logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    साँधु सन्तले गतल नगरौँ


    १० पौस २०७९ , आइतबार

    साँधु सन्तले गतल नगरौँ

    कमल रायमाझी
    रुपन्देही प्रहरीले केही दिन पहिला महोत्तरी मटिहानीस्थित लक्ष्मी नारायण मठका महन्त जगन्ननाथ दासलाई पक्राउ गरेको छ । दासले गुठीको जग्गाको नक्कली कागजात खडा गरि बिक्री गरेको आरोप लागेको छ । उनले जग्गा बिक्रीबाट प्राप्त रकम निकाल्न समेत जिल्ला प्रसाशन कार्यालय रुपन्देहीले रोक्का राखेको उनको नीजि बैंक खाता फुकुवा गर्न समेत जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नक्कली सरकारी छाप र अधिकृतको हस्ताक्षर समेत किर्ते गरेको देखिन्छ । जिवनमा सादा जिवन उच्च विचार बोकेका त्यागी महन्तको यो कार्यले अहिले समाजको चित्रण हुने गरेको छ । समाजलाई सधै अगुवा गर्ने साधु सन्त र महन्तहरुको गलत कार्यहरु कल्पना समेत गर्न सकिदैन् । समाजलाई धार्मिक मार्गमा सधै निर्देश गर्ने महन्तले गरेको यो घृणित कार्यले यहाँको धर्म सस्कृति र परम्पराको धज्जी उडाएको देखिन्छ । सधै सत्य मार्गमा हिड्नुपर्ने त्यागी त्यी महन्तले गर्दा अहिले नेपालका मठमन्दिरमा बस्ने हजारौ साधुसन्त र महन्तहरुका लागि चुनौती बनेको छ । मानिसहरुले सधै श्रद्धाले हेर्ने यि यस्ता केहि व्यक्तिले गर्ने लोभ, लाभ र द्धयसले गर्दा गलत कामहरुले प्रश्रय पाउने गर्दछ । जसले आफ्नो परिवार तथा समाज र आफ्न्तहरु त्याग गरि सादा जिवन र उच्च विचारका लागि मठ मन्दिर र आश्रममा आश्रय लिन पुग्दछन् । उनिहरुका लागि जिवनका केहि पनि अभाव नहुने धार्मिक मान्यता छ । जगन्ननाथ महन्त पनि उनै मध्यका एक हुन । उनले पनि आफ्नो निजि जिवन र परिवार त्याग गरि मठ मन्दिरको साहरा लिन पुगे । त्यहा उनले लामो र कठिन ध्यान र धर्म प्रति निष्ठा राखेको देखिन्छ । मानव जिवन र सांसरिक जिवन त्याग गरेका महन्तहरु पनि यसरी समाजमा खुलेयाम गलत धन्दामा संगलगन भएपनि हाम्रो धर्म सँस्कृति तथा परम्पराको रिति रिवाजको बद्नाम हुनपुगेको छ । उनले आफुले गरेको कामले सजाय त पाएका छन् नै उनका कारण इमान्दार र धर्म सस्कृति प्रति निष्टा राख्ने अन्य साधुहरुलाई तनाव बनाएको छ । आफ्नो गृहस्थ त्याग गरेर मन्दिरमा पुगेका महन्तले यत्रो कुकर्म सक्छन् भने गृहस्थमा रहेका मानिसहरुले के गर्लान भन्ने प्रश्न पनि अहिले समाजमा उठ्ने गरेको छ । समाजलाई सहि मार्गमा डोर्‍याउने यस्ता साधुहरुको अनुचरण गर्ने लाखौ भक्तजनहरु आफ्ना गलत मार्ग त्याग गरि सत्यमार्गमा हिडेको हामी देख्दछौ । तर जगन्नाथ महन्तको कारणले धर्म र सस्कृति आस्था राख्ने मानिसहरु साधुहरुले गर्ने यस्ता कार्यप्रति नतमस्तक हुनेगरेका छन् । नेपाल—भारत धर्म र सस्कृतिमा अडेको मुलूक हो । यहाँका मानिसहरु दु:ख, सुखमा सधै भगवान र साधु सन्तको सल्लाह सुझाव लिने गर्दछन् । साधु समाजका निश्कलंक सज्जन भित्र पर्दछन् । उनिहरुको त्याग र साधना संग मानव जगतले सधै विश्वास राख्ने गर्दछ । तर अहिलेको युगमा सन्तहरु पनि आर्थिक प्रलोभनमा पर्ने तथा ठग र चोरी जस्ता कार्यमा संलग्न हुने गरेको देख्न थालिएको छ । धर्म सस्कृतिको नाममा गलत कृयाक्लाव गर्ने र आर्थिक प्रलोभनमा पर्ने बानीले गर्दा साधुसन्त प्रति मानिसहरुको विश्वास दैनिक घट्दो छ । धर्म सस्कृति राज्य भित्रका मानिसहरुलाई बाध्ने एक कडि भएपनि यसको अनुगमन र साधु सन्तको मापन नहुदा पनि यस्ता गलत मानिसहरुले धर्मको नाममा बदमासी गरेका छन् । यसको अन्त्यका लागि निश्चत मापदण्ड बनाउनुका साथै गलत कार्य गर्ने यस्ता सन्तहरुका लागि कडा कार्वाहीको व्यवस्था गर्नु पर्दछ । राज्यले साधुहुनुपर्ने शिक्षा देखि उनले गर्नुपर्ने प्राक्टिसलाई पनि मापन गर्नु पर्दछ । यस्ता कार्यको अध्ययन र अनुसन्धान गर्ने समन्यत्र बनाउनु पर्ने छ । नेपालमा साधु सन्त हुनका लागि योग्यता तथा महन्त जस्ता पदवीको परिक्षा हुनु पर्ने छ । समाजको अगुवा गर्ने यस्ता साधु सन्तलाई राज्यले निगरानी र मापदण्ड बनाउनु पर्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.