अन्जना चौहान
लुम्बिनी, पुस । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ ले वडा कार्यालय कालिदह द्वारा डस्टविन, झुल, कम्वल, तथा स्प्रे ट्याङ्की वितरण कार्यक्रम गरेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सई मोहम्मद खानले जाडो मौषमलाई मध्यनजर गरेर वडामा विभिन्न किसिमका सामग्रीहरु वितरण गरेको छ ।
वडाले आयोजना गरेको कार्यक्रममा जाडो मौषमलाई मध्यनजर गरेर २ सय ४० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण भएको छ । मौषम अनुसार गहुँ, तरकारी खेती खेतीगर्ने कृषकहरुलाई विशादी औषधी छर्नका लागि वडामा २० वटा स्प्रे ट्यङ्की वितरण गर्ने भएको छ । वडाले सुत्केरी माहिला तथा बृद्ध बृद्धालाई मध्यनजर गरेर मलेरिया रोगबाट बच्नको लागि ६ सय ६० जनालाई झुल वितरण गर्ने भएको छ । वडा लाई स्वच्छ सफा र सुन्दर वनाउनका साथै फोहोर मैला व्यवस्थापन गर्नका लागि पसलहरुवाट निस्कने फोहोरलाई व्यवस्थापन गर्नका लागि २ सय ४० जनालाई डस्टविन वितरण गर्ने भएको वडा पालिकाले जनाएको छ ।
वडा अध्यक्ष खानले यस्तो कार्यक्रम गर्दा आफूलाई अत्यन्तै खुसी भएको जनाएका छन् । अगामि दिनमा पनि यस्ता विभिन्न कार्यक्रम संचालन गर्नुका साथै प्रत्येक घर धुरीलाई ग्यास चुलो र बुद्ध बुद्धालाई चवल प्रास समेत वितरण गर्ने खाँनले कार्यक्रममा जनाउनुभयो । वडाका जनता विभिन्न सेवा र योजना अनुसार कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी साँस्कृतिक नगरपालिका नगर प्रमुख सजरुद्दीन खाँन, वडा सचिव, वडाका पदाधिकारीहरु ,समाजसेवी , बुद्धिजीवि तथा उपस्थित जनसमुदायको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।