logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    स्पाले ल्याएको टुरिजम


    १९ पौस २०७९ , मंगलबार

    स्पाले ल्याएको टुरिजम

    कमल रायमाझी
    भैरहवा, पुस । विश्व बजार अहिले आर्थिक मन्दीको चपेटामा परेको छ । दैनिक उपभोग्य बस्तुहरुको मुल्य वृद्धि भईरहेको देखिन्छ । विकसित देशहरुले आर्थिक मन्दी व्यवस्थापनका लागि विभिन्न योजनाहरु अगाडि सारे पनि विकासोन्मुख देशका लागि अहिलेको अवस्था जटिल र अकल्पनीय हुने देखिन्छ । नेपाल जस्तो भुपरिवेष्ठित मुलुकले सही समयमा व्यवस्थापन गर्न नसक्ने हो भने आर्थिक मन्दीका कारण समस्या निम्त्याउने विज्ञहरुले वताउँछन् । बैङकको चर्को ब्याजका कारण समस्यामा परेका उद्योग व्यवसायी र बैङ्कको कर्जा लिई अनउत्पादक क्षेत्रमा लगानी गर्ने मानिसहरुका कारण नेपाल अहिले आर्थिक संकटमा देखिएको हो । देशलाई आर्थिक मन्दीबाट बचाउनका लागि व्यापार घाटाको न्युनीकरण तथा स्वादेशी उत्पादनवाट आत्म निर्भर बन्ने मार्गको तर्फ नेपालीहरु लाग्न पर्ने सरोकारवालाहरुको भनाई रहेको छ । नेपालमा विदेशी मुद्रा आयात गर्नका लागि वा व्यापार घाटा न्यून गर्नका लागि पर्यटन व्यवसाय एकदमै उत्तम देखिन्छ । पर्यटक मार्फत विदेशी मुद्रा आर्जन गर्ने सजिलो उपाय भए पनि सरकारको ध्यान भने अलमलमा छ । रुपन्देहीको भैरहवा क्षेत्रमा अहिले स्पा तथा थेरापी र मसाज सेन्टरमा आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरुको संख्या उल्लेखनीय छ । दैनिक सयौं संख्यामा आउने यस्ता पर्यटकहरुले भैरहवा क्षेत्रमा आर्थिक गुल्जार आएको पर्यटन ब्यवसायीहरुले बताउछन् । उद्योग व्यवसायको क्षेत्रमा मन्दी देखिएको बेला स्पा तथा मसाज सेन्टरहरुले पर्यटकहरुलाई आकर्षण गरी विदेशी मुद्रा नेपालमा भित्राउने राम्रो पक्ष भएको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले वताउँछन् । भैरहवामा स्पा भित्रिएको लगभग आधा दशक भयो । लम्बिनी, पोखरा, काठमाडौ र चितवन लगायतका स्थानमा जानका लागि सुनौली स्थल मार्ग मार्फत भैरहवा आउने पर्यटकहरुले स्पा तथा मसाजको सेवा लिने गरेको व्यवसायीहरु बताउँछन् । विदेशी पर्यटक मात्र नभएर नेपालीहरु पनि अहिले स्पा सेन्टरमा आउने गरेको देखिन्छ । व्यवसाय रुपमा स्पा तथा मसाजलाई स्थानीय सरकारले संस्थागत गरेको देखिदैन् । तर देशमा आर्थिक संकट देखिएको वेला पर्यटकहरुलाई सेवा दिएर विदेशी मुद्रा स्वदेशमा भित्राउने महत्वपूर्ण काम यी व्यवसाय गर्नेहरुले गरेको होटल संघ रुपन्देहीले जनाएको छ ।
    भैरहवा क्षेत्रमा करिब ५ करोडको बराबरको लागतमा डेढ दर्जन भन्दा बढी स्पाहरु संचालनमा रहेका छन् । यी स्पाहरुले मासिक १२ लाख भन्दा बढी विदेशी मुद्रा आर्जन गर्नुका साथै २ सय ५० भन्दा बढीलाई रोजगार दिएको देखिन्छ । यी स्पाहरुलाई बेला बेलामा प्रहरी तथा विभिन्न प्रशासनीक निकायले दुस्ख दिने गरेका गुनासोहरु छन् । यस्ता स्वरोजगार उद्यमहरुको संरक्षण र सहयोग सबै क्षेत्रमा आवश्यक छ । प्रहरी प्रशासनले गलत गर्ने लाई दण्ड, सजाय र राम्रो गर्नेलाई हौसला प्रदान गर्नु पर्दछ ।


    स्पा के हो ?
    सामान्यतय नेपाली समाजमा स्पाको परिभाषा परम्परागत उपचार पद्धति हो । यो पद्धति नेपाल र भारतमा पहिलै देखि चल्दै आएको मानिन्छ । स्पा यस्तो थेरापी हो । मानिसको शरीर, मन, विचार र भाव हुदै आत्म सम्मलाई शुद्धपारी आनन्द दिन्छ । यो परापूर्व कालमा मानिसहरु विरामि भए प्राकृतिक पद्धति द्वारा उपचार गर्ने प्राविधि थियो । त्यो अहिले पनि बच्चा जन्मनु देखि तातो तेल लगाएर मालिस गर्ने चलन बृद्ध बुद्धाहरुलाई मालिस गर्ने तथा कोही विरामी भए मसाज गर्नु नै अहिलेको स्पा थेरापी हो । बदलिदो सोच र सभ्यता संगै स्पा थेरापीले पनि आफ्नो विकासलाई आधुनिक तिर पुर्‍याएको छ । मानिसलाई तनाव दुस्ख तथा शारिरीक अनिद्रा, जोर्नी दुखेको , असजिलो महसुस भए स्पा थेरापीले पूर्ण ताजगी दिने गरेको रेड रोज स्पा भैरहवाका संचालक निर्मला श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो स्पा थकान र तनाव व्यवस्थापनको मुख्य गन्तव्य हो । हामी काम व्यस्त जीवन शैली, तनाव, थकान र कामकाजी मानिसहरु शरीर मस्तिष्कलाई स्वास्थ्य राख्न थेरापी गर्न आउने गरेको श्रेष्ठले जानकारी दिनुभयो । स्पा मार्फत विभिन्न थेरापी गरी विकार तत्व वाहिर निकाली स्वास्थ्य मन र तनाव मुक्त मानव जीवन वनाउने गरेको स्पा तथा मसाजका जानकारहरु बताउछन् । नेपालमा सन् १९९७ मा पोखराको फुलवारी रिर्सोट एण्ड स्पाले पहिलो पटक स्पा थेरापी भित्राएको हो । जुन विदेशी पर्यटकका लागि मात्र लोकप्रीय थियो । तर पछिल्लो समय नेपाली ग्राहकहरु समेत आउने गरेको देखिन्छ । स्पा थेरापीमा नसा च्यापीएको, ढाड दुखेको मानिसहरु मात्र नभएर खुट्टा देखि शरीर हुदै टाउँको सम्मको मसाज गर्न आउने गरेका छन् ।

    स्पा कसरी गरिन्छ
    स्पा विभिन्न प्याकेजहरुमा रहेका छन् । प्याकेज अनुसारको समय र शुल्क लाग्ने स्पा व्यवसायीहरुले बताउँछन । यसमा साउन स्टीम, आयुर्वेदिक मसाज, हट स्टोन मसाज, ज्वाइन्ट पेन, रिलिफ मसाज, रिलेक्स मसाज पर्दछन् । हेयर स्पा, फेस स्पा, नेक स्पा, आई स्पा, नेल स्पा, स्केन स्पा, बाडी स्पा हुने गरेको हनि स्पा एण्ड सैलुन भैरहवा संचालक अन्जु पौडेल ९अन्नु० ले जानकारी दिनुभयो । उहाँले भन्नु भयो स्पा मसाज विशुद्ध थेरापी र मालिस गरेर उपचार गर्ने विधि हो । यसले मानिसलाई स्वास्थ्य बनाउँछ । स्पाले रक्त संचार बढााउँछ, रोग संग लडन सक्ने क्षमता बढाउँछ, थकान कम गराउछ, खानमा रुची जगाउँछ , निद्रा लाग्नमा मदत गर्छ, शरीरमा झमझम भए मसाजले निको पार्ने पौडेलको दावी रहेको छ । धपडीपूर्ण दिन चार्यलाई तनाव रहित सुख र आनन्द दायक बनाउने उत्तम मार्ग थेरापी भएको हनि स्पा एण्ड सैलुनले दावी गरेको छ । स्पा थेरापी बाट शरीरका अरेक क्षिद्र खुल्दछ । शरीरमा भएका विशादी वाहिर निस्कन्छ । शिरोधारा, कटिबस्ती, जीव तथा हात खुट्टाको मसाज, साउन फ्रुट फेसियल मसाज, बाडी स्क्रोप, हट स्टोन मसाज, डिसेन्स मसाज फुटवात लगायत गर्दा शरीरलाई फाइदा पुर्‍याउँछ । खुट्टाको मात्र, शरीरको मात्र, टाउकोको मात्र, हातको मात्र मसाज गरी शरीरमा सकारात्मक उर्जा उत्पन्न गराउन सक्ने हनि स्पा एण्ड सैलुनका संचालक पौडेलले बताउनुभयो ।

    स्पा थेरापीको वजार 
    विदेशी पर्यटकहरुलाई केन्द्रमा राखि नेपालमा खुलेका स्पाहरुले अहिले नेपाली ग्राहकहरुलाई समेत आकर्षित गरेको छ । आधा दशक मै भैरहवा क्षेत्रमा ब्राण्ड बनेको स्पा थेरापीले भारत लगायत तेस्रो मुलुकका मानिसहरु संगै नेपालीहरुका लागि पनि गन्तव्य बनेको छ । बिशेष गरी गृहणी, ट्रेकिङ्गमा जानेहरु वैङ्कका कर्मचारीहरु, संघसंस्थाका कर्मचारी, उद्योग व्यवसायीहरु, खेलाडी, प्रोफेसरहरु, पत्रकार तथा व्यस्त जीवन विताउनेहरु भैरहवाका स्पा सेन्टरहरुमा आउने गरेको स्पा संचालकहरुले बताउँछन् । समाजमा स्पा व्यवसायलाई नराम्रो दृष्टिले हेर्ने गरे पनि विस्तारै मानिसहरु यसको फाइदाहरु बुझ्दै गएपछि पेशालाई सम्मान गर्ने गरेका छन् । यो स्पा थेरापी पर्यटन क्षेत्रमा अति आवश्यक छ । यसले आन्तरिक र बाह्यीय पर्यटक सबैलाई फाइदा ल्याएको छ । उमेर बढ्दै जादाँ थकान हटाएर उर्जा दिने आयुर्वेदिक थेरापी पद्धति स्पा भएकाले पनि यसले बजार बृद्धि गरेका स्पा जेक्सनका मेनेजर सलिनाचन्द ठकुरीले बताउनुभयो । स्पाले बाथ, यूरीक एसीड, मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धि लाई फाइदा गर्दछ । यसका साथै थकान नहुनु छाला नरम र चम्किलो बनाउने र शरीरलाई उर्जा र सक्रिय बनाउने स्पा जेक्सनका मेनेजर ठकुरीले दावी गर्नुभयो । बालबालिका तथा गर्भवतीका लागि पनि मसाज सुविधा स्पा सेन्टरहरुले उपलब्ध गराउन थालेका छन् । महिनामा १ देखि २ पटक स्पा जानु आनन्द र सुख प्राप्त गर्नु हो । मेनेजर ठकुरीले भन्नुहुन्छ दक्ष थेरापिष्ट र गुणस्तर सेवाको विकासका लागि स्पा व्यवसायीहरुले प्रयास गर्नु पर्दछ । भैरहवा क्षेत्रमा संचालित केही स्पाहरु अन्तर्राष्टिय स्तरका छन् । स्पा संग सम्बन्धित सामग्रीहरु पनि गुणस्तर प्रयोग गरेको स्पा जेक्सनले दावी गरेको छ । भैरहवाका चार तारे होटल देखि पर्यटकीय स्थल सम्म भएका स्पाहरुले समेत राम्रो गर्ने गरेको व्यवसायीहरुले बताउँछन् ।


    पर्यटन स्वास्थ्यमा स्पा 
    नेपालको पर्यटन क्षेत्रमा स्पालाई महत्व दिने गरेको देखिदैन । तर सरकारले यसलाई पर्यटक स्वास्थ्यको रुपमा विकास गर्न आवश्यक देखिन्छ । नेपालमा तारे होटल देखि सामान्य भवनहरुमा स्पा संचालनमा रहेको छ । मुख्य पर्यटकहरुको आगमन हुने भैरहवा क्षेत्र चितवन, पोखरा र काठकाडौंमा स्पा तथा मसाज सेन्टरहरु संचालनमा रहेको देखिन्छ । स्पा मुख्य गरेर शरीरलाई उर्जा प्रदान गर्नका लागि गर्ने थेरापी भएकाले यसलाई व्यवस्थित बनाउन आवश्यक छ । ब्यूटी केयर, स्कीन केयर, हेयर केयर, नव जात शिशु स्याहार मालिस गर्भवती मसाज तथा स्याहार जस्ता कार्यहरु समेत स्पा सेन्टरहरुले दिने गरेका छन् । थाईलेन्ड इन्डोनेसियाका बालि, भारत, श्रीलङ्का स्पा गन्तब्य बनिरहेको वेला नेपालले पनि यसको विकास र विस्तारमा अगाडि बढिरहेको छ । यसका लागि राज्यले भुमिका खेल्नु पर्दछ । भैरहवाको आर्थिक विकासका लागि स्पा सेन्टरहरुले महत्वपूर्ण भुमिका खेलेका छन् । स्थानीय तहमा दर्ता भएर यहाँ रेड रोज वेलनेस स्पा, हनि स्पा एण्ड सैलुन, स्पा जेक्सन, स्टेसन स्पा, औरा थाई वेलनेस स्टुडियो, कोहिनुर स्पा एण्ड पोलिसी , मोडेल स्पा, द रोयल स्पा प्यालेस, न्यू औरा डे स्पा, वेलनेस स्पा, सिद्धार्थ स्पा एण्ड टे«निङ् स्पा, लिला स्पा क्वीन स्पा, ओसिस स्पा रेडसन व्यवस्थित र मापदण्ड अनुसार चलेका छन् । यी स्पा तथा मसाज सेन्टरहरुलाई । राज्यले बेला बेलामा अनुगमन गर्ने नियम पालना गर्न लगाउने र स्वास्थ्य पर्यटनको विकासमा पर्‍ुयाएको योगदानको सम्मान गर्ने गर्नु पर्दछ ।


    निष्कर्ष
    नेपाली समाजमा स्वास्थ्यको चेतना बढेको छ । मानिसहरुलाई अस्पतालको औषधी उपचार भन्दा आयुर्वेदिक परम्परा पद्धति मार्फत गर्ने स्पा थेरापीलाई महत्व दिन आवश्यक छ । भैरहवा क्षेत्रमा संचालनमा रहेका स्पाहरुलाई मार्यादित रुपमा संचालन गर्न प्रोत्साहन गर्नु पर्दछ । जसले स्पा तथा मसाज सेन्टरको नाममा गलत काम गरेको छ भने कानुनी कठघरामा उभ्याउन प्रहरी प्रशासन तयार हुनुपर्दछ । आर्थिक चलायमानको आधार देखिएका स्पाहरु संगठित हुनु पर्ने देखिन्छ । मापदण्ड र प्रकृया पुर्‍याएर संचालनमा रहेका यस्ता ब्यवसायीलाई प्रोत्साहन र मापदण्ड नपुर्‍याएर खुलेका स्पाहरु बन्द गराउनु पर्दछ । समाजले स्पा तथा मसाज सेन्टरहरु संचालन गर्ने संचालक र कर्मचारी प्रति सधै सम्मान राख्नु पर्दछ । यो पेशा स्वास्थ्य पर्यटनका लागि महत्वपूर्ण भएकोले यसको संरक्षण र सम्बद्धन गर्न राज्यको दायित्व हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.