लुम्बिनीखवर
सिद्धार्थनगर, ८ पुस । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले रुपन्देही क्याम्पसमा शुक्रवार महिनवारी स्वच्छता सम्बन्धी सचेतना एवंम् सेनेटरी प्याड बितरण कार्यक्रम गरेको छ । ग्रीन सिटीले रुपन्देही क्याम्पससंगको सहकार्यमा छात्राहरुका लागि उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले छात्राहरु स्कुलमा कितावी ज्ञान प्राप्त गर्नुका साथसाथै अतिरिक्त क्रियाक्लाव संग सम्बन्धीत महिनवारी स्वच्छता सम्बन्धी सचेतना एवंम् सेनेटरी प्याड बितरण कार्यक्रम गरेको हो ।
सहज कर्ता तथा रुपन्देही क्याम्पसका हेल्थ प्रमुख डा. नम्रता चौधरीले महिनवारी भनेको छात्राहरु निश्चित समयकाल पार गरी सकेपछि उनीहरुको परिपक्ता अनुसार प्राकृतिक रुपका महिनवारी हुने बताउदै छात्राहरुले प्रथम राजस्वला देखि नै विभिन्न किसिमका समस्याहरु भोग्नु परेको जानकारी दिनुभयो ।
कतिपय छात्रा विद्यार्थीहरु महिनावारी सम्बन्धी जानकारी नभएको हुदाँ शारिरीक र मानसिक रुपका समस्याहरु देखिन्छ । हेल्थ प्रमुख डा. चौधरी भन्नुभयो, “महिनवारीको समयमा समस्या आएमा स्वास्थ्यकर्मी संगका सरसल्लाहमा समाधान गर्नु पर्दछ ।”
महिनवारी भएको छात्राले सरसफाईमा ध्यान दिने र सचेतना अपनाउनु प्रमुख काम भएको डा. चौधरीले बताउनुभयो ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटि अध्यक्ष श्री रायमाझीको अध्यक्षता तथा निवर्तमान क्याम्पस प्रमुख पार्थिबेन्द्र उपाध्यायको विशिष्ट अतिथित्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थीहरु, लायन्सका अफिसरहरुको उपस्थित रहेको थियो ।
लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीका सचिव बिना पौडेलको सञ्चालन र रुपन्देही क्याम्पसका शिक्षिका मधु शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।