधषी उपाचर गरिरहेका छन् ।
    यो दन्त शिविर थाई रोयल मोनेस्ट्री लुम्बिनीको सहयोगमा गरिएको हो ।  यो शिविरबाट नेपालका रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका स्तरीय कपिलबस्तु, नवलपरासी जिल्लाका मनिसहरु र भारतका मनिसहरु आई दात शल्यक्रियाका दात सम्बन्धि रोगको जाँच तथा उपचार गराइएका छन् । यो शिविर बिहान ८ बजे देखि ५ बजे सम्म नाम दर्ता गरि आँख शल्यक्रिया शुरु भएको छ । यस शिविरबाट कम्तीमा दुई हजार जना मानिसहरुले लाभ लिना सक्ने छन् । यो निःशुल्क दन्त उपचार शिविर प्रतेक सोमवार बिहान १० बजे देखि ५ बजे सम्म राजकीय थाई बिहार र युनिर्भसल मेडिकल कलेज अफ मेडिकल साइन्सेज तथा लुम्बिनी स्वर्णभुमि फाउण्डेसनको सहकार्यमा दात निःशुल्क शिविर सञ्चालन गर्दा आईरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.