logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    भैरहवा भन्सारको राजश्व घट्यो


    १४ पौस २०७९ , बिहिबार

    भैरहवा भन्सारको राजश्व घट्यो

    लुम्बिनीखबर
    भैरहवा,  पुस । भैरहवा भन्सार कार्यालयको राजश्व लक्ष्य भन्दा कमी संकलन भएको छ । सरकारले विदेशबाट आउने केहि सामानहरुको आयातमा कडाई गरेपछि राजश्व संकलनमा असर परेको हो ।
    गत साउनदेखि कात्तिक महिनासम्म भन्सार कार्यालयको ४७ अर्व ७७ करोड रुपैया राजश्व संकलन गर्ने लक्ष्य थियो । तर, २५ अर्व १३ करोड रुपैयाँ मात्रै संकलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिनुभयो ।
    अर्थमन्त्रालयले २०७८ बैशाख १३ देखि विदेशी मुद्रा संचिचिमा कमी आएको बताउदै १५० सिसि भन्दा माथीका मोटरसाईकल, जीप कार भ्यान, ३ सय डलर मूल्य माथिको मोवाइल, ५० इन्च माथिको टिभी र तयारी मदिरा लगायतका सामानहरुको आयातमा रोक लगाए पनि भन्सार राजस्व संकलनमा कमि आएको प्रमुख पौडेलले बताउनुभयो ।
    नेपाल सरकारले बस्तुको आयातमा अनिबार्य एलसी खोल्नु पर्ने नियम लगाई आयातमा कडाइ गरेको पछि बिदेशी बस्तुको आयातमा समस्या श्रृजना भएको भैरहवा भन्सार कार्यालयको सुचना शाखाले जनाएको छ ।
    राजस्व संकलनमा कमि आएपछि सरकारले २०७९ मंसिर २० पछि महंगा गाडी, मोबाईल, मदिरा, मोटर साईकल लगायत १० वटा वस्तुमा लगाएको आयातमा प्रतिवन्धमा फुकुवा गरेपनि राजस्व संकलनमा सुधार नभएको भन्सार कार्यालयको तथ्याङ्कले देखाउछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.