logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ब्यापार मेलाले ब्यबसायीलाई राहत पुग्ने


    २८ मंसिर २०७९ , बुधबार

    ब्यापार मेलाले ब्यबसायीलाई राहत पुग्ने

     

    मंसिर २७,  . बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदरको कारण उद्योग धन्दाले व्यहोर्नु परेको आर्थिक मन्दीको बेला आयोजित मेला–महोत्सवहरुले थोरै भएपनि राहत दिने व्यवसायीका नेताहरुले बताएका छन् ।

    भैरहवामा आयोजना भएको चलायमान भैरहवा विषयक अन्तरक्रियामा बोल्दै उद्योग बाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष भिष्म प्रसाद न्यौपानले भन्नुभयो, ‘उद्योगी व्यवसायी यतिबेला आर्थिक संकटसँग जुधिरहेको बेला छ, उत्पादनले बजार नपाउदा धेरै रोजगारी कटौति भएको छ । बैंकहरुले ब्याजदर अचाक्ली बढाएका छन् । तर पनि यस्तो समयमा हामीहरु लुम्बिनी राष्ट्रिय महोत्सव गरिरहेका छौं , यसको मुल उद्धेश्य उद्योग व्यवसायको प्रबद्र्धन हो । ’

    भैरहवाको अन्चलपुरमा मंसिर २३ गतेदेखि सन्चालनमा आएको लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मा उत्साहबद्र्धक रुपमा उद्योगी व्यवसायीको सहभागिता रहेको समेत अध्यक्ष न्यौपानेले बताउनुभयो । न्यौपानेले भन्नुभयो, ‘साढे २ सय स्टल सहभागी भएका छन् । मुस्तांग, रोल्पा, रुकुम सम्मका उत्पादन छन् । कृर्षी उद्यमशीलताकोलागि प्रदर्शनी छ । मानिसहरु सानो सानो पुजिँलाई यहाँ महोत्सवमा आएर लगानी गरि केहि सिक्ने, केहि खरिद गर्ने केहि उपभोग गर्ने गरिरहनुभएको छ । ’

    मेला महोत्सवहरुले सानो लगानीलाई पनि बजारमा ल्याउन भूमिका खेल्ने उद्यमी ठाकुर कुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो,‘भैरहवामा यतिबेला दुईवटा महत्वपुर्ण कामहरु भएका छन, पहिलो भौतिक पुर्वाधार अत्यन्तै राम्रो भएको छ । यहाँ अन्तराष्ट्रिय विमानस्थल, छ लेन सडक, यहाँका भित्री सडकहरुको स्तरोन्नती भएको छ । सफा नाला र व्यवस्थीत तथा हरियाली सडक मात्रै होईन ठुला ठुला होटल र कम्प्लेक्सहरु छन भने अर्कोतिर अन्तराष्ट्रिय सीमानाका, विशेष आर्थिक क्षेत्र, लुम्बिनी जस्ता कारणले भैरहवाको भविष्य सुन्दर रहेको छ । ’

    श्रेष्ठले लुम्बिनी राष्ट्रिय महोत्सवले साना ठुला उद्यमशीलताको प्रबद्र्धनमा सहयोग पुगेको पनि बताउनुभयो ।

    पर्यटन व्यवसायी गोबिन्द ज्ञवालीले भैरहवालाई साच्चिकै सुन्दर भैरहवा बनाउन सबैको एकता र सहकार्य जरुरी रहेको बताउनुभयो । उद्योगपति विकास गोयन्काले उद्योगहरुलाई २४ औ घन्टा खोल्ने बातवरण बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यको नीति उद्योग मैत्री हुनुपर्यो , यतिबेला भैरहवामा ५ वटा स्टील उद्योग बन्द भईसकेका छन अरु पनि बन्द हुने अवस्थामा छन् । यस्तो बेलामा पनि महोत्सव गरेर उद्योगी व्यवसायीलाई राहत दिने काम गरेको मैले अनुभूति गरेको छु । ’

    व्यवसायी गौरब श्रेष्ठले एकातिर बैंकको चर्को ब्याजदर अर्कोतिर सीमापारीबाट हुने चोरी तस्करीले गर्दा सीमा क्षेत्रका व्यवसायी संकटमा परेको बताउनुभयो । गोपाल भन्डारीले रात्रीकालिन बजारको अवधारणा लिएर पर्यटन क्षेत्रलाई चलायमान गराउनुपर्ने बताउनुभयो । व्यवसायी कृष्ण घिमिरले भन्सार, लुम्बिनी, विशेष आर्थिक क्षेत्र, एकिकृत चेकजाँच चौकी र दसगजाको भरपुर उपयोग गर्दै उद्योगी व्यवसायीले सबैको सहकार्यमा काम गरेमा भैरहवाको आर्थिक विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    आर्थिक पत्रकार समाजका नेता तथा कारोबार दैनिक लुम्बिनी प्रदेश प्रमुख मनोरन्जन शर्माले चलायमान भैरहवाकोलागि उद्योगी व्यवसायीहरुले स्थानिय संघसंस्था, स्थानीय सरकार, सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा एकिकृत योजना बनाएर काम गरेमा अझै फलदायी हुने बताउनुभयो ।

    रुपन्देहीमा यतिबेला मंगलपुरमा र भैरहवाको अन्चलपुरमा  अलग अलग मेला महोत्सव चलिरहेको छ । त्यस लगत्तै बुटवलमा पुस ७ गतेबाट औद्योगिक प्रदर्शनी पनि हुने तयारी छ । दशै तिहार सकिए लगत्तै रुपन्देही जिल्लाको विभिन्न ठाउँमा हरेक बर्ष मेला महोत्सव हुने गर्दछ । ती मध्ये कतिपय उद्योगी व्यवसायीले गर्ने गर्दछन् भने कतिपय विभिन्न क्लब तथा इभेन्ट म्यानेजमेन्ट कम्पनिले गर्ने गर्दछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.