पशुपति यादव
रोहिणी, १२ पुस । लुम्बिनी प्रदेशमा माध्यमिक विद्यालयको नतिजा खस्कदो रहेको छ । गणित र विज्ञान बिषयको नतिजा सवै भन्दा कमजोर रहेको देखिन्छ । शिक्षा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीले लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको एस.ई.ई.को नतिजा तथ्याङक सार्वजनिक गर्दै खस्कदो अवस्थाको विषयमा जानकारी गराएको हो ।
विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, अभिभावक र विद्यार्थीहरुको सहभागितामा भएको एस.ई.ई.नतिजा खस्कदोको विषयमा छलफल समेत गरिएको शिक्षा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीले जनाएको छ ।
गणित र विज्ञान विषयको नतिजा कमजोर भएकाले यसको सुधारका लागि सवै पक्ष संग छलफल र अन्तरक्रिया कार्यक्रम गर्न थालिएको छ ।
लुम्बिनी प्रदेशमा २०७८ सालको एस.ई.ई.नतिजा ३.६ देखि ४ जिपिए ल्याउने जम्मा १२ प्रतिशत रहेका छन् । १ं.६ जिपिए भन्दा कम ल्याउनेको विद्यार्थीका संख्या २१ प्रतिशत रहेको कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्कले जनाएको छ । कमजोर नतिजा ल्याउन विषयमा सवै भन्दा धेरै गणित र विज्ञान रहेको जानकारी गराईएको थियो ।
२०७८ सालको एस.ई.ई. को नतिजा हेर्दा नेपालको सवैभन्दा कम विद्यार्थी कर्णाली प्रदेशमा उत्तीर्ण भएको देखिन्छ । कर्णाली प्रदेशमा ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सख्या जम्मा १.१८ प्रतिशत रहेको छ ।
तथ्याङ्क सार्वजनिक कार्यक्रमम ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सख्या सुदूरपश्चिम जम्मा २ प्रतिशत रहेको शिक्षा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख दिवाकर भण्डारीले जानकारी गराउनुभयो । यो नेपालकै ३.६ देखि ४ जिपिए ल्याउन दोस्रो उत्तीर्ण सख्या भएको प्रदेश हो ।
गण्डकी प्रदेश, प्रदेश नं. १, मधेस प्रदेश, बागमती प्रदेशले क्रमस ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सख्या ८, १२, १५, र ४७.७७ प्रतिशत रहेको शिक्षा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीले जनाएको छ ।
एस.ई.ई. नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै डिभिजन कार्यालय रुपन्देहीका प्रशिक्षक दीपक वन्जाडेले विद्यार्थीहरुलाई सैदान्तिक तथा व्यवहारिक रुपमा प्रध्यापक गराउनुपर्ने भन्दै स्कुलहरुलाई गुणस्तर र परिणाममुखी बनाउन शिक्षक, अभिभावक सहकार्यमा अगाडी बढ्नुपर्ने जानकारी दिनुभयो ।
धेरै विद्यार्थीहरु गणित र विज्ञानमा कमजोर देखिनु शिक्षक, विद्यार्थी र अभिभावक सवैको कमजोरी भएको अभिभावक ताहिर अलीले बताउनुभयो । उहाँले शिक्षकले राम्रो पढाउने, विद्यार्थीले ध्यान दिएर पढ्ने तथा अभिभावकले अनुगमन गर्ने गरेमा गणित र विज्ञान विषयमा देखिएको कमजोरी सुधार हुनसक्ने सुझाव दिनुभयो ।
बदलिदो युगको माग अनुसार विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा दिनसके देशमा समृद्धि र विकासको मार्गचित्र कोर्न सकिने हुनाले गाउँगाउँमा गुणस्तरीय शिक्षामा सवैले जोड दिनुपर्ने उपस्थित शिक्षक, अभिभावकले बताएका थिए ।
श्री राम नरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ सहानी, प्रधानाध्यापक राम सुरेश बर्मा, रोहिणी शिक्षा समितिको संयोजक मधु घिमिरेले शिक्षाको सुधारको विषयमा बताउनु भएको थियो ।