विनास काले विपरित वुद्धि बेमौषमको वाजा वजाएर नेपाली कांग्रेसले राजनीतिक वृतमा आफैलाई आफैले नाङ्गै वस्त्रहिन बनाएको छ । हुन त राजनीतिक विकृतिको सुरुवात गिरीजा बाबुले गर्नु भएको थियो । त्यसैलाई जलमल गरेर हुर्काएका छन् सबैले । राजनीतिक दर्शनलाई स्वच्छ बनाउने आट गरेनन् कसैले देशको वस्तुत स्थिति भन्दा वाहिर गएको छ । राजनीति व्यवहारीक भन्दा अव्यवहारिक बन्दै गएको छ । अपराधी कारणलाई अंगीकार गदै भ्रटाचारमा रमाउदै छ राजनीति । कुनै पनि राजनीतिक दलहरुको इमानदारिता र विश्वासनीयता देखिदैन् । जसरी हुन्छ सत्ता प्राप्त गर्ने र देशलाई लुट्ने प्रवृति हावी बन्दै छ । यस प्रकारको अवसरवादी सिद्धान्तहिन नीति नियम र विचार नभएका राजनीतिज्ञ हुन भन्नेहरुवाट देश र जनहित हुने सम्भावना कति छ । विचारणीय भएको छ । बहु प्रतिक्षा चुनाव सकिएको छ । कसैले बहुमत पाउन सकेनन् । अपराधीहरुलाई माफी दिए र गोटा गन्तिमा सामेल गराउने अभिप्रायले अध्यादेश सहारा भनेको नेपाली कांग्रेस सिद्धनबाट विचलित हुने हो । देश र जनजीवनको जिम्मेवारी र कर्तव्य विर्सेर गैर जिम्मेवार वन्नु नेपाल र नेपालीको ठूलो दुुर्भाग्य सम्झनु पर्छ । वि.पि वादवाट नेपाली कांग्रेस पर भाग्दै छ । जसले गर्दा जुन पोई भन्न लायक थियो । उही ज्येष्ठाज्यू पर्यो भन्ने युक्तिचरितार्थ हुदै छ ।
जनचेतनाको वृद्धिलाई आत्मसाथ गर्न नसकेका राजनीतिक दलहरुलाई जनताले राम्रो संग चेताएका छन् । वर्तमान परिस्थितिमा सबै राजनीतिक दलहरुले आफ्नो अहंकार रुपी दम्मलाई त्यागेर देश र जनहितको कार्यमा इमानदारी पूर्वक अग्रसर हुन समयले प्रेरित गर्दै छ । तर राजनेताहरुले अझै चेतेको देखिदैन् । निर्वाचनको माध्यम द्वारा जनताले पोखेको आक्रोषलााई इमानदारी पूर्वक विश्वासमा परिणत गर्न सक्ने क्षमताको विकास गर्न राजनेताहरुले अग्रसर हुनै पर्दछ । नक्कल झक्कल फटाही छुट्याई अवलोकनले जनचेतनाले सहन सक्दैन । पदलोमीहरुको चलखेलले राजनीति वृत्त नै विकृत भएको छ । व्यवस्थापिक, कार्यपालिका र न्यायपालिकाको संरचना सबै भताभुङ्ग भएको छ । आआफ्नो जिम्मेवारी पालना र कर्तव्यको वोध कसैले गरेको पाइदैन । सबै भाडाँ चुहुने थोत्रा भएका छन् । शक्ति र पैसाको आडमा शासन र सत्ता चल्दै छ । आज त्यही काम हुदैन् । शक्ति र पैसा भए त्यही काम भाोली हुन्छ ? प्रश्न खडा हुन्छ । यसका कयौ उदाहरणहरु छन् । हाम्रा प्रशासनहरु काम गर्ने भन्दा पन्छाउने तर्फ अग्रसर भएको देखिन्छ । विधि विधान अनुरुपको सुशासन खोज्न किता पैसा खर्च गर्न पर्यो, कित कुनै शक्तिको पुच्छर समाउन विवस हुनु पर्छ ।
यस प्रकारको हाम्रो लोकतन्त्रात्मक गणतन्त्रको संरचनामा कसले सुधार गर्ने हो । अन्योल छाएको छ । एकता मुसुरी हिङ्ग हालेको भन्ने उक्ति जस्तै साङ्लो सरकारले गरेन भने अब हुने खिचडी सरकारको के भरोसा । समयले हाम्रो साना ठूला दलहरुलाई स्वच्छ मस्तिष्कले छातीमा हात राखेर सोच्न विवस वनाएको छ । किन भने राजनीति भन्दा देश ठूलो हो । त्यसैले देश र जनहितमा राजनीति पोखिनु पर्छ । नकि व्यक्तिगत स्वार्थमा । त्यस कारण देशको विकास र उत्थानमा साना साना कुराले पनि प्रभाव पारेको हुन्छ । केही दिन अघि मेरो जन्म थलो स्याङ्जा जिल्ला आर्जुन चौतारी गाउँपालिका पुगेका थिए । पहिला त्यो क्षेत्र विकट थियो । तर १५, १६ वर्ष पछि अहिले हालमा भौतिक सुधार, बाटो, खानेपानी, विजुली युक्त भएको छ । तर नुन नभएको दाल जस्तै खल्लो फिक्का देखे । किन भने भौतिक सुविधा संगै रोजगार जोडिनु पर्दो रहेछ । पहिला पाखा पखेरा अवाद गुल्जार रमणीय थियो । तर अहिले सबै पाखा पखेरा बाझै झाडीले डर लाग्दो भएको छ । बन जन्तुले दु:ख दिन थालेको अनुभव हुन्छ । कारण त्यहाँ युवाा शक्ति छैन । बुढो शक्तिले खेतीगर्न सक्दैन् । तर पाखा पखेरा प्रसस्तै भएकोले त्यो क्षेत्रमा गाई भैसी बाख्रा जस्ता पशुपालनका लागि उपयुक्त छ ।
तर सरकार बेखबर छ । कुर्सिको दाउपेचमा अल्झेको छ । साना किसानको मर्म बुझेदैन । मानिसले काम गरेर खान खाोजेको छ । तर सरकारले किसानलाई मदत गर्ने नीति नै लिएन । बाहिर देखाउने दाँत र भित्र चपाउने दाँत फरक भए । जहाँ सम्म पहाडलाई पूर्व जस्तै हराभरा नगराए सम्म देशको उन्नति प्रगति सम्भव नै छैन् । त्यस कारणले पहाडको जनशक्तिलाई पहाड मै रोक्नलाई रोजगार मूलक कार्यक्रम जस्तै चिसेन केन्द्र, दुध संकलन केन्द्र, साना तथा कुटिर उद्योग धन्दा आदिको प्रबन्ध मिलाएर किसानहरुलाई प्रोत्साहन गर्न अति आवश्यक भएको छ । जसले गर्दा आम्दनीको स्रोत बन्न सकोस । त्यहाँको जनशक्ति त्यही उपयोग हुन सक्ने वातावरणको सृजना हुनै पर्छ ।
खाद्यानमा आत्म निर्भर नभए सम्म देशको विकास हुन सक्दैन् । त्यसकारण उत्पादक्त्व वृद्धि गर्न पहाडको श्रम शक्ति पहाडकै लागि उपयोग गर्ने ठोस नीति र कार्यक्रम जब सम्म बन्दैन् तब सम्म पहाडको दुरदशा अझै विकराल बन्दै जानेछ । पहाडको जनशक्तिलाई तराईको खाद्यानले धान्न सक्दैन् । त्यसैले पहाडमा खाद्यान उत्पादक्तव बृद्धि गर्नका लागि त्यहाँ जनशक्तिलाई रोकेर रोजगार मुलक उद्योगहरु पहाड तर्फ खोल्न आवश्यक छ । यदि समयमा सरकारले सोच्न सकेन भने देशको स्थिति अझै विग्रिदै जानेछ ।
जहाँ सम्म विकासको कुरा छ । हुदै नभएको भन्न मिल्दैन्, भएको छ तर व्यवस्थित छैन् । अव्यवस्थित भएको छ । हाम्रो राजनीति वृत्त जिम्मेवारी र इमानदार छैन । किनभने अपनत्व विर्सि सकेको छ । आफ्नो जनशक्तिलाई आफैलाई आवश्यक हुदाँ हुदै रोजगार दिन नसकेर वाहिर पठाउने र वाहिरी श्रम शक्ति भित्राएर वंशजको नाताले नागरिकता प्रदान गर्ने कस्तो अच्चम लाग्दो नीति नियम हो अश्चार्य लाग्दछ । एउटा उखान छ,–“हाम्री आमा कति बाठी छन् चामल दिएर पिठो साटिन् । ” यही उक्ति चरितार्थ भएको छ । अब अर्को तर्फ दृष्टिकोण घुमाउदाँ यति सानो देशमा यति धेरै राजनीतिक दल खडा हुनु शुुभ संकेत हो कि अशुुभ प्रतिक्षा गर्ने ठूलो राजनीतिक दलहरुको बेइमानीको प्रतिफल भन्दा शायद अति युक्ति नहोला । कारण देश लुट्न थालेको ७२ बर्ष पुरानो भयो , अझै अघाएको छैनन् । त्यतिले पनि नपुगेर छोरा श्रीमति लगायतका नातेदारहरुलाई अगाडि तान्दै छन् । के भन्ने हो , कसलाई जता हर्ेयो उतै भ्याङ्ग परेको छ । समानुपातिकको दुरुपयोग, अधिकारको दुरुपयोग, अर्थतन्त्रको दुरुपयोग, पदीय दायित्वको दुरुपयोग, शाासन सत्तामा भनभना आदि कारणले जनतामा असन्तुष्टि बढ्दै गएको छ । अब जनता पर पुुगेका छन् । कुर्सीको झगडा सुरु भएको छ । हेरौ कसको भाग्य चम्कदै छ ।
अन्त्यमा खिचडी पकाउन तछाड मछाडको दौड धुप चल्दैछ, खुट्टा लुला छन् । आफ्नो भुमिमा देश संग टेक्न र अपनत्वको विकास गर्न सक्ने नयाँ नेतृत्व खोजेको छ देशले । आफ्नो पन, संस्कार र साँस्कृति विर्सेर अरुको नक्कल गर्न थालेका छन् नेताहरुले । त्यसैले गर्दा विकास र विकृतिको छाया भरिएको छ देशै भरी । नैतिक आचरण, सेवा रुपी भावना लोप हुदै छ । सुध्रिने सम्भावना छदै छैन् । घुम्दैँ फिर्दै उही रुमजाटार । हरिओम तत्सत ।