उदयराम पौडेल
हाम्रो निर्वाचनको इतिहासमा यस प्रकारको जन जीवन निराश भएको शायद यो नै पहिलो पटक हो । उम्मेदवारका चम्चा चम्चि बाहेक जनतामा कुनै जोश, जागर, उत्साह र उमङ्ग पटक्कै देखिदैन् । कारण के हो ? किन जनता यति निराश भएका छन् ? यस प्रकारको परिस्थिति सृृजना हुनु कसको दोष हो ? गल्ती जनताको हो कि नेताहरुको हो ? प्रश्न माथि प्रश्न थपिदैछन् । दोष राजनीतिक दलहरुको हो । अव्यवहारिक शत प्रतिशत झुट जितेर गए पछि जनतालाई उपहास गर्ने प्रवृतिको प्रतिफल हो । २००७ साल देखि २०७९ सम्माको दलिय र पंचायत कालिन राजनीतिको मनोप्रवृतिलाई हेर्दा आफ्नो संस्कार, संस्कृति ,भुगोल सुहाउदो राजनीति गर्न सबै असफल भएका छन् । कारण के हो भने १०४ वर्ष सम्मा राणाहरुबाट शोषित पीडित जनजीवन २००७ फल्गुन ७ गते प्रजातन्त्रको उज्यालो प्रकाशमा पर्दापण गर्यो । तर १०४ बर्षे समान्त शोषकहरुको जालझेलबाट पूर्णरुपमा जनजीवन मुक्त हुन सकिरहेको थिएन् । २०१५ सालको चुनाव पछि बनेको बि.पी कोइरालाको १८ महिने सरकारले जिम्मेदारी राज रजौटा र वीरतावाल समापन गर्यो । जसले गर्दा समान्त शोषकको अवशेषहरु समाप्त भए ।
तर निर्वाचित सरकार अपहस्त गरे र राजा महेन्द्रले शासन सत्ता लिएको ३० वर्ष पुन: समान्त शोषकहरुको पुनरावृत्तिले गर्दा अव्यवस्था र बेथिति सुरु भयो । दलियता माथि प्रतिवन्ध लाग्यो । भाई भागदार भुमिगत गिरोह गुण्डा गर्दी अनेकौ काण्डहरु भए । जसले गर्दा देशमा भ्रष्टचार, तस्कर, अपराध, बलात्कार आदि अन्याय अत्याचार वढ्दैँ गए । राजाले नियन्त्रण गर्न सनेनन् दिनप्रति दिन राजनीति वाहिरिए हवायको चक्रव्यूुमा फस्तै गएको थियो । जसले गर्दा पञ्चायण्त विरुद्ध अन्दोलन सुरु भयो । पन्च मण्डल राजाले थाम्न सकेनन् । २०४६मा पुुन: बहुदल स्थापित भयो । तर बहुदलवादीहरु म विवेकको कमि भयो । पञ्चायत कालमा भ्रष्ट भएका षणंयन्त्रहरुको जालो तोड्न सकेनन् । उतै षणयन्त्रको साथमा बग्न थाल्यो । फलस्वारुप वर्तमान परिस्थितिको सृजना भयो । जन भावनाको सम्मान गर्न सकेनन् । भ्रष्ट हुदै गए । कुनै रीति तिथि ,विधि, विधान आफ्नो संस्कार , संस्कृति विर्सेर जताभावी नाच्न थाले । भ्रष्टचारलाई नीतिगत र संस्थागत बनाए। पmलस्वारुप नेता प्रति जनताको वित्तैषणा बढ्दै गएको छ ।
वर्तमान चुुनावमा कुुनै पनि राजनीतिक दलहरु प््रति जनलहर देखिएको छैन् । यसो हुनुको मुुख्य कारण निम्न छन् । १.भ्रष्टचार ज्यादै फैलिनुु । २.जनप्रतिनिधि अव्यवहारिकहुुनुु । ३.आफ्नो क्षेत्रमा चुुनाव जितेर गएपछि फर्केर नहेर्नुु । ४. जनभावनालाई उपहास गर्नुु । ५. देश र जनहित भन्दा व्यक्तिवादी स्वार्थमा लिन हुुनुु । ६. अपराधी प्रवृतिलाई नियन्त्रण गर्न नसक्नु । ७. सुशासन स्थापित हुन नसक्नुु। ८. जनप्रतिनिधिले आफ्नो जिम्मेवारी तथा कर्तव्य बोध गर्न नसक्नु । आदि कारणहरुले गर्दा जनतामा निराशभाव देखिनु स्वाभाविक नै देखिन्छ । किनभने कृषि प्रधान देशमा समयमा विउ विजन मल आदिको अभाव देखिनु निश्चय नै सरकारको लपरवाही हो । देशलाई आत्मनिर्भर तर्फ डोर्याउने तर्फ भन्दा विलाशीका समान भित्रयाउने तर्फ अग्रसर भएको देखिन्छ । देशलाई प्रमुखि बनाउने आत्म निर्भर गराउने बाटो सरकारले विर्सि सकेको छ । आफ्नो भुगोल अनुकुलको नीति निर्धारण र निर्यातलाईवढावा दिए र आयात घटाउने तर्फ सरकार अग्रसर भएको देखिदैन् । हाम्रो सबै षणयन्त्रहरु भ्रष्टचार, कमिसनतन्त्रमा डडुब्दै गएका छन् । त्यसैले गर्दा सरकार प्रति जन विश्वास घट्दै गएको अनुभव हुदैँछ ।
निकट भविष्यमा हुन लागेको आम चुनावले कुनै पार्टीको एकलौटी सरकार बन्न सक्ने सम्भावना देखिएको छैन् । खिचडी सरकारले देशका जल्दा वल्दा समस्याहरुको समाधान गर्नु भन्दा सत्ताको दाउपेचमा अल्झिएर अरु भ्रष्ट हुने सम्भावनालाई नकार्न सकिदैन् । कारण उनै पुराना अनुहारको पुनरावृत्तिले देश र जनहित गर्न सक्दैन् । धुु्रव सत्य त्यही नै हो । ४ वा ६ नयाँ अनुहार आइहाले पनि हाँसको माझमा बकुल्ला भने झै हो । केही गर्न सक्ने अवस्था हुदैन् । राजनीतिको चक्रव्यूमा असम्भव भन्ने शव्दै रहेछैन् । जे पनि हुुन सक्दछ । काले काले मिली खाँउ भाले भन्ने उक्ति लागु हुनसक्दछ । केही भन्न सक्ने अवस्था छैन् । अब १५ वा २० दिन पछि एउटा तस्विर समयले गर्ने नै छ । प्रतिक्षा गर्नु बाहेक अन्य विकल्प छैन् । जनतामा त्यति उत्साह नभएकै कारण परिणाम विपरित हुुन् सक्दछ । अब २ दिन पछि मौन अवधि लागु हुन्छ । यो अवधिमा मानिसको मनोभाव वदल्न पनि सम्भव छैन् । किनकी नेपालको राजनीति आफ्नै खुट्टामा निर्भर छैन् । वाहिरिए छायाँ मडारिन पनि सक्दछ । कारण बिद नभएको भाडोमा पानी आडिदैन् । यो सत्य हो ।
अन्त्यमा नेपालका राजनीतिक दलहरुले व्यक्तिगत स्वार्थ र दलीय स्वार्थ भन्दा माथि उठेर देश र जनहितको पक्षमा आफ्नो बुद्धि र विवेकको प्रयोग गर्ने छन् भन्ने आशा र विश्वास गर्नै पर्दछ । कि भने राजनीतिक दलविशेष भन्दा देश ठुलो हो । देश विनाको राजनीनिति हुदैन् । त्यसैले राजनीति गर्ने जो कोहिले देशको माया गर्नै पर्दछ । तसर्थ सबै राजनेताहरुमा सद्गुणको विकास होस भन्ने कामना गर्दै मेरो भावनालाई यही विसाउन चाहन्छु । हरि ओम तत्सत् ।