logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा साँस्कृतिक तथा सडक महोत्सव हुने


    ७ पौस २०७९ , बिहिबार

    लुम्बिनीमा साँस्कृतिक तथा सडक महोत्सव हुने

    अन्जना चौहान/ असलम खान
    लुम्बिनी, ७ पुस ।लुम्बिनी होटल संघ लुम्बिनीले पुस १६ गते लुम्बिनी साँस्कृतिक तथा ९ औं सडक खाना महोत्सव २०७९ गर्ने भएको छ ।
    महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनीको वरिपरी गरिने महोत्सवमा नेपाल लगायत लुम्बिनी घुम्न आउने संसारभरका पर्यटकहरुको सहभागितामा हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
    पुस १६ अर्थात अंग्रेजी नयाँ वर्ष जनवरी १ लाई स्वागत गर्दै कार्यक्रमको समापन गर्ने होटल संघ लुम्बिनीले जनाएको छ । पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले सधै झै यस वर्ष पनि लुम्बिनीमा सडक खाना महोत्सव आयोजना गर्ने जानकारी दिनुभयो ।
    महोत्सवमा स्थानीय खानाका परिकारहरुलाई प्रदर्शन गर्नुका साथै स्थानीय खानाको परिकारका स्टल राख्ने आयोजकले जनाएका छन् । लुम्बिनी स्थित रहेका अन्तराष्ट्रिय विहारहरु चीन, जपान, कोरिया, चियतनाम, श्रीलङ्का, म्यानमार आदि देशका परिकारहरु समेत सडक महोत्सवमा सामेल गरिने होटल संघका अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।
    स्थानीय थारु, मुस्लिम, पश्चिम तराईका ब्राहमणहरुले खाने खानेकुरा समेत महोत्सवमा राख्ने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएका छन् । पाल्पाको झिनिया रोटी, बटुक , हासको छोइला, चुकौनी, इम्रिति मिठाई लगायतका खानेकुरा सडक महोत्सवमा राखिने छ ।
    नौमती, पञ्चेवाजा, विरहा, थारु झुमडा जस्ता लुम्बिनी क्षेत्रका परम्परागत गीत संगीत समेत प्रस्तुति गर्ने लुम्बिनी होटल संघका निवर्तमान अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिनुभयो ।
    लुम्बिनी होटल संघका बरिष्ट उपाध्यक्ष लिलामणि शर्माको स्वागत तथा संघका सचिव पुरुषोत्तम आर्यालको संचालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । महोत्सवको दिन लुम्विनी होटल संघमा आवद्ध होटल तथा गेष्ठहाउसहरुले ३० प्रतिशत छुटमा आफ्ना कोठाहरु वितरण गर्ने जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.