रुविना थापा
मायादेवी, १४ पुस । बुटवलमा द आर्ट अफ लिभिङ्गले ४ दिने ह्यापिनेश कार्यक्रम आर्ट अफ लिभिङ्ग बुटवल सेन्टर खाने पानी कार्यालयस्थित सञ्चालन गर्ने भएको छ ।
बुधबारदेखि सुरु हुने उक्त कार्यक्रममा ४० जनाको समूह सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रममा श्वास प्रश्वास प्रक्रियाद्वारा ध्यान सुदर्शन क्रिया हुने कार्यक्रमका संयोजक सुधा कार्की (थापा) ले जानकारी दिनुभयो ।
मानिस आधुनिकतिर लम्किदै गर्दा आफ्नो स्वास्थ्यका लागि समय अभावले तनावग्रस्त जीवन जिउन बाध्य भएका छन् । मानिसहरु शारीरिक, मानसिक रुपमा नै आनन्दको खोजीमा लागेको देखिन्छ ।
त्यसका लागि द आर्ट अफ लिभिङ्गले ४ दिने कार्यक्रम आयोजना गर्न सुरु गरेको कार्यक्रमका संयोजक कार्की (थापा) ले बताउनु भयो ।
मानिसहरु सरल सहज भएर बाँच्नका लागि ध्यान योग गर्दा शारीरिक, मानसिक रुपमा नै राम्रो हुने यस आर्ट अफ लिभिङ्ग कोर्ष गरेका व्यक्तिहरु बताउछन् ।
जीवन जिउने कला, व्यक्ति खुशी भएर बाँच्ने तरिका द आर्ट अफ लिभिङ्गका रबीशंकरले सिकाउनु भएको कार्यक्रम संयोजक सुधा कार्की
(थापा) ले जानकारी दिनु भयो ।