पशुपति यादव
रोहिणी, पुस । लुम्बिनी प्रेस क्लब भैरहवाको आयोनामा रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।
रक्त दान कार्यक्रम क्लबको स्थापना दिवसको पूर्व सन्ध्यायमा रक्त दान कार्यक्रम सम्पन्न भएको प्रेस क्लबको सुचना शाखाले जनाएको छ ।
रक्त दान कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि दिपेश पन्छाई रक्त दान जीवन दान रक्त दान महान दानको नारालाई आत्म साथ गरेर क्लबले गरेको मानवीय सेवा प्राकृतिक प्रकोप लगायतका क्षेत्रमा सहयोग गरेको क्लबको सरदनीय कार्य भएको प्रमुख अतिथिले भनाई राखेका थिए ।
क्लबका महा सचिव कमल रायमाझीको संचालनमा, अध्यक्ष सम्झना शर्माको अध्यक्षतामा रक्त दान कार्यक्रमका संयोजक पशुपति यादव, विभिन्न संघ संस्था र अब्बल पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी, जिल्ला रुपन्देहीले गरेको थियो । १७ यूनिट रक्त संकलन भएको प्राविधिकले जनाएका थिए ।