logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जनमुखीका काम गर्दै : वडा अध्यक्ष रमेश डुम्रे


    २१ पौस २०७९ , बिहिबार

    जनमुखीका काम गर्दै : वडा अध्यक्ष रमेश डुम्रे

    रुपा पाण्डेय
    सिद्धार्थनगर, पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ ले जनमुखि कार्य गर्दै आएको छ । वडामा रहेको विभिन्न सार्वजनिक स्रोत र साधनहरुको संरक्षण र संवद्र्धन गर्नुका साथै नाली सरसफाई कार्यक्रम , बृद्ध सम्मान कार्यक्रम, बाटो सरसफाई कार्यक्रम, बाटोमा आवश्यक्ता अनुसारको सानो ठूलो बत्ती जडान गरेको वडा अध्यक्ष रमेश डुम्रेले जानकारी दिनुभयो । जाडोको समयलाई मध्यनजर गरेर गरीब, असहाय, दिन दु:खीहरुलाई न्यानो लुगा वितरण गर्नुका साथै वडा भित्रका चोक चोकहरुमा दाउरा समेत वितरण गरेको वडा अध्यक्ष डुम्रेले बताउनुभयो । वडावासी र वडाका विद्यालयहरुमा विभिन्न किसिमका शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा मानव विकास सम्बन्धि सचेतना मुलक अन्तरक्रिया कार्यक्रम संचालन गरेको वडा अध्यक्ष डुम्रेले जनाउनुभयो । तिलोत्तमा नगरपालिकाका छाडा चौपाया व्यवस्थापन लागि तिलोत्तमा नगरपालिकासंग सिमाना जोडिएका पालिकाहरु संग समन्वय गर्ने योजना रहेको वडा अध्यक्ष डुम्रेले बताउनुभयो । वडा मै ब्लड बैङ्क निमार्ण कार्य सुरु भएको र भाडामा बस्नेहरुको सहजताको लागि क्रियापत्री भवन निर्माण कार्य सुरु भएको छ । सार्वजनिक जग्गामा वृद्ध, बालबालिका र वयस्कहरुका लागि विशेष किसिमको आधुनिक पार्क निर्माण गर्ने कार्य अघि बढेको वडा अध्यक्ष डुम्रेले जनाउनुभयो । वडामा डुवानको समस्या समाधानको लागि नालीको निर्माण कार्य अघि बढि सकेको वडा अध्यक्ष डुम्रेले जनाउनुभयो । वडामा आधुनिक प्राविधिक सामग्री सहितको व्यवस्थित स्वास्थ्य केन्द्र निर्माण गर्ने वडाको योजना रहेको र वडाको सबै ठाउँमा खानेपानी पुर्‍याउनका लागि पाइप लाइन विस्तार गर्ने वडा अध्यक्ष डुम्रेले बताउनुभयो । वडा वासीहरुको क्षमता अभिबृद्धि गरी टोल टोलमा साना तिना घरेलु उद्योग निर्माण गरी रोजगारको सृजना गर्ने र एक वडा एक उद्योगको लागि बहस चलाएको वडा अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । वडाका कृषकलाई सेवा पुर्‍याउनका लागि वडा मै कृषि सहकारी संचालन गर्ने योजना रहेको र १७ वटै वडामा कृषि सहकारी संचालनमा ल्याउने पहल भएको वडा अध्यक्ष डुम्रेले बताउनुभयो । वडा अध्यक्ष डुम्रेले भने, “वडाका सबै जनतालाई सचेत बनाई समाजलाई अग्रगामी वाटोमा लाग्नको लागि आफु सधै तत्पर रहेको लुम्बिनी खबर मार्फत जानकारी गराउन चाहन्छु ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.