logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    स्पाले शारीरिक र मानसिकरुपमा जोड्ने काम गर्दछ


    १५ पौस २०७९ , शुक्रबार

    स्पाले शारीरिक र मानसिकरुपमा जोड्ने काम गर्दछ

    स्पा भनेको के हो ?
    मानिसको शरिरमा आनन्द र सुख प्रदान गर्ने माध्याम स्पा हो । पानीद्धारा शरीरलाई आराम गराउन गरिने थेरापी भएकाले यो अहिले संसारभर चर्चामा छ । मानिसलाई थाकेको बेला तथा मानसिक तनाव श्रृजना भएको बेलामा गर्दा आनन्द बनाउछ । प्राकृतिक चिकित्सा मार्फत आयुर्वेदिक थेरापी स्पाले गराउछ । स्पा आराम, आनन्दका लागि गरिने थेरापी हो । स्पाले आनन्दपूर्ण विश्रामको चाहाना पुरा गरिदिन्छ । स्पा ले मानिसको शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्छ । स्पा डिप क्लिजिङ हो । जसले शरिर भित्र भएका बिकार निकालेर प्रतिरोध क्षमता बढाइदिन्छ । व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीलाई सन्तुलित राख्न स्पा उत्तम विधि हो । जुन प्राकृतिक आयूर्वेदिक प्रद्धतीको माध्यामबाट मानिसको चाहाना अनुसार गरिने थेरापी हो ।

    स्पालाई शारीरीक र मानसिक रुपमा गर्ने उपचार पद्धति भनिन्छ । यो कसरी गरिन्छ ?
    स्पाले शारीरिक र मानसिक रुप दुवैलाई जोड्ने काम गर्दछ । ग्राहकको चाहाना अनुसार विभिन्न प्रकारका सेवाहरु दिनेकाम थेरापिष्टहरुले गर्दछन् । ग्राहकको समस्या के हो हामी बुझ्छौ । ग्राहक र थेरापिष्ट बीच घनिष्ट सम्बन्ध हुन्छ । शारीरिक र मानसिक रुपमा भएको समस्याहरु बुझि त्यसै अनुसार कुनै मेसिनद्वारा नभई हातद्वारा नै हामीले मसाज गछौ । ग्राहकहरुलाई सजिलो हुने तरिकाले राखेर हामीले त्यसको उपचार गर्छौ । धपेडीपूर्ण दिनचर्यालाई तनावरहीत, सुखद र आनन्ददायक बनाउने एक उत्तम माध्यम स्पा हो । यो विभिन्न तरिकाले गरिन्छ । नेपालमा यसलाई पानीबाट गरिने उपचार पनि भनिन्छ । प्राकृतिक थेरापी तथा उपचार पद्धतिद्धारा मानिसको मस्तिष्क, शरीर र आत्मालाई आराम बनाउने काम स्पाले गरेको हुन्छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार स्पालाई विभिन्न प्रकारमा विभाजन गरिएको छ । दिवा स्पा, नाइट स्पा, डेस्टिनेसन स्पा, मेडी स्पा, रिपोर्ट स्पा, क्लब स्पा, नेचुरल स्पिरङ स्पा, क्रुज स्पा लगायत पर्दछन् । शारीरीक र मानसिक रुपमा स्पाले उपचार गर्दछ ।

    समाजमा रोजगार र आर्थिक उपार्जनका लागि यो पेशा कतिको सुरक्षित छ ?
    यो पेशा गर्न सजिलो छैन । यसलाई हेर्ने नेपाली समाजको दृष्टिकोण नै फरक छ । मुख्यतया त स्पालाई हेर्ने दृष्टिकोण राम्रो भयो भने संचालन गर्न त्यति गाह्रो पर्दैन जस्तो मलाई लाग्छ । सबैले यसलाई राम्ररी बुझ्ने हो भने यो पेशा सुरक्षित छ र यसबाट आर्थिक उन्नती अवस्य सम्भव छ । नेपालमा विभिन्न शहरहरुमा स्पाहरु धमाधम खुल्ने क्रम जारी छ । राज्यले मापदण्ड बनाएर सवैको नियमन गर्न आवश्यक छ । यसलाई सुरक्षित व्यवसायी बनाउनका लागि राज्यको महत्वपुर्ण भुमिका हुन्छ । हाम्रो अपेक्षा पनि राज्यले यसको व्यवस्थापनमा चासो राखेमा नेपालमा स्पा तथा थेरापी गर्नेहरुको सख्यात्मक र गुणात्मक रुपमा विकास हुने देखिन्छ ।

    स्पा तथा मसाज सेन्टरमा यौन व्यवसायको आरोप लाग्ने गरेको छ, खास के हो ?
    स्पा संचालकहरुले गैरकानूनी ढंगले सञ्चालन गरेको हुँदा यो खालको आरोप आएको हो । तर यो केही पनि नराम्रो होइन यसमा सबै परिवारका सदस्यहरु पनि गर्न सकिन्छ । स्पा भनेको खुट्टाको सफाई, मुटुको सफाई, स्पा भनेको व्यूटिपार्लर हो । यो एउटा शारीरिक मानसिक रुप नै सौन्दर्य हुने ठाउँ हो । केहि व्यक्तिका कारणले यसमा समस्या र बदनाम हुने गरेको छ ।
    कानूनी र व्यवसायिक समस्याहरु के के झेल्नु भएको छ ?

    इमानदारीका साथ यो व्यवसायी गर्नेहरुका लागि खासै गाह्रो भए जस्तो मलाई लाग्दैन । यो कानुनी प्रकृया पुरा गरेर मात्र खोल्नु पर्दछ । दर्ता प्रकृया, करको दायरामा आउनु पर्‍यो । नेपालको विधि र विद्यान अनुसार सञ्चालन गर्दा कुनै समस्या आउदैन । मलाई त्यस्तो समस्याहरु परेको छैन् ।

    अन्त्यमा लुम्बिनीखवर मार्फत केहि भन्न चाहानु हुन्छ ?
    स्पा मानव जिवनको अमुल्य थेरापी हो । यसले मानव जिवनलाई सुख र आनन्द दिने गर्दछ । समाजमा यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक छ । यो नितान्त नाफामुखी व्यवसायी हो । संसारभर यो व्यवसायी सञ्चालनमा छन् । नेपालमा पनि विभिन्न शहरहरुमा स्पा तथा मसाज सेन्टरहरु खुल्ने क्रम जारी छ । सवैलाई कानुनी मापदण्ड अनुसार सञ्चालन गर्न आग्रह गर्दछु । राज्यले यसको अनुगमन तथा नीति नियम तयार गरि स्वच्छ व्यवसायीको लागि उत्प्रेणा दिनुपर्दछ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.